---Advertisement---

संघर्षको पर्याय-साेफिया मिजार

On: June 27, 2026 10:49 PM
Follow Us:


विनय श्रेष्ठ
जमुना परिममा गएर भर्खर गाउँबाट घर फर्केदै थिए । बेनीबाट छाेरीकाे फाेनले खुशीकाे सिमा रहेन कारण छाेरीले १२ पास भएको खवर सुनाइन । त्यतिमात्र हाे र ३.६१ जिपिए ल्याएर सामुदायिक विद्यालय तर्फ म्याग्दी जिल्लामै प्रथम भएको खवरले आमा जमुनाकाे भुइमा खुट्टा रहेन । खुशीले गदगद हुदै पति नेत्रमानलाई खवर सुनाईन । भर्खर कामबाट थाकेर आएका बुबा नेत्रमानकाे सबै थकान मेटियाे । बुबाआमा खुशी हुदै थप्छन् – “त्याे दिन त सबै भाेकप्यास मेटियाे । नखाए पनि खाए जस्तै भयौं ।”


मिजार दम्पती खुशी नहुन पनि किन ? छाेरी साेफिया मिजारले प्रकाश माध्यमिक विद्यालयबाट राष्ट्रिय परीक्षा बाेर्डले सञ्चालन गरेको कक्षा १२ काे एसएलसी परीक्षामा सम्मिलित भै सामुदायिक विद्यालय तर्फ म्याग्दी जिल्ला प्रथम भएकी थिइन । साेफियाकाे मेहनतले रंग ल्याएको थियोे ।

default


साेफियाले याे सफलता त्यसै हात पारेकी हाेईनन् । याे सफलता पछाडि थुप्रै कथा र व्यथाहरू लुकेको छ । नेत्रमान माैवाफाँटमा ज्याला मजदुरी गर्दै र आमा जमुना गाउँमै अरिमपरिम गर्दै साेफियालाई जेनतेन ज्ञानाेदय माविबाट एसईई सम्मिलित गराएकी थिइन । हुने विरुवाकाे चिल्लाे पात भनेझैं अनुशासित र मेहनति साेफियाले ३.३८ जिपिए ल्याएर एसईइ उत्तीर्ण गरिन । एसईई त उत्तीर्ण गरिन तर बुबाआमालाई हर्षकाे साथमा जिम्मेवारी पनि थपियो ।

कारण एकमात्र छाेरालाई भर्खर विदेश पठाएका थिए भने जेठी छाेरीलाई जेनतेन प्रकाश माविबाट १२ पास गराएका थिए । तर पनि मिजार दम्पतीले अठाेट लिए – जे पर्ला पर्ला कान्छी छाेेरी साेफियालाई पनि सदरमुकाम बेनीमा राखेर प्रकाश मावि पढाउने । बुबाआमाकाे निर्णय त्यतिबेला सहि सावित भयो जतिबेला साेफियाले १२ टप गरिन ।


साेफियाकाे असली संघर्ष त बेनी झरेपछि सुरु भएको थियो । सदरमुकामकाे महंगी-बुबाआमाकाे अ‍ार्थिक अवस्था न्यून ।तरपनि हरेस खाइनन् साेफियाले नत बुबाआमाले । कक्षा १२ काे परीक्षा नजिकिदै गर्दा त साेफियाले काम खाेजेर दैनिकी समेत गुजारा चलाउनु पर्‍यो तर उनलेे पढाइलाई नाेक्सान हुन चाहिँ दिईनन् । विद्यालयले दिएकाे छात्रवृत्तिले उनको घाउमा धेरै मलम लगायाे । फलस्वरूप विद्यालयकाे आन्तरिक परीक्षामा राम्रो जिपिए ल्याएर उत्तीर्ण भईन । “विद्यालयमा प्राप्त पुरस्कार र सरमिसकाे हाैसलाले थप उत्प्रेरित भए”-खुशी हुदै साेफिया थप्छिन् – “मेराे सफलताको पछाडि बुबाआमा, विद्यालय र सरमिसकाे ठुलो हात रहेको छ । उहाँहरूलाई हार्दिक आभार व्यक्त गर्दछु ।”


“साेफियाकाे मेहनतले नै याे फल प्राप्त भएको हाे । विद्यालयकाे वातावरण र शिक्षककाे मेहनतलाई थप श्रेय जान्छ ।” प्रअ जयराम सुवेदी थप्नुहुन्छ-“उनकाे नतिजाले हामी सन्तुष्ट छाैं । निवर्तमान प्रअ लेख बहादुर हमाल थप्नु हुन्छ-“साेफियाले जिल्ला प्रथम भै विद्यालयकाे नाम राखेकाेमा गर्व महशुस भएको छ । शिक्षा विषय लिएर पनि याे सफलता स्वमरण याेग्य हाे । विगतका वर्षहरूमा झै उत्कृष्ट नतिजा आएको छ । हामी एकदमै हर्षित छाैं ।”


“उच्च शिक्षा अध्ययनकाे लक्ष्य छ” साेफिया थप्छिन्- “तर घरकाे आर्थिक अवस्था तगारो बन्ने हाे कि भन्ने पिर छ । फुर्सदको समय काम गरेर भए पनि अध्ययनलाई निरन्तरता दिन तयार छु ।” “साेफियाकाे उच्च अध्ययन राेकिनु हुन्छ ।” विव्यस अध्यक्ष रमेशकुमार श्रेष्ठ थप्नुहुन्छ-“यसका लागि पालिका र वडाले सहयोग गर्नु पर्छ ।” तह संयोजक कविराम थापा थप्नु हुन्छ-“सुरुकाे नतिजादेखि निरन्तर साेफियाले जुन प्रगति गरिन त्यस्काे परिणामस्वरूप याे नतिजा आएको हाे । मेहनत गरे सफल भइन्छ भन्ने उदाहरण हुन साेफिया ।”


संघर्षका पर्याय बनेका साेफिया मिजारलाई बधाई छ । रघुगंगा गाउँपालिकाकाे माैवाफाँट न्यून वर्गीय परिवारमा जन्मेर पनि प्राप्त गरेको याे सफलता चानचुने पक्कै हाेइन । साेफियाकाे उच्च अध्ययन गर्ने लक्ष्य नराेकियाेस्, सहयोगी हातहरू अघि बढुन्, असल, सफल र देशका लागि याेग्य नागरिक बनेको देख्न पाइयोस्, मुरी-मुरी शुभकामना !

यो लेख म्याग्दीबाट प्रकाशित हुने बेनी साप्ताहिकमा प्रकाशित छ ।

Leave a Comment