म्याग्दीको बेनी नगरपालिका–६ डम्बरामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा घाईते भएका तीनै जनाको अवस्था खतरामुक्त रहेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार साँझ करिब ५ः४० बजे बेनी–दरबाङ सडकखण्डमा बेनीबाट सिंगातातोपानीतर्फ जाँदै गरेको ग १० प ४९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको गण्डकी प्रदेश ०२००१ प ०५२७ नम्बरको स्कुटर एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बेनी नगरपालिका–५ पुलाचौरका १८ वर्षीय अक्टु दर्जी,बेनी नगरपालिका–४ खेम कार्की,१४ वर्षीया छोरी प्रिन्सेस केसीको अवस्था खतरामुक्त रेहेको छ सूचना अधिकारी सागर तिमिल्सिनाले बताउनुभयो । प्रहरी निरीक्षक समेत रहनुभएका तिमिल्सिनाका अनुसार घाईतेको बायाँ हात र घुँडा, चिउँडो र दुवै खुट्टामा चोट लागेको थियो । घाईतेको प्रादेशिक अस्पताल बेनीमा उपचार गरिएको छ । दुर्घटनापछि दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।











