गुर्जा समाज काठमाडौले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख आर्थिक सहयोग गरेको छ । रसुवा लगायतका जिल्लामा महाविपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि समाजले १ लाख रुपैयाँ सहयोग गरेको हो ।
जिल्लाको अति विकट मानिने गूर्जाबाट काठमाण्डौमा बसोबास गर्नेहरुको संस्था समाजकी अध्यक्ष लीलमाया छन्त्यालले विपत्तिमा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको उद्धार तथा उपचार र प्रभावित क्षेत्रको पुनर्निर्माणमा सबैले हातेमालो गर्नु पर्ने बताउनुभयो ।
यसअगाडी म्याग्दीको धवलागिरी गाउँपालिका–१ को विकट बस्ती गुर्जामा सडक पु¥याउन कम्जाखानी खोलामा बेलिब्रिज निर्माणका लागि १० लाख रुपैयाँ बेलिब्रिजका सहयोग गर्ने निर्णय गरेको थियो ।













