Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 1148

बेनी-लम्भीहिल-भकुण्डे सडकको स्तरोन्नति

म्याग्दीको सदरमुकाम बेनी देखि बेनी नगरपालिका २ भकुण्डे जोड्ने बेनी–लभ्लीहिल–भकुण्डे सडकको स्तरोन्नतिका काम शुरु भएको छ । बेनी नगरपालिकाको रु ५५ लाख बजेटमा भण्डारी निर्माण सेवाले साढे ७ किलोमिटर सडक खण्डको हाडेभीर–लभ्लीहिल खडमा स्तरोन्नतिको काम शुरु गरिएको हो ।

पछिल्लो समय निकै चर्चामा आएको प्रशिद्ध पर्यटकीय स्थल लभ्लीहिलसम्म यस वर्ष स्तरोन्नतिको काम गरिने र आगामी वर्ष लभ्लीहिलदेखि बेनी नगरपालिका २ भकुण्डेचौर स्थित वडा कार्यालयसम्म विस्तार गरिने बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

अध्यक्ष थापाका अनुसार यस वर्ष हाडेभीर–लभ्लीहिल खडमा १८७ थान ग्याविन जाली,४२० मिटर पक्की नाली, एक ठाउमा क्रस र ३२ सय मिटर कच्ची नाली निर्माणका लागि भण्डारी निर्माण सेवाका निर्माण व्यवसायी निरज भण्डारीलाई जिम्मा दिइएको छ ।

२०६७ सालमा ट्याक खुलेको, साढे ७ किमि दुरीको बेनी—लभ्लीहिल भकुण्डे सडकको मर्मतका लागि अहिलेसम्म लाखौं रुपैयाँ खर्च गरिएको भएपनि सडकको स्तरउन्नति हुन सकेको थिएन ।

पटक पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिएपनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरुपमा डोजरमात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा सो मोटरबाटोमा यातायातका साधनहरु संचालन हुन नसकेका स्थानीयवासिन्दाहरुको भनाइ रहेको छ ।

तर यस पटक भने नाली निर्माण र ग्याविन पर्खाल सहित स्तरोन्नतिको काम थालिएकाले स्थानीय आशावादी बनेका छन्। सो सडकको स्तरोन्नति भएपछि पर्यटकीय स्थल लभ्लीहिलमा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।

फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फलफूल फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुन सकेको छैन।यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन्।

यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीयस्थल बन्ने समय हो तर यस वर्ष लालीगुराँस फुल्ने मौसम शुरु भए पनि नफुल्दा न प्रकृति सुन्दर देखिएको छ, न त पर्यटकको चहलपहल नै शुरु भएको छ।

जिल्लाका ज्यामरुककोट, भकिम्ली, रत्नेचौर, अर्मन, बरङ्जालगायतका क्षेत्रमा रहेका जङ्गलमा फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढ्ने गर्दथ्यो।

bidh lab box ad 5

फागुन र चैत महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको हो। धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको ज्यामरुककोट र भकिम्लीको स्वर्गाश्रम क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गर्दथ्यो।

यी क्षेत्रमा ठूला र सुक्न लागेका लालीगुराँसका बोट भएकाले पनि फुल्न छाडेको स्थानीय बासिन्दाहरुले बताएका छन्। भएका बोटहरु सुक्दै जानु र नयाँ बोटबारे चासो नदिनुले पनि लालीगुराँसमा संरक्षणको अभाव खट्किएको ज्यामरुककोटका नारायण्ण शर्माले बताए।

यो समयमा लालीगुराँस फुलेर राताम्मे बन्ने भकिम्लीको स्वर्गाश्रम क्षेत्र पनि उराठ लाग्दो देखिएको स्वर्गाश्रम विकास समितिका सदस्य रामबहादुर पुनले बताए।

यस वर्ष हिउँदमा पानी नपरेकाले लालीगुराँस कम फुलेको उहाँको भनाइ छ। यस वर्ष फुलेका लालीगुराँस पनि साना कोपिला रहेको उनको कथन छ।भौगोलिक उचाइगत विविधताले ठूलो घना जङ्गल रहेको यस क्षेत्रमा ऐँसेलु, चुत्रो, डिम्मर, मजिठो, सतुवा, नागबेलीसहित ६२ प्रजातिका जडीबुटी रहेको वन डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

