---Advertisement---

बेनीमा गृहलक्ष्मी ग्यासका १ हजार ७ सय ९७ सिलिन्डर भित्रिए

On: August 11, 2026 9:54 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारमा मंगलबार गृहलक्ष्मी ग्यास कम्पनीको करिब १८ सय सिलिन्डर खाना पकाउने ग्यास (एलपी ग्यास) आएको छ । जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा पोखरामा रहेका गृहलक्ष्मी ग्यासको प्लान्टबाट १७ सय ९७ सिलिन्डर आपूर्तिसँगै बेनीका बिक्रेताबाटै उपभोक्तालाई वितरण गरिने भएको छ ।


म्याग्दी उद्योेग वाणिज्य संघका सचिव एवम् ग्यास वितरण संयोजकर्ता मोतिलाल पौडेलले पसलमा नाम टिपाएका उपभोक्ताहरुलाई वितरण गरिने छ। जिल्लामा भित्रिएको ग्यास ग्रामिण क्षेत्रमा समेत पठाइने पौडेलले बेनीअनलाइनलाई बताउनुभयो ।

‘पर्वतबेनीमा बुधबार थप ६ सय सिलिन्डर ग्यास आउँदैछ, कृतिम अभाव नगराउनुहोला, अब लगातार ग्यास आउने गरी कम्पनीसँग समन्वय गरेका छौ’ सचिव पौडेलले भन्नुभयो । पर्वत बेनीमा आउने ग्यासलाई जलजला गाउँपालिका,पर्वत बेनी, बौरसहित बेनीबजारमा समेत उपलब्ध गराइने छ ।


जिल्लामा नेपाल ग्यास, शक्ती र गृहलक्ष्मी ग्यास कम्पनीका बिक्रेताहरुलाई वितरणमा सहज हुने गरी अनुगमन समेत गर्ने गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमनलाई समेत तीव्रता दिएको छ ।

ग्यास वितरणमा ब्यापारीले समेत समन्वय गरेकाले जिल्लामा लाइन बसेर ग्यास माग्नुपर्ने अवस्था छैन । एउटै ब्यक्तीले धेरै सिलिन्डर राख्दा अभाव भएकाले पहिलो प्राथमिकता विद्यार्थी, मजदुर, कर्मचारीसहित भाडामा बस्नेलाई दिन समेत निर्देशन दिइएको छ । अति समस्या भएकाहरुलाई सहजीकरण गरी वितरण समेत गरिएको छ ।

Leave a Comment