---Advertisement---

विपत्तिको घडीमा प्रधानमन्त्री राहत कोषमा बिप्लव हमालको १ लाख १ हजार १११ रुपैयाँ सहयोग

On: August 31, 2026 7:37 AM
Follow Us:

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले पर्वतका सामाजिक अभियन्ता तथा उद्यमी बिप्लव हमालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।

हमालले बिहीबार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। विपत्तिको कठिन घडीमा गरिएको सहयोगलाई प्रचारभन्दा पनि मानवीय दायित्वका रूपमा लिनुपर्ने बताउँदै हमालले विपत्तिमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउनु सबैको साझा जिम्मेवारी भएको बताए। उनले सहयोग रकम सानो वा ठूलोभन्दा पनि पीडित नागरिकको दुःखमा साथ दिनु महत्वपूर्ण हुने उल्लेख गर्दै आफ्नो क्षमताअनुसार सहयोग गर्न सबैलाई आग्रह गरे।

रोटरी इन्टरनेशनलका असिस्टेन्ट गभर्नर तथा लायन्स इन्टरनेशनलका जोन चेयरपर्सनका रूपमा समेत विभिन्न सामाजिक सेवामूलक गतिविधिमा संलग्न रहँदै आएका छन्। उनको सहयोगलाई विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता र मानवीय संवेदनाको उदाहरणका रूपमा हेरिएको छ।

Leave a Comment