त्यसैगरी यस वर्ष यही मौसममा फल्ने वनफल पनि फलेका छैनन्। ऐँसेलु, काफल, चुत्रोलगायतका वनफलहरु नफलेको स्थानीयले बताएका छन्। पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँसलगायतका अन्य क्षेत्रमा प्रभाव परेको हो।

भीरबाट लडेर युवाको मृत्यु

बागलुङमा भीरबाट लडेर एक युवाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका–४ ओडारचौरस्थित भिरबाट खसेर सोमबार बिहान काठेखोला गाउँपालिका–३ धम्जाका २२ वर्षीय गणेश बोहोराको मृत्यु भएको हो । उनको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पल्ली मगरले जानकारी दिए ।

सोमबार बिहान भीरबाट खसेर मृत्यु भएको अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो । बोहोरा ओडारचौर स्थित घरमा आइतबार राती साथीहरुसंगै सुतेको र बिहान नभेटेपछि खोजतलास गर्दा घरमुनीको भीरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बोहोराको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पतालमा राखिएको छ ।

राङकोटमा मोटरसाइकल दुर्घटना हँदा पर्वतका यूवकको मृत्यू

कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि पर्वतका एक यूवकको मृत्यू भएको छ । मृत्यू हुनेमा जिल्लको कुस्मा नगरपालिका–८ चुवा घर भएका ३२ वर्षिय माधव गिरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलवार दिउँसो ग १८ प ४८१४ नं. को मोटरसाइकल पर्वतबाट पोखरा जाँदै गरेका उनको पोखरा सराङकोट–सडक खण्ड स्थित गुम्बा नजिकै दुर्घटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

गम्भीर घाइते भएका माधवलाई उपचारको लागि सहारा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकलको पछाडि बसेका चुवाकै ३२ वर्षिय गोविन्द गिरीको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बेनीबजार संरक्षण: ‘पछुताउनु भन्दा अहिले नै सजग बनौं’

हिन्दू धर्मावलम्वीहरूले भगवान विष्णुको अंश मानेर पुजा गर्ने पवित्र शिला ‘शालिग्राम’ पाइने विश्वकै एकमात्र नदी हो कालीगण्डकी । दामोदर कुण्डदेखि मुक्तिनाथ र म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै गुल्मीको रिडीसम्मको क्षेत्रमा धार्मिक तथा वैज्ञानिक रूपले समेत महत्वपूर्ण मानिएको शालिग्राम शिला पाइन्छ। बहुमूल्य शालिग्राम पाइने कालीगण्डकी यही क्षेत्र सबैभन्दा बढी दोहन भैरहेको छ।

राष्ट्रिय गौरवको आयोजना मानिएको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकको गलेश्वर क्षेत्र, कालिपुल बसपार्कमा ठेकेदारले खुलेआम नदीको उत्खनन् गरी ढुंगा निकालेर मनपरी गरिरहेको छ । ग्याबिन जाली र वाल लगाउने वहानामा जमेर बसेका ढुंगालाई स्काभेटरको सहायताले नदीको बीचबाट निकालेर फुटाली झन् जोखिम निम्त्याइँदा समेत सरोकारवाला निकायले मुख खोल्न र काम रोक्न सकेका छैनन्।

जमिनमा एकपटक बसिसकेको ढुंगालाई बगिरहेको नदीको बीचबाट निकालेर भारी मेसिन (स्काभेटर) प्रयोग गरी छियाछिया पारिएको छ। तटबन्ध गरिएको क्षेत्रमा नदी कटान तीव्र रूपमा भैरहेको अवस्थामा नदी उत्खनन् र नदीजन्य वस्तुको चोरी निकासी गर्न सजिलो हुने गरी एक्साभेटर र टिप्पर पु¥याउन सडकसमेत बनाइएको छ। कुनै निकायसँग सम्झौता पनि नगरी र नदी उत्खनन्को मापदण्ड विपरित नदी दोहनलाई सरोकारवाला निकायले टुलुटुलु हेरेर बसेका छन् ।

