रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहनुभएका एक म्याग्देलीको उपचारमा ५ लाखभन्दा बढी सहयोग गरिएको छ। घरको सिडि हुँदै पल्टिएर ढाडमा गम्भीर चोट लागेका म्याग्दीको बेनी नगरपालिका–२,फापरखेतका ३१ बर्षिय शिव घिमिरेको उपचारमा मोना दक्षिण कोरियाको सक्रियतामा ५ लाख ३५ हजार नेपाली रुपैयाँ सहयोग गरिएको बरिष्ठ उपाध्यक्ष गणेश बोगटीले जानकारी दिए ।
आर्थिक सहयोग अभियानको संयोजक अजय कार्की, बरिष्ठ उपाध्यक्ष बोगटी, अंकित पुन मगर लगायतले समन्वय गर्नुभएको थियो । अभियानमा मोना तथा दक्षिण कोरियामा रहेका नेपालीले सहयोग गरेको उपाध्यक्ष बोगटीले बताए । हाल अस्पतालमै उपचारार्थ घिमिरेलाई थप सहयोग गर्न चाहनेले सम्पर्क गर्न मोनाका अध्यक्ष दिनेश कार्कीले अनुरोध गरेका छन् ।
कोरियामा रहेका म्याग्देलीको साझा संस्था रहेको मोनाले दुर्घटना, बिरामी तथा अन्य विभिन्न समस्यामा परेका म्याग्देलीको उद्धारसहित खेलकुद गतिविधिमा सक्रिय रहेको छ । उपचारको क्रममा आर्थिक भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई मोनाले धन्यवादसहित भविस्यमा पनि सहकार्यको अपेक्षा गरेको छ ।
सहयोगदाताको विवरण














