---Advertisement---

गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान

On: November 29, 2026 4:49 PM
Follow Us:

 गरिमा विकास बैंक लिमिटेड अन्तर्राष्ट्रियस्तरको ‘SAFA Best Presented Annual Report Awards 2025’ अन्तर्गत वित्तीय सेवा क्षेत्र (Financial Service Sector) विधामा ‘Certificate of Merit’ बाट सम्मानित भएको छ।

दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (SAFA) द्वारा प्रदान गरिएको उक्त सम्मान सन् २०२६ नोभेम्बर २८ मा बङ्गलादेशको ढाकामा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो। द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बङ्गलादेश (ICAB) को आतिथ्यतामा सम्पन्न समारोहमा बैंकले उक्त सम्मान प्राप्त गरेको हो।

SAFA दक्षिण एसियाली मुलुकका व्यावसायिक लेखा संस्थाहरूको साझा अन्तर्राष्ट्रिय महासंघ हो। यसले वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन तथा व्यावसायिक उत्कृष्टता प्रवर्द्धन गर्दै आएको छ।

यसअघि पनि गरिमा विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा आयोजित ‘National Best Presented Annual Report Award 2025’ अन्तर्गत वित्तीय सेवा क्षेत्रमै ‘Silver Award’ प्राप्त गरेको थियो। राष्ट्रियस्तरको सम्मानपछि अन्तर्राष्ट्रियस्तरमा समेत प्राप्त यस उपलब्धिले बैंकको वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।

हालै आफ्नो २०औँ वार्षिकोत्सव मनाएको बैंकले गुणस्तरीय बैंकिङ सेवा, आधुनिक प्रविधिको प्रयोग, ग्राहक सन्तुष्टि तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। बैंकले गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत ISO 9001:2015 तथा सूचना सुरक्षा व्यवस्थापन प्रणालीअन्तर्गत ISO/IEC 27001:2022 प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ।

स्थापनाकालदेखि नै सुरक्षित, विश्वसनीय, आधुनिक तथा ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्राप्त सम्मानले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न र वित्तीय पारदर्शिताका उच्च मापदण्ड कायम राख्न थप हौसला मिलेको जनाएको छ।

यस उपलब्धिको अवसरमा बैंकले आफ्ना ग्राहक, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति निरन्तर विश्वास, साथ र सहयोगका लागि आभार व्यक्त गरेको छ।

Leave a Comment