Friday, June 27, 2025
24.3 C
Beni
24.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 1144

बैशाखदेखि दरबाङमा १५ सैयाको अस्पताल सञ्चालन हुने

पश्चिम म्याग्दीको दरबाङमा बैशाखदेखि १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाको सक्रियतामा दरबाङमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउन आवश्यक भवन मर्मत, बेडसहित विभिन्न उपकरण थप औषधि खरिद गरिएको छ ।

अस्पतालबाट आकस्मिक सेवा, ल्याव सेवा, एक्सरे सेवासहित आधारभुत चिकित्सकीय सेवा प्रदान गर्ने गरी ८ जना स्वास्थ्यकर्मीलाई करारमा नियुक्ती गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

‘अब दरबाङबाटै बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउँछन्,‘रिफर सेन्टरको रुपमा चिनिएको केन्द्रमै जटिल अप्रेसन सहितको सेवा उपलब्ध गराउँछौ’ अध्यक्ष रोकाले भने । उनले तत्काल पुरानै संरचनामा केही परिवर्तन गरी सेवा बेड थप र सेवा विस्तार गरिएपनि भविस्यमा अस्पतालका लागि छुट्टै संरचना सहितको आधुनिक उपकरण समेत माग गर्ने बताए ।

अस्पतालका लागि विभिन्न यूनिट थप गरिएको गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् । ‘२४ घण्टा सेवा दिने गरी आवश्यक सम्पूर्ण तयारी गरिएको छ,‘अब स्वास्थ्य सेवामा पश्चिम म्याग्दीले फड्को मार्छ’ उपाध्यक्ष विटालुले भनिन् । उनले विस्तारै अप्रेसन सहितको प्रसूति सहित अन्य जटिल अप्रेसन समेत गर्ने गरी बार्षिक योजना बनाउने बताईन् ।

निक साइमन इन्स्टिच्युटले अस्पताल ब्यवस्थापनमा सदृुढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममार्फत अस्पताल सुधारको कार्यशाला गोष्ठी समेत सञ्चालन गरिएको थियो । अस्पतालमा तत्काल शब घर सहित प्रवेशद्धारमा अपाङ्खमैत्री संरचना समेत थप गरिने छ । दरबाङमा अस्पताल बनाउन सामाजिक विकासमन्त्री नरदेवी पुनको सक्रियताले समेत ठूलो काम गरेको मालिका–७ का वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताए ।

उनले गण्डकी प्रदेश सरकारबाट चिकित्सक सहित उपकारण लगायतमा प्राप्त सहयोगले अस्पताल सञ्चालनमा सहज भएको बताए । अस्पतालमा प्रदेश सरकारसँगै स्थानीय सरकारले करिब ४० लाख बजेट समेत विनियोजनको तयारी गरेको छ ।

हाल सामान्य उपचार बाहेक जटिल समस्या भएका बिरामीलाई बेनी अस्पतालमा रिफर गर्ने गरिएको छ । हालसम्म केन्द्र रिफर सेन्टरको रुपमा चिनिने गरेको थियो । बार्षिक २० हजारभन्दा बढी विरामीले सेवा लिने गरेको केन्द्रमा निक साइमन इन्स्टिच्युटको आर्थिक तथा प्राविधिक सहयोगमा डा. समिरन काप्ले,डा. रोशन आचार्य र डा. प्रशान यादव कार्यरत छन् । प्रत्येक नागरिकको आधारभुत स्वास्थ्य सेवालाई सुनिश्चित गर्नका लागि अस्पतालले सहज हुने निक साइमनका डा.समिरन काप्ले बताए ।

‘प्रत्येक नागरिकले सहज र सुलभ आधारभुत स्वास्थ्य सेवा पाउने अधिकार राख्नुहुन्छ, अस्पतालको मापदण्ड अनुसारको उपकरण र जनशक्ती उपलब्ध भएमा यहाँ पनि निरन्तर सम्भव छ’ डा. काप्लेले भने । प्राथमिक उपचार केन्द्रमा मंगला, मालिका, धवलागिरी गाउँपालिकासँगै पश्चिम बागलुङ र केही रुकुम जिल्लाबाट समेत सेवा लिन आउने गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकामा एकैदिन ५ जना कामदारमा कोरोना पुष्टी

