---Advertisement---

अब पेट्रोलको मूल्य २०० रुपैयाँ

On: August 3, 2026 9:13 AM
Follow Us:

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आइतबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि भएको निगमले जनाएको छ।

निगमले पेट्रोल प्रतिलिटर रु तीन, डिजेल र मट्टितेल रु पाँचले वृद्धि गरेको छ। यस्तै, हवाई इन्धन आन्तरिकतर्फ रु २० र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले वृद्धि भएको छ।

इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपैयाँ १९ पैसा, डिजेलमा ३९ रुपैयाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ छ पैसा बढेर आएको छ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा  प्रतिलिटर रु २०० पुगेको छ। सुर्खेत र दाङमा रु १९९ कायम भएको छ। त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगन्ज, भलवारी, धनगढी र वीरगन्जमा १९७ रुपैयाँ ५० पैसा पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

यसअघि पेट्रोल प्रतिलिटर रु १९७ र डिजेल/मट्टितेल प्रतिलिटर रु १९५ रहेको थियो। पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गर्दा पनि निगमलाई पाक्षिक रूपमा रु एक अर्ब ४९ करोडबराबरको घाटा हुने आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

Leave a Comment