---Advertisement---

अटल आत्मविश्वासकी प्रतीक गीता गौतम

On: July 2, 2026 3:43 PM
Follow Us:

अधिको अर्थ स्वयम् र आत्माको अर्थ आफू । यसर्थ अध्यात्मको शाब्दिक अर्थ स्वयम् आफू भन्ने हुन्छ । स्वयम् आफूलाई जान्नु, आफूलाई चिन्नु नै अध्यात्म हो । हामीले अरुलाई चिन्ने चेष्टा दुष्चेष्टा खुबै ग¥यौं तर स्वयम् आफूलाई भने चिन्ने चेष्टा कहिल्यै गरेनौं । यही कारण हामी आफ्नै जीवनसँग सधैँ अन्जान भयौं । हामीले सारा दुनियाँलाई जान्यौं तर स्वयं आफूलाई जान्न बाट चुक्यौं । यही कारण हामी सँधै अज्ञानी बन्यौं । हामीले जगतको मूल्याङ्कन खुबै ग¥यौं तर स्वयम् आफूको मूल्यभने बुझ्न सकेनौं यही कारण हामी सधैँ मूल्यहीन जीवन बाँच्यौं ।हामीले वस्तुको परिभाषा दिन सक्यौं तर हामीले स्वयम् आफूलाई परिभाषित गर्न सकेनौं । यही कारण हामी सदैव गुलाम बन्यौं ।


मलाई यतिखेर महान चिन्तक लोर्डेको भनाई याद आएको छ, “आफूलाई आफै परिभाषित गरिन भने अरुले मलाई तिनकै स्वाद अनुसार परिकार बनाएर खानेछन् ।”आजसम्म जो जसले स्वयम् आफूलाई चिने जाने वास्तवमा उनीहरु मालिक भएर बाँचे । मालिक भन्नुको तात्पर्य स्वयम्को मालिक जब स्वयम्को मालिक बन्न पाउने स्वयम ्भित्र अद्भूत घटना घट्छ तब सारा बन्धनहरु टुट्छन् । त्यसपछि त्यो साधारण साधक असाधारण बन्छ र परतन्त्रबाट स्वतन्त्र बन्छ अर्थात् उसको जीवन आध्यात्मिक बन्छ । जब साधकको जीवन आध्यात्मिक बन्न थाल्छ तब उसको आचरण, रहनसहन, स्वभाव विचार संस्कार पूर्णरुपले बदलिन्छ ।


जब बोली बचनमा नम्रता, व्यवहारमा सरलता, कर्ममा कुशलता र साधनामा लगनशीलता झल्किन थाल्दछ । तब जीवन जिउन योग्यबन्छ, सुन्दर बन्छ, सुगन्धित बन्छ । वास्तवमा राम्रा सद्गुण र सदाचारको सुगन्धमा बाँच्नु नै जीवको परमार्थ हो । यस्तै अर्थपूर्ण जीवन प्राप्तिका लागि अटल आत्मविश्वास बोकेर अध्यात्म मार्गमा होमिएका एक शालीन, सुशील, कर्मशील नारी हुन् गीता गौतम । जन्म पिता भोलानाथ गौतम र मातामाया गौतमको कोखबाट वि.सं. २०४५ असार २२ माभारतको नागाल्याण्डभन्ने ठाउँमा भएको हो र उहाँको आफ्नो पुख्र्यौलीजन्मघरभनेकास्कीजिल्लामाछापुच्छे« गाउँपालिका ६,धितालहो । सानै उमेरदेखि अनुशासित एवम् लगनशील स्वभाव भएकी गीता गौतम पढाईमा पनि उत्तिकै लगनशील एवम् तीक्ष्ण बुद्धिभएकी थिइन् । सधैँ आफ्नो पढाईमा अब्बल हुने गौतमले श्री वराहमा.वि., भेडाबारीबाट एसएलसी परीक्षा उत्तीर्ण भई प्रमाणपत्रतह सम्मको शिक्षा पृथ्वीनारायण क्याम्पस पोखरामा लिनुभएको हो ।

त्यसपश्चात् मन्टेश्वरी पोखरामा दुई वर्ष अध्यापनको अनुभवबटुलेकी गौतम प्रगतिशील पाइला एकाएक म्याग्दी, बेनीतर्फ मोडिएको थियो । त्यसपछिवि.सं. २०७३ सालबाटव् यापारी पेशा अँगालेकी गौतमले वि.सं. २०७४ सालमाश्री होराइजन बोर्डिङ्ग स्कुलले एक हप्ते योग शिविर आयोजना गरेको थियो । उक्त शिविरबाट योग साधनाको मार्ग पछ्याएकी गौतमले वि.सं. २०७६ सालदेखि सतत साधानामा सरिक भई जीवनको सत्यको खोजमा आफूलाई समर्पण गर्दै आएकीछिन् । नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दीबाट रेकी दोस्रो डिग्रीसम्मको शिक्षा दिक्षा हासिल गरेकी गौतमले योग प्रशिक्षक प्रशिक्षण कोर्ष समेत सफलतापूर्वक सम्पादन गरी आफूलाई एक कुशल प्रशिक्षकको रुपमा चिनाएकी छिन् । यसका साथै श्रद्वेय गुरु विकासानन्दज्यूको आश्रम बराङबाट सुपर लर्निङ्ग र कुण्ड लिनीध्यान साधना जस्ता विद्या हासिल गरिसक्नुभएको छ ।


सबै कोइलाहिरा बन्दैन जुन कोइलाले ताप र चापको सामना गरेको हुन्छ । त्यस्ता कोइलाहरु नै हीरा बन्दछन् । यसका साथै अमूल्य बन्छन् । यतिखेर मलाई विद्वान वियोन्सेको भनाई सहर्ष यादआएको छ, “तपाईँको मूल्यअरुले होइन तपाईंले आफै निर्धारण गर्नु हुन्छ ।” यसरी अनगिन्ती शारीरिक रोग अनगिन्ती मानसिक समस्याहरुबाट मुक्त हुँदै शारीरिक रुपमा शान्ति हासिल गरेरआफ्नो जीवन र परिवारको जीवन धन्य बनाउन सफल भएकी गौतमले यस संस्थालाई पनिलामो समय अघिदेखि आजको दिनसम्म अमूल्य योगदान गरी संस्थालाई समेत धन्य बनाइरहनुभएको छ । यसर्थ उहाँको यस प्रकारको निष्काम कर्मयोगको माध्यमबाट योगदान पु¥याई उच्च मूल्याङ्कन गर्दै बाह्रै ँविश्वयोग दिवसको अवसरमा संस्थाले सम्मान पत्रमार्फत् उच्च सम्मान प्रदान गरेको छ । मान, सम्मान, पद, प्रतिष्ठाप्राप्त गर्ने आशा र अभिलाषा नभई परम आनन्दप्राप्त गर्ने आकाङ्क्षा लिएर साधनामा होमिएका एउटा निष्ठावानशीलवान साधकहुन् योगी गीता । आग्रह, पूर्वाग्रह, घमण्ड, दम्भ, पाखण्ड, अभिमान जस्ता मनोविकारलाई तिलाञ्जली दिँदै मान, मर्यादा, श्रद्धासहित निष्ठापूर्वक गरिएको साधनाले जीवनमा रुपान्तरणल् याउँछ भन्ने अर्को उदाहरण हुन् योगीगीता ।

Leave a Comment