म्याग्दीमा बाहिरी जिल्लाबाट आउने बिरामी र कामदारबाट कोरोना भाइरस (कोभिड १९) भित्रिने जोखिम बढेको छ। छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएका जिल्लाबाट ठूला विकास निर्माणका आयोजनामा काम गर्न आउने मजदुरलाई परीक्षणबिनै छोड्दा कोरोना संक्रमति भेटिन थालेका छन् ।

मंगलबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत ५ जनामा कोरोना पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जनाएको छ ।

जलविद्युत आयोजनका कार्यरत मजदुरमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए । ‘जोखिम बढेको छ, जनस्वास्थ्यको मापदण्डको प्रयोगमा ध्यान दिनुपर्छ’ प्रमुख लम्सालले भने ।

बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन समेत लम्सालले अनुरोध गरेका छन् । मंगलबार गण्डकी प्रदेशमा कास्कीपछि कोरोनाको जोखिम रहेको जिल्लामा म्याग्दी समेत परेको छ । पछिल्लो समयमा संक्रमितको संख्या वृद्धि भएपछि कास्की जिल्ला प्रदेशकै ‘रेडजोन’मा परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

म्याग्दीका पहिरोपीडितः नयाँवर्षमा नयाँघर उपहार

म्याग्दीको मालिका गाउँपालिका–७ बिम नौरुङका पहिरोपीडित ओमप्रसाद दर्जीले नयाँवर्षको उपहार नयाँघर पाउँदैछन् । गएको असारमा घरमाथिबाट खसेको पहिरोले घरखेत बगाएपछि छिमेकीको आश्रय लिएका उनले नयाँघर उपहार पाउने भएपछि घर बनाउने ठाउँमै पुगेर दिनभर सघाउँछन् ।

परिवारमा ८ जना सदस्य रहेका दर्जीले घर बनेपछि मात्रै नियमित ज्याला मजदुरीमा फर्किने साँेच बनाएका छन् ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बाढीपहिरोबाट पीडितलाई सुरक्षित स्थानमा बनाइरहेको नयाँ घर अन्तिम चरणमा पुगेको छ । पहिरोले विस्थापित भएपछि छिमेकी र अस्थायी टहरोमा बिताइरहेका पीडितलाई विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोना अन्तर्राष्ट्रियले नयाँ वर्षको उपहार स्वरुप घर दिने तयारी गरेको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरुमध्ये जिल्लाभर ४० घरको जिम्मा मोनाले लिएको थियो ।

जिल्ला विपद् ब्यवस्थापन समिति, स्थानीय प्रशासन र पालिकासँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्ड अनुसारको घर बनाइरहेको मोना अन्तर्राष्ट्रियका उपाध्यक्ष सुर्जे भट्टचनले बताए । ‘नयाँ वर्षमा मोनाले पीडितलाई घर उपहार दिन्छ, निर्माणधिनको अवस्था हेर्न स्थलगत अनुगमनमा छौ,’ उपाध्यक्ष भट्टचनले भने । उनले पहिरोले ढलाएको घर ठडाउन विभिन्न मुलुकमा रहेका म्याग्देली सहित नेपालीले सहयोग गरेको बताए । भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघले बनाएको ’एनआरएन नमूना बस्तीका बारेमा निरन्तर बहस चलिरहेको अवस्थामा मोनाको पुर्नवास अभियानलाई विश्वभर रहेका नेपालीले चासोपूर्वक हेरिरहेकाले मापदण्ड र गुणस्तरीय कामलाई प्राथमिकता दिएको उनले बताए ।

निर्माणधिन अवस्थामा रहेका घरहरुको मोनाले पटकपटक अनुगमन समेत गरेको छ । मोनामा आवद्ध भई विभिन्न देशमा रहेका म्याग्देलीले समेत विभिन्न माध्यमबाट पुर्नबास अभियानका बारेमा जानकारी लिने गरेको पाइएको छ । रघुगंगा गाउँपालिका–५,झिँबाट सुरु भएको पुर्नवास अभियानमा मोना हङकङका पूर्व अध्यक्ष एवम् पुर्नवास कार्यदलका सदस्य दल शेरबुजाको नेतृत्वमा टोली खटिएको छ । एकिकृत बस्तीमा पीडितले गोलाप्रथाको आधारमा घर पाउने छन् ।

No description available.

