---Advertisement---

रास्वपाले टुंग्यायो विभागीय प्रमुख, प्रवक्तामा जगदीश खरेल

On: August 21, 2026 3:22 PM
Follow Us:

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहँदा पार्टीले विभिन्न विभागका प्रमुख र प्रवक्ताको जिम्मेवारी टुंगो लगाएको छ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ।

यस्तै, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लीमा अधिकारीलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

बैठकले पार्टीको प्रवक्ताको जिम्मेवारी पूर्वमन्त्री जगदीश खरेललाई दिने निर्णयसमेत गरेको छ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा उम्मेदवार छनोट प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा पनि छलफल गरिरहेको छ।

Leave a Comment