रियालिटी शो ’द भ्वाइस किड्स नेपाल’ सिजन ५ को यात्रा पूरा गरेपछि म्याग्दीका बालगायक क्रियसन रोका मगर नियमित अध्ययनमा फर्किएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूलाई साथ, माया र हौसला दिने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् =। प्रतियोगिताको ट्रफी हात पार्न नसके पनि संगीतप्रतिको आफ्नो यात्रा नरोकिने बताए ।
“मेरो हातबाट ट्रफी झरेको मात्र हो, मेरो गला होइन,” उनले भने । गत शनिबार भएको फाइनलमा विजेताबनाउन भोटिङ गरेकालाई धन्यवाद दिदै. अध्ययनलाई निरन्तरता दिँदै संगीतबाट टाढा नहुने बताए । उनले छिट्टै आफ्नै गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।
बाल गायक रोकाले म्याग्दीलाईे गीतंसगीतबाट चिनाउने एउटा इट्टा थप्ने प्रयास अवार्ड भएपनि सांगीतिक यात्रालाई कुनै अवरोध नभएको बेनीअनलाइनसँग बताए । मंगला माविमा कक्षा ८ मा अध्ययनरत १२ बर्षिय रोका पढाईमा समेत अब्बल छन् । उनले प्रतियोगिता अवधिभर गाएका सबै गीत फाइरल छन् । विद्यालयका प्रधानध्यापक गमबहादुर खत्रीले पढाईसँगै सांगीतिक क्षेत्रलाई समेत सहज वातावरण बनाउने प्रतिबद्ध रहेको बताए ।











