---Advertisement---

देविस्थानको पन्थोकमा चार थान भरुवा बन्दुक बरामद

On: November 15, 2026 2:36 PM
Follow Us:


हरिकृष्ण गौतम
म्याग्दीको मालिका गाउँपालिका–५, देवीस्थानस्थित पन्थोकमा प्रहरीले बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका चार थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले दिएको जानकारी अनुसार इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको पाँच जनाको प्रहरी टोलीले गस्ती गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त बन्दुक फेला पारिएको हो ।


बरामद गरिएका चारवटै भरुवा बन्दुक आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दरबाङमा ल्याई राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बेनीअनलाइनलाई बताउनुभयो । सामुदायिक वनहरुमा चोरी–सिकारीका लागि राखिएको बन्दुकको सूचनाको आधारमा प्रहरी टोलीले पुगेको थियो । बरामद भएका भरुवा बन्दुकको अवस्थाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।


सामुदायिक वनहरुमा चोरी–सिकारी बढेको तथा गाउँघरमा आपसी विवाद र झै–झगडामा समेत भरुवा बन्दुकको दुरुपयोग हुने जोखिम बढेकाले इजाजत पत्र नलिईकन लुकाई–छिपाई राखिएका भरुवा बन्दुकको खोजी अभियानलाई समेत तिब्रता दिइएको छ ।
जिल्लाभर स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा गोठ, जंगल, खोलाखोल्सा तथा बसोबास नभएका खाली घरमा लुकाएर राखेको अवस्थामा भेटिने गरेको छ। म्याग्दीमा अवैध बन्दुक भएमा प्रहरीलाइ बुझाउन वा खवर गर्न अनुरोध गरिएको छ ।

यसअगाडी प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर गरी गत बर्षको मङ्सिर १५ गतेदेखि ‘ब्राभो शेरा’ नाम दिएर इजाजत प्राप्त नगरेका भरुवा बन्दुक बरामद तथा सङ्कलन अप्रेशन चलाएको थियो । उक्त अभियान यता १ सय ७१ वटा भरुवा बन्दुक बरामत भएको प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताउनुभयो ।

जिल्लाभित्र को प्रयोग गरी ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण संरक्षण आयोजना, सामुदायिक, राष्ट्रि«य बन क्षेत्रमा अवैध रुपमा चोरीशिकारीमा समेत न्युनिकरण गर्न सघाउने प्रनाउ कार्कीको भनाई छ ।

खोजतलासका क्रममा स्थानीयले भरुवा बन्दुक कसैले प्रयोग गर्न नमिल्ने पुराना घरमा र कसैले जङ्गलमा लुकाइराखेको अवस्था फेला परेको थियो अबैध बन्दुक सहित फेला पारेमा ५ बर्ष कैद र ५० हजार जरिवानको कानुनी ब्यवस्था रहेको छ । बरामद गरिएका बन्दुकमध्ये कसैको पनि लाइसेन्स नभएको अवस्थाका रहेका थिए ।

Leave a Comment