गत वर्ष कालिगण्डकीमा आएको बाढीले नदीको धार परिवर्तन गरेको स्थानमा तटबन्धका लागि अन्यत्रबाट ढुंगा ल्याएर काम गर्नुपर्नेमा हेभी इक्युपमेण्ट जथाभावी प्रयोग गरी नदीबाट ढुंगा झिक्दा नदीको सतह गहिरिएको छ भने सदरमुकाम कालीपुल सहितको क्षेत्र कटानको जोखिममा छ। सडक र संरक्षणका लागि कालीगण्डकी नदीमा तटबन्ध गर्न थालेको वर्षौं भएको छ। तटबन्धका लागि ठेक्का लिएका ठेकेदारहरूले भने नदी उत्खनन्लाई वहाना बनाए र टन्नै कमाइरहेका छन् ।

उच्च जोखिमयुक्त सदरमुकामको सूचीमा राखिएको म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा नदी नियन्त्रणको वहानामा नदीको तीव्र वेग रोक्नसक्ने ढुंगा निकाल्दा समेत ठेकेदारको प्रभावमा परेर हो वा जिम्मेवारीबाट तल झरेर हो–सरोकारवालाहरूले मुख खोलेका छैनन्।

न कुनै अनुगमन भयो, न त जथाभावी रूपमा नदीको अस्तित्व मासेर टन्ने कुम्ल्याउनेहरूलाई कुनै कारबाही नै! बरु सरोकारवालाहरूको वेवास्ताको फाइदा उठाउँदै ठेकेदारहरूलाई नदी दोहन गर्न थप बल पुगिरह्यो।वातावरणीय परीक्षण प्रतिवेदन र सम्वन्धित कार्यालयसँग भएको सम्झौता विपरित नदीको उत्खनन् हुने गरेको भन्दै रोक्न पटक पटक अनुरोध गर्दा समेत रोक्न नसक्नुमा अदृष्य भूमिका खेलेको देखिन्छ ।

नदीमा रहेका ढुंगाले वर्षामा नदीको वेगलाई रोक्न सघाउँछन्, नदीको छेउछाउ र बीच भागमा रहेका ठूला ढुंगा फुटाउँदा विगतमा कालिगण्डकीले बजार आसपासमा कटान गरेको छ। अब पनि नदी दोहनमा भइरहेको मनपरी रोक्न सजग र सचेत हुन आवश्यक छ । मानवीय त्रुटीले लगातार क्षती हुदाँ अब टुलटुलु हेरेर बस्दा भविस्यमा पछुताउनुको विकल्प हाम्रो सामु हुने छैन् ।

खुल्लापत्र ओली ‘बा’लाई

सम्मानित प्रधानमन्त्री ओली ज्यू,
आई लव यु !
सर्वप्रथम बधाई छ । बधाई ? कारण धेरै छन् । भर्खर १८ टेकेकादेखि ८१ सम्मका युवाबृद्दा सबैले “आई लव यु“ केपी बा“ भन्दै डमी तस्बिरमा भए पनि चुप्प गर्दैछन् । बधाई नदिई रहन सकिन ।

बधाई पहिले पनि नदिएको होईन । नेपाल कम्म्युनिष्ट पार्टी (माओवादी केन्द्र) संग चमत्कारिक एकता गरेर बधाईको पात्र मात्र बन्नु भएन, कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिएर करिव दुई तिहाईको सरकार गठन गरि शक्तिशाली प्रधानमन्त्री बन्नु भयो ।

चुनावको बेला चाहे पानीजहाजको कुरा होस् या रेलको सपना, बधाईको ओईरो नै लाग्यो । पछिल्लो पटक फेरि बधाई दिनु पर्ने भो, कारण सर्वाेच्च अदालतको पछिल्लो फैसलाले गर्दा । तपाईले २०७७ पुस ५ मा संसद विघटन गरि चुनावको तिथिमिति घोषणा गरेपछि हामी यहाँ छौं भन्दै केपी ओली मुर्दाबाद भन्दै कुर्लनेहरू निकै चलमलाएका थिए ।

