मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४,ग्यतङथाङमा ज्यालामजदुरी गर्ने म्याग्दीका प्रेम विकले बालविकासमा अध्ययनरत छोरीलाई पढाउन करिब चार किलोमिटर टाढा जनशान्ति मावि कागबेनीमा ल्याउनुपर्ने बाध्यता हुन्थ्यो । दैनिक मजदुरीसँगै विद्यालयसम्म पु¥याउन निकै सकस भइरहेको अवस्थामा छोरीलाई नियमित विद्यालयमा लैजान समेत विकलाई सकस भइरहेको थियो । गाउँमा रहेका धेरै मजदुरले आफ्ना सन्तानलाई प्रारम्भीक शिक्षा दिनबाट समेत बन्चित रहेका थिए ।
गाउँमै बालविकास केन्द्र स्थापना भएपछि विकजस्ता धेरै बाहिरी जिल्लाबाट काम गर्न आएका मजदुरलाई बरदान सावित भएको छ ।बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गाउँमा मजदुरी गर्नेका सन्तानले प्रारम्भीक शिक्षाबाट समेत बन्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न भदौ महिनादेखि सञ्चालन गरिएको केन्द्रमा १३ जना विद्यार्थी भर्ना भएको वडा अध्यक्ष कर्म घ्यचो गुरूङले बताउनुभयो।

वडा अध्यक्ष गुरूङले भन्नुभयो,‘‘गाउँमै बालविकास भएपछि नियमित विद्यालय जान सजिलो भएको छ,यहाँ पढ्ने सबै मजदुरका छोराछोरी छन्, थप सुविधाहरू पनि दिन्छौ।’’वडा अध्यक्ष गुरूङले गाउँका बालविकास केन्द्रको स्थापना भएपछि सन्तानको शिक्षाका लाई छोडेर जाने मजदुरलाई समेत रोक्न सजिलो भएको बताउनुभयो । बालविकास केन्द्रलाई आवश्यक पर्ने भवनसहितको संरचना वडा अध्यक्ष गुरूङले निःशुल्क उपलब्ध गराउनुभएको छ भने सहयोगी कार्यकर्ताको पारिश्रमिक गाउँपालिकाले दिने गरेको छ। ग्यतङथाङमा म्याग्दी, बागलुङ, रूकुम, रोल्पा, डोल्पा लगायतका विभिन्न जिल्लाबाट आएका मजदुरले बालविकास केन्द्रको माग समेत गरेका थिए ।
केन्द्र स्थापनापछि गाउँका बालबालिकाहरू नियमित रूपमा केन्द्रमा आउन थालेको र प्रयोगात्मक विधिबाट शिक्षण गराउने सहयोगी सहजर्ताकोमा सविता पुन मगरले बताउनुभयो ।३ देखि ६ वर्षसम्मको उमेर समूहका बालबालिकालाई अध्ययनप्रति प्रोत्साहित गर्न कार्पेट, खेलकुदका सामग्रीसहितसहित जाडोयाममा सहज हुने गरी थप पूर्वाधार विस्तारमा समेत गाउँपालिकाले प्रतिबद्धता जनाएको ।
केन्द्र सञ्चालनमा आएपछि गाउँपालिका रिन्जिङ नाम्गेल गुरूङ, प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरी, लेखा अधिकृत खगराज सुबेदी, शिक्षा शाखा प्रमुख रेखा पन्त लगायतले अनुगमन समेत गर्नुभएको छ । ग्यतङथाङ गाउँमा २५ जना मजदुर रहेका छन् । गाउँमा रहेका मजदुरलाई वडा कार्यालयले घुम्ती शिविर समेत सञ्चालन गरी लेक लाग्ने र अन्य जटिल समस्या भएकालाई थप उपचारका लागिसमेत सिफारिस समेत गर्ने गरिएको छ ।













