---Advertisement---

म्याग्दी समाज न्यूर्योकको देउसीभैलो, संकलित रकम बाढीपहिरो प्रभावित र आपतकालिन कोषलाई

On: November 9, 2026 8:22 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दी समाज न्यूर्योक यूएसए इंकले तिहारको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम गरेको छ । नेपाली संस्कृति र सम्पदा संरक्षण गरी हरेक वर्ष देउसी भैलोबाट रकम संकलन गरेर नेपालमा विभिन्न सामाजिक कामा सहयोग गर्दै आएको समाजले धर्म हाउसमा आयोजित कार्यक्रममा म्याग्देली सहित नेपालीको उत्साहजनक सहभागिता रहेको थियो ।


देउसी भैलो कार्यक्रमको समाजका अध्यक्ष तिर्थ घर्ती मगरले शुभारम्भ गर्नुभएको थियो । देसीभैलो कार्यक्रमको प्रमुख अतिथि निर्वतमान अध्यक्ष एवम् सल्लाहकार रमेश तुलाचनले चाडपर्वमा समाजले जन्मभूमीको झल्को दिने गरी देउसीभैलोमार्फत म्याग्देलीलाई जोड्ने प्रयास गरेको बताउनुभयो । चाडपर्वमा घरपरिवारको सम्झना हुने र बाध्यताका कारण जान नपाउने अवस्थामा कर्मभूमीमा गरिने कार्यक्रममा उत्साहजनक उपस्थितिले समेत समाजलाई थप जिम्मेबारी बनाएको तुलाचनको भनाई थियो ।

समाजमार्फत चाडपर्वलाई खल्लो हुन नदिन आगामी दिनमा पनि निरन्तर कार्यक्रमहरु गरी सम्बन्ध थप प्रगाढ बनाउने अध्यक्ष घर्तीमगरले बताउनुभयो ।समाजले क्विन्समा रहेको धर्म हाउसमा आयोजित कार्यक्रममा म्याग्देली सहित नेपालीको उत्साहजनक सहभागिता रहेको थियो ।


सोही अवसरमा संस्थापक अध्यक्ष एवम् संरक्षक भविन शेरपुञ्जा,बरिष्ठ सल्लाहकार मनप्रसाद रोका, सल्लाकार प्रेमा घर्ती, सल्लाहकार कर्णबहादुर रोका, सल्लाहकार याम पुन, सल्लावकार यमन रोका, महिला उपाध्यक्ष प्रिति मायाँ पुन, महिला संयोजक कमला पुन र मोना अमेरिकाका अध्यक्ष तारा गौचन, मगर संघ अमेरिका केन्द्रका अध्यक्ष दिपसागर बुढामगर, मगर संघ न्यूर्योग च्याप्टरका अध्यक्ष रत्नसिङ गर्बुजा लगायतको उपस्थिती सांस्कृतिक कार्यक्रम संयोजक भिजन घर्तीमगरले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष घर्तीमगरको अध्यक्षता बरिष्ठ उपाध्यक्ष सोमबहादुर बुढाथोकीको स्वागत र सञ्चालन महासचीव चक्रबहादुर पाईजा, र रामचन्द्र सापकोटाले सञ्चालन गर्नुभएको थियो ।


यसबर्षको देउसीभैलोबाट २६ लाख नेपाली रुपैयाँ आर्थिक संकलन भएकोमा खर्च घटाएर २५ प्रतिशत म्याग्दीका बाढीपहिरो पीडितलाई सहयोग गर्ने र बाँकी आपतकालिन कोषमा जम्मा गर्ने समाजका सदस्य रामचन्द्र सापकोटाले बताउनुभयो।

म्याग्दी समाज न्यूर्योक यूएसए इंकले विभिन्न सामाजिक कार्यका साथै जन्मभूमि म्याग्दीमा समेत कार्यक्रम गर्ने गरेको छ । म्याग्दी समाज न्यूर्योक यूएसए इंकले विभिन्न सामाजिक कार्यका साथै जन्मभूमि म्याग्दीमा समेत कार्यक्रम गर्ने गरेको छ ।

Leave a Comment