शैक्षिक परामर्श दिने एभरेष्ट ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारमा शाखा एभरेष्ट ग्लोबलले रसुवा लगायतका जिल्लामा महाविपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दुई लाख बाह्र हजार पन्ध्र रुपैयाँ सहयोग गरेको बेनी शाखाकी प्रबन्ध निर्देशक अस्मिता बानियाँले जानकारी दिनुभयो ।
एभरेष्ट ग्लोबल एजुकेशनले महाविनासकारी बाढीमा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको उद्धार तथा उपचार र प्रभावित क्षेत्रको पुनर्निर्माणमा सबैले हातेमालोका लागि समेत अपिल गरेको छ ।
एभरेष्ट ग्लोबल एजुकेशनको बेनी, सिड्नीको रकडेल, पोखरा र काठमाण्डौमा शाखा रहेको छ भने अस्ट्रेलियाको पर्थमा केन्द्रिय कार्यालय छ । एभरेष्ट ग्लोबल एजुकेशन बेनी शाखाले म्याग्दीमा शैक्षिक परार्मश सँगै विपन्न परिवारका छोराछोरीलाई शिक्षादीक्षासहित विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेको छ ।













