---Advertisement---

म्याग्दीका बाढीपहिरो पीडितलाई सहयोग गर्न मोना फ्रान्सले देउसीभैलो खेल्ने

On: November 5, 2026 11:46 PM
Follow Us:

म्याग्दी जिल्लामा बाढीपहिरोका कारण प्रभावित तथा विस्थापित भएकालाई राहत तथा पुर्नस्थापनामा सघाउने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ मोना) फ्रान्सद्वारा देउसी–भैलो कार्यक्रम आयोजना गरिएको छ । गत असोज महिनाको बाढीपहिरो र नदी कटानबाट पूर्ण रूपमा क्षतिग्रस्त र जोखिममा रहेकालाई राहतका लागि आगामी नोभेम्बर ९ तारिकमा १००, एभेन्यु हेनरी बार्बुस, ९३१२० ला कुर्नुभ, फ्रान्समा दिउँसो ३ बजेदेखि ९ बजेसम्म संस्थाका उपाध्यक्ष मान बहादुर सेन्चुरी ज्युको निवासमा सञ्चालन गरिने महासचिव महेन्द्र बोहोराले बताउनुभयो ।


देउसीभैलोका लागि आवश्यक तयारी सुरु भएकाले उक्त दिन तोकिएको स्थानमा उपस्थितीका लागि अनुरोध गरिएको अध्यक्ष दिलकुमार गर्बुजाले बताउनुभयो । ‘जन्मभूमीको पीडामा सघाउन देउसीभैलोमा सहभागि हुन अनुरोध छ, संकलित रकमलाई हामीले पीडितलाई हस्तान्तरण गर्नेछौ’ महासचिब बोहोराले भन्नुभयो ।

अध्यक्ष गर्बुजाका अनुसार जन्मभूमी म्याग्दीमा बाढीपहिरोका कारण भएको जनधनको क्षतीबाट दुखी भएको बताउँदै विस्थापितलाई राहतका लागि भैलो कार्यत्रलम गरिएको छ । ‘जन्मभूमीको पीडामा सघाउन देउसीभैलोमा सहभागि हुन अनुरोध छ, संकलित रकमलाई हामीले पीडितलाई हस्तान्तरण गर्नेछौ’ अध्यक्ष गर्बुजाले भन्नुभयो।


मोनामार्फत देउसीभैलोका लागि प्रचारप्रसार सहित फ्रान्समा रहेका अन्य नेपाली संघसंस्थालाई समेत अनुरोध गरिएको छ । मोनाले सामाजिक ,मानवीयसँगै खेलकुद प्रतियोगिता समेत गर्ने गरेको छ ।

म्याग्दीमा २ सय ४३ घर पूर्ण रूपमा क्षतिग्रस्त र ३ सय ६२ घर जोखिममा परेको तथ्याङ्क संकलन गरिएको छ । जिल्लामा ३ सय ६२ घर बाढी, पहिरो तथा कटानको जोखिममा छन् भने ३४ गोठ पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ४६ गोठ र १३ विद्यालयमा आंशिक क्षति पुगेको छ। थप क्षतीको विववरण समेत संकलन भइरहेको छ ।

Leave a Comment