जग्गा भएकालाई आफ्नै रोजाईमा र नभएकालाई एकिकृत बस्ती बनाएर घर बनाउँदै गरेको मोनाले एउटा भान्छा कोठा सहित तीनकोठे घर बनाइदिएको छ । घर भूकम्प प्रतिरोधी क्षमताको हुने र घरको लागत ५ लाख रुपैयाँ परेको छ । ‘मोनाको पूर्नवास अभियानले विश्वमा म्याग्देलीलाई थप काम गर्ने वातावरण बनाउँछ,‘यो सुरुवात हो, अन्तिम होईन्’ मोनाका कार्यदल सदस्य शेरवुजाले भने । ‘सबैतिर एकसाथ निर्माणकार्य अगाडी बढेको छ, ‘पीडितहरुमा खुसीयाली छाएको छ’ शेरबुजाले भने ।

धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४–४ वटा घर निर्माण गरिने भएको छ । स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सघाइरहेको छ । बिम र मराङमा स्थानीय समुदायको पहलमा संकलित रकमले जग्गा ब्यवस्थापन गरिएको र पालिकाले जग्गामा घर निर्माण गर्न सम्याउन सघाएकाले सहज भएको थियो । म्याग्दीमा यूवा निर्माण व्यवसायी दुर्गा बुढामगरले स्थानीय र बाहिरबाट समेत कामदार लगेर घर बनाइरहेका छन् । हालसम्म ३३ वटा घर तयारी अवस्थामा पुगेको छ । मोनाको टोलीले मापदण्ड अनुसारको घर बनाउन स्थानीय समुदायलाई समेत अनुगमन तथा पीडितलाई समेत निर्माण क्षेत्रमा खटाएको छ । गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए।

सरकारको अनुदान अझै ढिलाई  

म्याग्दी जिल्लाभर ८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । मोनाले ४० घरको जिम्मा लिएपनि बाँकी पूर्णरुपमा विस्थापित भएकालाई स्थानीय, प्रदेश र संघीय सरकारमार्फत बनाउने प्रतिबद्धता जनाएपनि हालसम्म निर्माणकार्य सुरु भएको छैन् । पूर्णरुपमा विस्थापित भएकालाई नेपाल सरकारले ५ लाख अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो ।

राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यबिधी–२०७७ तयार भएसँगै म्याग्दीका पूर्ण विस्थापितले पुर्नवास अभियानमा ५ लाख र आंशिक र समान्य क्षती भएकाले मर्मत सम्भारका लागि ५० हजार नगद प्राप्त गर्ने कार्यबिधि अनुसार प्रक्रिया सुरु भएको स्थानीय जनप्रतिनिधिको भनाई छ । कार्यविधिमा हिमाली जिल्लाले ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराईमा ३ लाखको दरले अनुदान दिने उल्लेख छ । मोनाले धमाधम बनाउँदै गरेको अवस्थामा सरकारी तहबाट ढिलासुस्ती भएको भन्दै स्थानीय आक्रोशित समेत भएका छन् । कार्यविधिमा तोकिएका प्रक्रियाहरु निकै झन्झटिलो छ।

अभिभावक हराउँदा पाँच बालबालिकाको विचल्ली

पर्वतको जलजला गाउँपालिका–२, गौराटोलमा अवस्थित समाज कल्याण आधारभुत विद्यालयमा कक्षा १ पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरिन् । आमाले दोस्रो विवाह गरेपछि घरमा बुबाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने वातावरण पाइनन् । नौ महिना कोखमा बास गराएर संसार देखाउँने आमाले नै साथ छोडेपछि उनलाई बुबाको मायाँ पाउन सकिनन् ।

अहिले मामाघरमा बस्न बसेर विद्यालयमा जाने गरेकी छन् । आशा जस्तै सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत आस्था परियारको समस्या पनि उस्तै छ । आमा र बुबाले दोस्रो विवाह गर्दा उनी पनि अर्की मामाको निशानामा परिन्।

अर्काको कोखबाट जन्मिएको सन्तानलाई आफ्नो स्वीकार गर्न नसक्दा उनले घर छोडेर आफन्तकोमा बस्न बाध्य भईन् । जलजला–२ रातढुंगाका विवश परियार कक्षा ४ मा अध्ययनरत छन् । बिवशका बुबाको मानसिक सन्तुलन गुमेपछि आमाले दोस्रो विवाह गरिन् ।

बेनी नगरपालिका–५ पुलाचौरकी शनिशा परियारको बुबा सिकिस्त विरामी छन्। बुबा लगातार विरामी हुन थालेपछि आमाले दिनुपर्ने साथ र सहयोगको विकल्पमा दोस्रो विवाह रोजिन् । अहिले घरमा बुबा बिरामी छन्, खानाबस्ने र पढ्ने वातावरण नभएपछि ठूली आमाको घरमा बसेर विद्यालयमा जाने गरेकी छन् ।

विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर घर्ती क्षत्रीका अनुसार अभिभावकविहिन ५ बालबालिकाको विजोक रहेको बताए । ‘उनीहरुलाई पढ्न बर्षभरी आवश्यक पर्ने साम्रागीकै अभाव छ,‘सबै आफन्तको घरमा बसेका छन्, आफन्तको आर्थिक अवस्था पनि निकै नाजुक छ’ प्रअ घर्तीले भने ।

सानै उमेरमा अभिभावक गुमाएका बालबालिकालाई नियमित विद्यालय आउन समस्या हुने गरेको बताए । यता वडा अध्यक्ष गोविन्द खत्रीले दलित बस्तीका बालबालिकाको अवस्था नाजुक भएकाले विभिन्न माध्यमबाट सहयोग गरेको बताए ।‘सिंगो दलित बस्तीका बालबालिकाहरुमा धेरै अभाव छ, वडाबाट सक्ने सहयोग हुन्छ’ अध्यक्ष खत्रीले भने ।

अत्यन्त गरीब परिवारका बालबालिकालाई अभिभावकले छोडेर गएपछि शिक्षादीक्षामा ठूलो संकट परेको छ । शैक्षिक साम्रागीदेखि ओड्ने–ओच्छ्याउने लुगा, अगेनामा पाक्ने खाद्यान्नसमेत नभएको अवस्थामा भोकभोकै आउन बाध्य विद्यार्थीलाई सहयोग जुटाउने अभियान सुरु भएको स्थानीय यूवा नविन जिसी र रविन जिसीले बताए ।

लागु औषध सहित मंगलघाटबाट एक युवालाई पक्राउ

म्याग्दी, ९ चैत । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ ।

प्रहरीले म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नम्बर ७ मंगलघाट स्थित डेरा गरी बस्ने २१ बर्षका साजन सेरपुन्जाको कोठामा चेकजाँच गरि लागु औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रनाउ श्याम कुमार राईले जानकारी दिनुभयो । उहाँले सेरपुन्जाको कोठाबाट डाईजापाम–९९ एम्पुल, फेनारागन–९९ एम्पुल र नोफिन–९९ एम्पुल गरि जम्मा २९७ एम्पुल लागु औषध बरामद गरिएको बताउनुभयो ।

प्रहरीले लागु औषध सहित सेरपुन्जालाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

बेनी-जोमसोम सडक चैत्र १४ देखि १७ गतेसम्म बन्द हुने

उत्तरी/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी/जोमसोम ७६ किमी सडक ४ दिनक लागि बन्द हुने भएको छ ।

कालिगण्डकी करिडोरअन्र्तगत बेनी/जोमसोम सडकखण्डमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले यही चैत्र १४ गते देखि १७ गतेसम्म ४ दिनका लागि सडक आवागमन पुरै बन्द हुने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला सडक सुरक्षा समिति मुस्ताङको सोमबार बसेको बैठकले बेनी-जोमसोम सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जानकारी दिए ।

समितिले मुस्ताङ र म्याग्दीको सीमाना काभ्रभीर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका-४ को कैकु खोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नु परेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बेनी/जोमसोम सडक पूर्ण रुपमा बन्द हुँदा पर्ने असुविधा प्रति क्षमाप्राथी समेत प्रकट गरेको छ ।

कालिगण्डकी करिडोर अन्र्तगत बेनी-जोमसोम ७६ किमी सडक ४ प्याकेजमा सडक स्तरोन्नति भइरहेको छ ।

करिडोर अन्र्तगत प्याकेज नं. २ को काभ्रेभीरमा पुस १९ गते देखि सडक चौडा गर्न शर्मा गजुरमुखी जेभीले रककटिङको काम अघि बढाएको थियो ।त्यहा करिव १६ सय मिटर सडकको रककटिङ गर्नुपर्ने जनाईएको छ ।

मुस्ताङ प्रवेश गर्ने काभ्रेभीर सडक बेनी-जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । बर्खायामको मौसममा पहिरो र नदी कटानका कारण सडक निर्माण बाधा पुग्दै आइरहेको छ ।

यहाँ निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गरी सडक चौडा गर्ने काम गरिरहेको छ ।

यस्तै सोही खण्डको थासाङ—४ कैकुमा पटक-पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुदै आइरहेको छ ।सडक स्तरोन्नति गरी सडक सडक सहज बनाउन जिल्ला सडक सुरक्षा समितिले यसप्रकारको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले उल्लेख गरे ।

