---Advertisement---

मोना जापानले रसुवा बाढी प्रभावितलाई ५ लाख सहयोग

On: August 31, 2026 11:56 AM
Follow Us:

म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले रसुवा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । जपानमा रहेका म्याग्देलीको साझा संस्था मोनाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको महासचिव सुरेश पुनले बताए । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले विपद्मा सहकार्य गरी नेपाल सरकारलाई सहयोग गर्न समेत अनुरोध गरेका छन् ।


विपद्को यो घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताए । ‘यस्तो कठिन समयमा कर्मभूमीमा भएका नेपालीको झनै जिम्मेबारी बढेको छ, सरकारको अभियानमा सहकार्यले नै राहत तथा पुनस्र्थापना प्रभावकारी बनाउन सक्छ’ अध्यक्ष श्रेष्ठले भने। मोनाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Leave a Comment