म्याग्दीको धवलागिरी गाउँपालिका–७ घारापानी घर भई हाल पोखरा बस्ने एक महिला सात दिनदेखि बेपत्ता भएकी छिन् । पोखरा महानगरपालिका–२५, मा बस्ने ४३ बर्षिय धनमायाँ सुनार गएको साउन २९ गतेदेखि बेपत्ता भएकी हुन् । उनी परिवार र आफन्तको सम्पर्कमा नरहेको जनाइएको छ।
तर घर नफर्किएको र आफन्तको सम्पर्कमा समेत नरहेपछि खोजी सुरु गर्न प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले समेत सम्पर्कबिहीन रहेकी धनमायाँको खोजी कार्यलाई तीव्र पारेको आफन्त सन्दिप रसाईलीले बताए । कास्कीसहित म्याग्दीका समेत आफन्तलाई समेत खोजीकार्य गदौ समेत नभेटिएको रसाईलीको भनाई छ । फोटोसहित खोजी कार्यका लागि सुचना समेत दिइएको छ । एक्कासी महिला वेपत्ता भएपछि परिवारका सदस्यहरु चिन्तित बनेका छन् ।