झन्डै ६ अर्ब लागतको राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम-कोरला सडक आयोजना २०७४ सालबाट निमार्ण सुरु भएको हो ।जसअन्र्तगत जोमसोम -कोरला ग्राभेल सडकको काम समेत भइरहेको छ ।

करिडोरका अनुसार जोमसोम-कोरला सडकको ७ प्याकेज मध्ये ४ प्याकेजको काम निर्माण सम्पन्न भइ करिडोरलाई हस्तान्तरण भइसकेको छ ।

बेनी-जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम -कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगती भएको आयोजनाको भनाइ छ । annapurnapost

महिलालाई आत्मनिर्भर बनाउँदै बेनी नगर

महिलालाई आत्मनिर्भर बनाउन बेनी नगरपालिकाले तीन महिने सिलाई कटाई तालिम सुरु गरेको छ ।नगरपालिकाको गरिबी निवारणका लागि लघु उघम बिकास कार्यक्रमको आयोजनामा सोमबारदेखि सुरु भएको तालिमको उद्घाटन गदैं मेयर हरिकुमार श्रेष्ठले सिलाई कटाई व्यवसायबाट महिलाले प्रसस्तै आम्दानी गर्न सक्ने बताए

उनले घरायसी काममा मात्रै सिमित हुने महिलालाई आयमुलक क्षेत्रमा आवश्यक सीपमुलक तालिम उपलब्ध गराउने बताए । उद्यमशिल तालिम लिएका महिलाले सहरबजार देखि ग्रामिण क्षेत्रसम्म आम्दानी गरिरहेकाले तालिमको सिपलाई ब्यवहारमा उर्तान समेत अनुरोध गरिएको थियो ।

नगरप्रमुख श्रेष्ठको अध्यक्षता ,उप–प्रमुख सन्जु बरुवालको स्वागत र शाखा अधिकृत युवराज थापाले कार्यक्रमको संचालन गरेका तालिममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको सहभागिता रहेको थियो । तालिममा १५ जना महिलाहरु सहभागि छन् । म्याग्दीमा उद्यमशिलता तालिम लिएर ब्यवहारमा लागु गर्नेले मासिक लाख भन्दा धेरै कमाई गरेका छन् । सिलाई कटाई ब्यवसायबाट थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ ।

भिसा सकिएका अमेरिकी नागरिक आफ्नो देश फर्कन मानेनन्

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन्।नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन्।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन्। उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन्।

भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानून छ। बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ।अवैधरूपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानूनी प्रक्रिया छ।

नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनुअघिनै अमेरिकाले दूतावासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो।

जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो। लकडाउन हटेपछि अधिकांश भिसा सकिएका विदेशी नागरिक कानूनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका छन्।

विसं २०७६ मङ्सिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ गते सकिएको थियो।

त्यसपछि नेपाल बस्ने उनलाई कानूनी अनुमति छैन। होटल सञ्चालक यामकुमारी पुनले जोइलले आफ्नो देश फिर्ता हुन इच्छा नदेखाएको बताए।

‘केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको बसेको तिरेर जान्छु भन्नुहुन्छ। कसरी पठाउने भन्ने अलमलमा परेका छौँ।गाउँपालिकाका अध्यक्षले एक दुई दिनमा दूतावासमा लगेर बुझाइदिने भन्नुभएको छ,’ उनले भने।

एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्छन्। खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्लै डुल्ने गर्छन्।

स्थानीयवासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शङ्का गरेका छन्। कतिपय विदेशी नागरिक आफ्नो देशमा अपराधमा संलग्न भएको र मुद्दा चलेका कारण नेपालमा आएर लुकेर बस्ने गरेको पनि पाइएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापले नै पहल गर्नुपर्ने भए पनि नगरेपछि आफैँले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको बताए।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अवैधरूपमा बसेका नागरिकको विषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाई स्वदेश फिर्ती प्रक्रिया अघि बढाउने बताए। रासस

काठको मुढा लडेर किशोरीको मृत्यु

रघुगंगा गाउँपालिका-४ दर्मिजाकी १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको काठको मुढाले लाग्दा मृत्यु भएको छ । आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । जनता मावि दग्नाममा कक्षा ९ मा अध्ययनरत पुनको मृत्युले स्तब्ध भएको विद्यालयका प्रधानाध्यापक गुन पुनले बताए । विद्यालयले आइतबार स्वर्गीय पुनको सम्झनामा शोक सभाको समेत आयोजना गरेको छ ।

