---Advertisement---

रास्वपा मंगला-१ कुहुको सभापतिमा यामबहादुर पुन

On: November 29, 2026 8:51 PM
Follow Us:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मंगला गाउँपालिका–१, कुहुको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले यामबहादुर पुनको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ। नवनिर्वाचित समितिको उपसभापतिमा धनदेवी किसान र सचिवमा कुलबहादुर खत्री चयन हुनुभएको छ।त्यसैगरी सदस्यहरूमा नरबहादुर धर्ती मगर, यामबहादुर बुढाथोकी, श्रीकृष्ण आचार्य, थमबहादुर बस्याल, दिलु पाइजा, सोफिया पुन, राजु विक र रोहित रोका चयन हुनुभएको छ।


रास्वपाको संगठन विस्तार तथा पार्टीको गतिविधिलाई वडा तहसम्म प्रभावकारी बनाउने उद्देश्यले प्रथम वडा अधिवेशन आयोजना गरिएको जिल्ला सचिव सुनिल शर्माले बेनीअनलाइनलाई बताउनुभयो । रास्वपा म्याग्दीका सभापति यूवराज रोकाले म्याग्दी जिल्लाका सबै वडाहरुमा रास्वपा गठन गरी आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुने बताउनुभयो ।जिल्लाका ६ वटै स्थानयि तहमा वडास्तरको समिति गठन हुन बाँकी रहेका स्थानमा इच्छुकरुले पालिका समितिसँग समन्वय गर्न सकिने जनाएका छन् ।

Leave a Comment