जब सर्वाेच्च अदालतले संसद पुनर्स्थापनाको घोषणा गर्याे तब सबैलाई लाग्यो अब केपिले बाल्कोटको वाटो तताउने नै भए । कसै कसैले त विजय उत्सव स्वरुप ल्डु नै खाए ।तर परिणाम सोचे जस्तो भएन । तपाईंले राजिनामा नदिएर नयाँ मोड दिनुभयो राजनितीमा ।

त्यस माथि पनि सर्वोच्च अदालतले पार्टी एकता खारेज गरि पुरानै पार्टीलाई निरन्तरता मात्र दिएन “सेटिङ“को शंका उपशंकालाई सहि सावित गर्दै विपक्षले हनुमान र अरिङ्गाल उपमा पाएका तपाईंलाई “बा“ मान्ने प्रवृत्ति भएका कार्यकर्तालाई राहत महशुस भयो । पार्टी कार्यालयमा नेकपा एमाले लेखिएका बोर्ड झुण्डिए । पद लिप्त मन्त्रीहरुले घर नफकर्किने निर्णय गरे । हिजो संसद पुनर्स्थापना हुदा भएको दिपावलीलाई बिर्साउने दिप प्रज्जवलन भयो ।

तेसैले मुरि मुरि बधाई नदिई रहन सकिएन ।तपाईं संग प्रधानमन्त्री पदमा टिकिरहन धेरै प्राविधिक कारणहरू होलान । गणितीय खेल र अंकगणित साथमा होला तर स्मरण के दिलाउन चाहन्छु भने यो त्यही संसद हो जुन तपाईंले संविधानले नदिएको अधिकार (जुन सर्वोच्च अदालतले उल्टाइदिएकोछ) प्रयोग गरेर विघटन गरि चुनावको तिथिमिति घोषणा गर्नु भएको थियो। तपाईंको शब्द सापटी लिने हो भने– “आफन्तहरुले नै चौ तर्फि घेराबन्दी गरेर काम गर्नै दिएनन् ।

त्यसै नयाँ जनादेशको लागि जनतामाँझ जानू नै उत्तम र अन्तिम विकल्प हो ।“ तपाईंको भनाइमा “खिया लागको दुई नटबोल्ड खस्दा गाडी सहजै गुडेको घोषणा गर्नु भयो ।“ नयाँ पेजहरुले सात गेयरमा सरर समुन्द्रमा खस्ने दावा गरे कसैले जन उत्तरदायी सरकार ठान्नु भ्रम हो भन्दै “कार्वनडाईअक्साईड“ मन्त्री देखि “वण्डरफुल“ मन्त्रीसम्म कुर्लिए । अदालतरुपि मेकानिकले उहीँ खिया लागेको नटबोल्ड नै कसिदिए ।

अब यो गाडी सरर गुड्छ त ? कसरी विश्वास गर्ने ? जवाफ के छ ? त्यसैले तपाईंले विघटन गरि मारिसकेको पुनर्स्थापित संसद जुनसुकै प्रकारले रहिरहनु उपयुक्त छैन र राजिनामा नदिएर खिया लागेको नटबोल्ड कसेको गाडि गुडाउदा दुर्घटना नहोला भन्न सकिन्न ।

कम्युनिस्ट भित्र लोकतन्त्र खोज्दा यो अवस्था आएको हो । अहिले तपाई सत्तामा टिकिरहदा वर्तमान तपाईंको अहंकार त जोगिएला, विपक्षले अरिङ्गाल र “साईवर सेना“ उपमा पाएका कार्यकर्ता त खुशी होलान तर कालान्तरमा कम्युनिस्ट आन्दोलनमा ठुलो क्षति पुग्छ कि ? “छोटे मुख बडि बात“ बेलैमा सोच्नुहोला । यो पत्र तपाईंका सामु “ हात्तीको मुखमा जिरा “ नै हो ।

“आच्छ्यु खाए बिच्छ्यु खाए झुसे बारुलो “ नै हो । तर पनि शक्ति , पद र कुर्सी त्यागेर राजनैनिक अन्यौल हटाउनु भयो भने र नैतिकता देखाउनु भयो र नयाँ कम्फरटेवल सरकार बनाउने वाटो खोलिदिनु भयो भने मैले तपाईं भेट्न नसके पनि तपाईंको “डमि तस्बिर“लाई चुम्बन गर्दै सेल्फि हानेर प्रोफाईल पिक्चर अवलोड गर्नेछु ।
धन्यवाद ! लाल सलाम ।
उहीँ तपाईंको शुभचिन्तक ।

