---Advertisement---

नेपाली कांग्रेस म्याग्दीद्वारा बाढीपहिरो पीडित परिवारलाई आर्थिक सहयोग

On: October 30, 2026 10:38 PM
Follow Us:

नेपाली कांग्रेस म्याग्दीले अविरल वर्षाबाट प्रभावित अन्नपूर्ण गाउँपालिका–५,का पीडित परिवारलाई २ लाख ६४ हजार रुपैयाँ नगद सहयोग गरेको छ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाले प्रभावित पाउँद्वार, किन्दु, धल्सेखोरिया र बिस्नेखर्कका स्थानीयवासीलाई उक्त रकम प्रदान गरिएको पार्टीले जनाएको छ ।

Kangreshle-Rahat-Bitaran-2-1793339681.jpg
यसैगरी दोस्रो चरणमा अन्नपूर्ण गाउँपालिका–८,का २६ घरपरिवारलाई एकमुस्ट १ लाख रुपैयाँ र परिवारका सदस्य गुमाएका दुई परिवारलाई एकमुस्ट १४ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । त्यसैगरी बेनी नगरपालिका–३, भक्मिलीका परिवारका सदस्य गुमाएका दुई परिवारलाई पनि १४ हजार रुपैयाँ  गरी कुल १ लाख २८ हजार रुपैयाँ वितरण गरिएको हो ।

जिल्ला पार्टी सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, जिल्ला उपसभापतिद्वय हरिकुमार श्रेष्ठ र केवी भण्डारी, पार्टी विपद् व्यवस्थापन समिति संयोजक नेत्रबहादुर महत लगायतले पीडित परिवारलाई सहयोग रकम वितरण गर्नुभएको थियो ।

Leave a Comment