बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ । साल्झण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–ढोरपाटन खण्ड अन्तरगत सुकुर्दुङमा मंगलबार राति एक्कासी सडक माथिदेखि खसेको पहिरोले ग १ य ९८२ नम्बरको स्कार्पियो पुरिएको हो ।
स्कर्पियो पर्यटक लिएर ढोरपाटनतर्फ जाँदै गर्दा पहिरोमा परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायव निरीक्षक सुदीप भट्टराईले जानकारी दिए । गाडी पुरिदा मानवीय क्षति भने नभएको उनको भनाइ छ ।
अहिले मेसिन प्रयोग गरेर गाडी निकाल्ने र सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए।