म्याग्दीका ६ वटै स्थानीय तहमा मोतियाविन्दुको शल्यक्रिया शिविर हुने

म्याग्दीका ६ वटै स्थानीय तह र छिमेकी जलजला गाउँपालिकामा निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा हुने भएको छ ।

लायन्स क्लवको आयोजनामा चैत्र ७ गते धवलागिरी गापाको मुनास्थित धनजनता मावि, चैत्र ६ गते रघुगंगा गाउँपालिकाको भगवती,चैत्र ७ गते मंगला गापाको केन्द्र बावियाचौर, चैत्र ८ देखि १० गतेसम्म मालिका गापाको दरबाङ, चैत्र ८ गते छिमेकी पर्वतको जलजला गाउँपालिका र बेनी अस्पतालमा चैत्र १४ र १५ गते शिविर सञ्चालन गरिने लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियरपर्सन एवम् शिविरको मुल संयोजक लोकबहादुर पुनले बताए । ‘गाउँका शिविरमा भेटिएका जटिल समस्यालाई बेनीमा उपचार गरिन्छ,‘थप उपचार आवश्यक परे पोखरा पठाउँछौ’ पुनले भने । यसअगाडी पनि लायन्स क्लवमार्फत म्याग्दीमा लगातार निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दु शिविर सञ्चालन गर्ने गरिएको थियो ।

आँखा शिविरमा स्थानीय तहले समेत आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन् भने हिमालयन आँखा अस्पताल पोखरा, नेत्रज्योती संघ लगायतको प्राविधिक सहयोग समेत रहेको जनाइएको छ । आँखामा समस्या भएका बृद्धबृद्धाको सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन सबैमा आह्वान गरिएको समेत लायन्स क्लवले जनाएको छ ।

 

एकसाथ धेरैजना बेहोस हुनेगरी ‘मास हिस्टेरिया’ किन र कसरी हुन्छ ?

त फागुन २० गते डोटीको केआई सिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत १२ जना छात्रा एकाएक बेहोस भए । कक्षा ६, ७ र ८ मा अध्ययनरत ती छात्रा एकसाथ बेहोस हुँदा पढाइ नै प्रभावित भयो । विद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेका ती छात्रा विद्यालयबाट घर फर्केपछि आफै सामान्य अवस्थामा आए ।

यसअघि पनि दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको गणेश विनायक माध्यामिक विद्यालयमा अध्ययरत छात्रा बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको थियो । बेलाबेलामा देशका विभिन्न भागमा सामूहिक रुपमा यसरी छात्राहरू बेहोस हुँदा केही दिनका लागि विद्यालयसमेत बन्द गर्नुपरेका उदाहरण पनि नभएका होइनन् । छात्राहरु यसरी बेहोस हुने तथा काँप्ने गर्न थालेपछि कतै झारफुक तथा कतै पूजापाठ गराएका समाचार पनि प्रकाशमा आउने गरेका छन् ।

तर, यसरी सामुहिक रुपमा किन अचानक छात्रा बेहोस हुन्छन् भनेर सम्बन्धित निकायले अध्ययन गर्न सकेको छैन । जसले गर्दा यस्ता समस्या निम्तिएमा के गर्ने, उद्धार तथा उपचारका कस्ता विधि अपनाउने भन्नेबारे पनि एक प्रकारको अन्योल नै छ । एकसाथ धेरैजनालाई यस्तो समस्या देखा पर्नुलाई ‘मास हिस्टेरिया’ भनिन्छ । समाजमा महिलालाई मात्रै हिस्टेरिया हुन्छ भन्ने मान्यता छ । यस्तो समस्या यौनकुण्ठाका कारणले हुन्छ भन्ने धारणा पनि व्याप्त छ ।

