---Advertisement---

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई कपडा र भोजन

On: August 11, 2026 10:19 PM
Follow Us:

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा एक यूवाले अष्टेलियाबाट बालगृहमा रहेका बालबालिकालाई कपडा र भोजन गराएका छन् ।


बेनी नगरपालिका वडा नं ८ हाल अष्टे««लियामा रहेका रेमन राईले सदरमुकाम बेनीमा रहेको नेपाल बाल संगठनको बालगृहमा रहेका ८ जना बालबालिकालाई दुई सेट कपडा, रेखदेख गर्ने आया अर्थात आमा र एक कर्मचारीलाई समेत गरी गर्मी मौसममा लगाउने साढे २२ हजार बराबरको कपडा र भोजनका लागि ३ हजार सहयोग गरेका हुन् ।


जन्म्दिनको अवसरमा रचनात्मक कार्य गर्ने राईले हरेक बर्ष जन्मदिनको अवसरमा फजुर खर्च नगरी सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने बताए । ‘‘जन्मदिनमा हरेक बर्ष विभिन्न क्षेत्रमा सहयोग गर्ने गरेको छु, यो कार्यलाई आगामी दिनमा पनि निरन्तर दिन्छु ।’’ राईले भने । उनले विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेका छन् ।

Leave a Comment