कार्ययोजना नै बनाएर सेवा चुस्त बनाउँदै डीएसपी राई

जिल्ला प्रहरी कार्यालय म्याग्दीले नागरिकलाई आफूले दिने सेवा र सुरक्षा प्रभावकारी बनाउन कार्ययोजना तयार गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले तयार गरेको कार्ययोजनामा विभिन्न ९ वटा बुँदाहरु उल्लेख गरिएको छ ।

प्रनाउ राईले तयार गरेको कार्ययोजनामा सरोकारवाला निकायहरुबीच समन्वय–सहकार्य, मानवअधिकारको संरक्षण–सम्बर्धनसम्बन्धी नविनतम कार्यको शुरुवातका कामहरु गर्ने, शुद्धिकरण अभियान, सूचना संकलन–विश्लेषण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन–सुधार, अपराध अनुसन्धान रोकथाम–न्युनिकरण, ट्राफिक व्यवस्थापन–सुधारलगायतका विभिन्न ९ बुँदा समेटिएको छ ।

कार्ययोजनाको प्राथमिकताका क्षेत्रहरुमा सरकारी निकाय, गैरसरकारी संघ संस्थाहरु, निजी क्षेत्रहरु, आम नागरिक, प्रचलित ऐन, नियम, कानुन, संबिधान, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, कानुन, प्रचलित रीतिरिवाज, धर्म संस्कृति, परम्परा, प्रहरी कर्मचारी, भौतिक स्रोत साधन, सेवा प्रवाह (आन्तरिक–बाह्य), जनशक्तिमा आधारित, सामाजिक बिकृति–बिसंगति, महिला तथा बालबालिका, साईबर अपराध, लागुऔषध सेवन–कारोबार, जघन्य अपराध, फैसला कार्यान्वयनलाई बनाईएको छ ।

यस्तै कार्ययोजनाको अन्य प्राथमिकतामा ट्राफिक संकेत व्यवस्थापन, पार्किङ्ग व्यवस्थापन, चेकजाँच, समन्वय–सहकार्य, बिपद व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, परिचालन कक्ष व्यवस्थापनलगायतलाई समेटिएको प्रनाउ श्यामकुमार राईले जानकारी दिएका छन् ।

कार्ययोजना लागू गर्नका लागि विभिन्न सरकारी, गैरसरकारी संस्था, निजी संस्था, विद्यालयलगायतसँग छलफल अन्तरक्रिया गर्ने, प्रहरी कर्मचारीलाई प्रशिक्षण दिने, माधनअधिकारकर्मीहरुलाई अनुशिक्षण दिने, महिला, बालबालिकाका लागि जानकारीमुलक कार्यक्रममार्फत हिंसाबारे जानकारी गराउँदै सचेत गराउने, सामाजिक सञ्जालमार्फत मानवअधिकारका बारेमा सन्देश प्रवाह गर्ने, विद्यार्थीहरुका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु गर्ने, आवश्यक निःशुल्क कानुनी दिने, थुनुवाहरुको मानवअधिकार रक्षाका लागि गतिविधि गर्ने लगायतका कार्यक्रमहरु गरिने उल्लेख छ ।

यस्तै नागरिकको सुरक्षाका लागि सुरक्षा चौकीहरु विस्तार गर्दै लैजाने, बजार क्षेत्रको शान्ति सुव्यवस्थाका लागि सुरक्षा पोष्टहरु खडा गर्ने, मातहतका सुरक्षा निकायहरुलाई चुस्त, व्यवस्थित र नागरिकमैत्री बनाउँदै लैजाने, यातायात क्षेत्रलाई व्यवस्थित गर्न सरोकारवालासँगको समन्वयमा विभिन्न गतिविधि सञ्चालन गर्ने, कारागार सुरक्षा र कैदीबन्दीको सहज बसाइका लागि आवश्यक संरचना र विधि तयार गर्ने, आपराधिक गतिविधि नियन्त्रण, लागूऔषधि प्रयोग र कारोबार नियन्त्रणका लागि आवश्यक सक्रियता बढाउने, नागरिकको गुनासो सुनुवाइका लागि द्रुतशैलीमा कार्य गर्नेलगायतका गतिविधिहरु अघि बढाइने कार्ययोजनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय प्रनाउ राईको सक्रियतामा म्याग्दीको शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य सुधार आइरहेको जिल्लाबासी बताउँछन् ।