तर मनोविश्लेषक बासु आचार्य समुदायमा अज्ञानताका कारण हिस्टेरियालाई यौन केन्द्रित रोग भन्ने गरेको बताउँछन् । उनका अनुसार मनमा उत्पन्न हुने बहस, विचार, चिन्ता, तनाब शरीरमा सर्नुलाई ‘हिस्टेरिया’ भनिन्छ । हिस्टेरिया ग्रीक शब्द ‘हिस्टरोन’बाट बनेको उनी बताउँछन् । हिस्टरोन पाठेघरसँग सम्बन्धित छ । दुई हजार वर्षअगाडि हिप्पोक्रेट्स भन्ने ग्रीक चिकित्सकले महिलाको प्रजनन् अङ्ग पाठेघरसँग सम्बन्धित रोग भनेर यसलाई ‘हिस्टेरिया’ नाम दिएका थिए । यद्यपि, अनुसन्धानहरूले हिस्टेरियाको सोझो सम्बन्ध यौनसँग नभएको देखाएको आचार्य बताउँछन् । अध्ययन अनुसन्धानहरूले ‘हिस्टेरिया’ तनावसँग सम्बन्धित भएको पुष्टि गरेका छन् ।

मास हिस्टेरिया भनेको के हो ?

सामुहिक रुपमा बेहोस हुने रोगलाई ‘मास हिस्टेरिया’ भनिन्छ । हिस्टेरियाले एक जनालाई आक्रमण गरेको खण्डमा ऊसँग निकट सम्बन्ध रहेका अन्यलाई पनि प्रभाव पार्ने भएकाले सामूहिक रुपमा धेरैजना बेहोस हुँदै ढल्छन् ।

आचार्यका अनुसार हिस्टेरिया हुनेमध्ये पहिलो व्यक्तिलाई कुनै कारणवस् तनाव, पीडा हुन्छ । त्यसपछि सँगै भएका अन्य व्यक्तिलाई त्यसले प्रभाव पार्दैजाने गरेपछि ‘मास हिस्टेरिया’ हुन्छ ।

हिस्टेरिया हुने पहिलो व्यक्तिसँग भावनात्मक सम्बन्ध गाँसिएका अन्य व्यक्ति डराउने वा त्रसित हुँदा समूहगतरूपमा किशोर किशोरीहरूलाई एकैपटक ‘मास हिस्टेरिया’ हुने मनोविश्लेषक आचार्य बताउँछन् ।

‘मास हिस्टेरिया’ पैदा हुने मुख्य कारण अत्यधिक डर हो । डरलाई नियन्त्रण गर्न नसकेपछि सामुहिक रुपमा प्रभावित हुन्छन् ।

‘मास हिस्टेरिया’ किन हुन्छ ?

हिस्टेरिया अवचेतन मनको खेलसमेत भएको मनोविश्लेषक आचार्यको भनाइ छ । कामनापूर्ति नहुँदा, इज्जत तथा प्रतिष्ठाको तनाव, यौनसम्बन्धी समस्याको तनाव, प्रतिस्पर्धाको तनाव, पढाई, घरायसी झमेला आदिले किशोरकिशोरी र वयस्कमा समेत हिस्टेरिया हुने उनको भनाइ छ ।

‘मास हिस्टेरिया’को उपचार

हिस्टेरिया अवचेतन मनको खेल भएकाले मनका कुरा व्यक्त गर्न नसकेर पीडित भइ प्रतिरक्षाका क्रममा बेहोस हुने गर्दछन् । त्यसैले उनीहरूको मनको भावना बुझेर नजिकैका आफन्तहरूको सहयोग अति आवश्यक हुने उनको भनाइ छ ।

मनका भावनाहरू सहज रुपमा व्यक्त गर्ने, रमाइलो गर्ने, सहजरुपमा अगाडि बढ्ने वातावरण भएमा हिस्टेरिया नहुने मनोविश्लेषक आचार्यको भनाइ छ । ‘पहिलापहिला मास हिस्टेरिया भएर हिमाल, पहाड र तराई क्षेत्रमा बेलाबेला धेरैजना बेहोस हुन्थे,’ उनले भने, ‘क्रमशः जनचेतना फैलिदैँ गएसँगै किशोरकिशोरीले मनमा कुन्ठित भावना बाँड्न थालेपछि मास हिस्टेरिया कम हुन थालेको छ ।’

