---Advertisement---

चौथो म्याग्दी भलिबल कप मुना फलियागाउँमा हुने

On: August 25, 2026 9:45 PM
Follow Us:

गौमति खत्री विकास कोषको मुख्य प्रायोजनमा म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा मुनामा विद्यालयस्तरीय चाौथो म्याग्दी भलिबल कप हुने भएको छ । आगामी असोज १४ देखि १८ गतेसम्म धवलागिरी गाउँपालिका–३ मुना फलियागाउँस्थित धनजनता माविमा हुने अन्डर २० छात्रछात्रा भलिबल, पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिताको तयारी तीब्र पारिएको हो ।


प्रतियोगितामा म्याग्दी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका खेलाडीको उपस्थिती हुने संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । धवलागिरी गापा भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा छात्रछात्रातर्फ प्रथम, द्धितिय हुनेले क्रमश ५० हजार, २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने शिक्षकतर्फ प्रथम र द्धितियले क्रमश २५ हजार, १३ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले महासचिव कुमार किसानले जानकारी दिनुभयो ।


प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, प्रशिक्षकल, उत्कृष्ट स्पाइकर, सर्भर, सेटर, ब्लकर र डिफेन्डरलाई लगायत विभिन्न विधामा सम्मान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनौट गरी प्रशिक्षण दिदैं जुनियर म्याग्दी टिम बनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताले नयाँ खेलाडीको उत्पादनसहित विद्यालयस्तरमा रहेका प्रतिभाको पहिचानमा समेत सघाउने अध्यक्ष बानियाँको भनाई छ। अहिल म्याग्दी भलिबल कभर्डहल जग्गा खरिद सहयोगका लागि सहयोगार्थ यो प्रतियोगिताबाट हुने आम्दानीलाई प्रयोग गर्ने संघले जनाएको छ ।


बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना अन्तरगत आर्थिक सहयोग जुटाइरहेको छ ।पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिनेछ । कभर्डहल बनाउन चार वर्षमा कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

Leave a Comment