---Advertisement---

लेभल्स क्लबको दोस्रो बार्षिकोत्सवमा गायक सम्भोज मल्लसहितको विशेष साँगीतिक साँझ हुने

On: November 6, 2026 7:37 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका–३,भकिम्लीका अमित रोकाले पोखराकोमा सञ्चालन गरेको लेभल्स क्लबले दोस्रो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझको आयोजना गरिएको छ । लेकसाइडमा सञ्चालित यो क्लबले स्थापनाको दुई वर्ष पूरा गरेको अवसरमा यही कात्तिक २२ गते आइतबार विशेष सांगीतिक साँझमा नेपाली पप गायक सम्भोज मल्लसहित चर्चित नेपाली ब्याण्डको समेत प्रस्तुती रहने छ ।

ब्यवसायसँगै मानवीय तथा सामाजिक कार्यमा समेत सक्रिय यूवा ब्यवसायी रोकाले वार्षिकोत्सवको अवसरमा चर्चित कलाकारहरूको जम्बो टोलीको प्रस्तुतीसहित दिपावलीको शुभकामना समेत आदानप्रदान गर्ने बताए । शुक्रबार बेनीमा आयोजित पत्रकार सम्मेलनमा ब्यवसायी रोकाले चर्चित केहर एण्ड द लुङ्गा, उदघाटन प्रस्तुती द वेभ र विशेष आकर्षण रसियन डान्स सहित सांगीतिक कार्यक्रम रहेको बताए । म्याग्दीका गायक सम्भोज मल्लको विशेष प्रस्तुति रहने छ ।

गायक मल्लले गोरी सुन रे, जब साँझ पर्छ, सेतो घोडा र पर्खेर बस ‘तिम्रो काख मेरो सिरानी’, ताली ठोकौँला’ लगायतका लोकप्रिय गित पस्किएका छन् । विदेशबाट फर्किएर आफ्नै देशमा केही गर्ने हुटहुटीका साथ व्यवसायमा होमिएका युवा उद्यमी रोकाले एकल लगानीमा क्लव, दोहोरी साँझसहित भिआइपी रेष्टुरेन्ट सञ्चालन गरेका छन् ।

यूवा उद्यमी रोकाका अनुसार क्लबले मनोरञ्जन मात्र नभई पोखराको अर्थतन्त्रमा पनि योगदान पु¥याउनुका साथै म्याग्दीकालाई प्राथमिकतासहित प्रत्यक्ष ७० जनालाई रोजगारी प्रदान गरिरहेको बताए । छोटो अवधिमै युवा पुस्ता र पर्यटकको प्रमुख रोजाइ बन्न सफल भएकोमा आम्दानीको केही हिस्सा बिरामीसहित विभिन्न मानवीय सेवामा समेत सहयोग गरेको रोकाको भनाई छ । सञ्चालक रोकाले सबै ग्राहकप्रति आभार व्यक्त गरे ।

पोखराको नाइट–लाइफलाई अझ व्यवस्थित, सुरक्षित र मनोरञ्जनात्मक बनाउने काम भएको उद्यमी रोकाको भनाई छ। पत्रकार सम्मेलनमा बेनीमा यूवा ब्यवसायी डिएल कँडेलसहितको उपस्थिती थियो ।

यसअगाडी प्रथम बार्षिकोत्सवको अवसरमा गायक निसान पुन, ‘घोरेपानी डाँडैमा’ बोलको गीतबाट चर्चा कमाएका चन्द्र पुन र कालरात्री ब्याण्डको लाइभ प्रस्तुति गरेका थिए । क्लवले बार्षिकोत्सवको अवसरमा म्याग्दीको पर्यटकीय तथा धार्मिक स्थलको समेत प्रचारप्रसारसहितको साम्रागी प्रस्तुत गर्ने छ ।

Leave a Comment