जहाँजहाँ जनचेतनाको अभाव छ, त्यहाँत्यहाँ मास हिस्टेरिया धेरै देखिएको उनी बताउँछन् । किशोरकिशोरी तथा वयस्कहरूमा विभिन्न कारणले हुने तनावलाई व्यवस्थापन गर्न सकेको खण्डमा हिस्टेरिया हुँदैन । हिस्टेरिया रोगको अहिलेसम्म कुनै औषधि नबनेको उनले सुनाए ।

‘हिस्टेरिया निको पार्ने मुख्य आधार भनेकै तनाव व्यवस्थापन हो,’ उनले भने, ‘सकेसम्म सबै स्कुल तथा कलेजमा बेलाबेलामा साइकोथेरापी दिने व्यवस्था मिलाउनुपर्छ, यति सम्भव नभए हिस्टेरियाको समस्या देखिएका विद्यालय तथा कलेजमा मात्र भए पनि यस्तो व्यवस्था गर्नुपर्छ ।’

स्थानीय तहहरूले पनि ‘मास साइकोथेरापी’, शारीरिक अभ्यास, योग, ध्यान, प्राणायाम आदिलाई प्राथमिकता राखेर कार्यक्रम गर्नुपर्ने उनी सुनाउँछन् । ग्रामीण भेगमा अन्धविश्वासका कारण पनि मास हिस्टेरियाको कारण पत्ता लगाउन र उपचार गर्न ढिला हुने गरेको उनको भनाइ छ । हिस्टेरिया भएका व्यक्तिको तनाव व्यवस्थापन गर्नुको साटो धामीझाँक्री आदि गर्दा मानसिक रुपमा झन् अन्य समस्या बल्झन सक्ने उनले बताए ।

मास हिस्टेरिया हुँदा यसो गर्नुपर्छ

मास हिस्टेरिया भएर बेहोस भएर ढलेकाहरूलाई सिधा सुताइदिनु पर्छ । बेहोस भएर ढलेको ठाउँमा धेरै होहल्ला गर्न हुँदैन । यसरी बेहोस भएको व्यक्ति व्युँझिएपछि उसलाई सान्त्वना दिनुपर्छ ।

‘एक पटक सामुहिक रुपमा मास हिस्टेरिया भएपछि पुनः दोहोरिने सम्भावना कम हुन्छ,’ उनले भने, ‘तर हिस्टेरिया भएको मुख्य व्यक्तिलाई दोहोरिन सक्छ ।’

हिस्टेरियाको अन्य मानसिक रोगसँग सम्बन्ध हुने भएकाले समयमै उपचार भएन भने मानसिक रोगसमेत उत्पन्न हुन सक्ने उनले बताए । हिस्टेरिया भएपछि उचित परामर्श नहुँदा हीनताबोध हुने, डिप्रेसनमा जाने, आत्तिने आदि मानसिक रोग उत्पन्न हुन सक्ने उनको भनाइ छ ।

किशोरकिशोरीमा हिस्टेरिया के कारणले भएको हो भन्नेबारे मासहिस्टेरिया हुनुभन्दा अगाडिको तनाव पहिचान गरेर सहयोग गर्नुको विकल्प नभएको उनले बताए । हिस्टेरिया भएका बिरामीको सबैभन्दा ठूलो उपचार परिवारको साथ–सहयोग, उचित परामर्श भएको मनोविश्लेषक आचार्य बताउँछन् ।

छारे रोग र मास हिस्टेरिया एउटै होइन

मास हिस्टेरियाका कारण बेहोस भएर ढल्दा छारे रोग भनेर बेवास्ता गर्ने प्रचलन पनि देखिन्छ । मास हिस्टेरिया र छारे रोगको केहीकेही लक्षण एकै हुने भएकाले धेरैले यसलाई छारे रोगका रुपमा लिने गरेको आचार्य बताउँछन् ।

उनका अनुसार हिस्टेरियाका कारण मानिस हुलमुल भएको ठाउँमा बेहोस् भएर ढल्छ भने छारे रोग लागेको व्यक्ति जनसुकै ठाउँमा वा एक्लै हुँदा पनि बेहोस हुन सक्छ । हिस्टेरिया भएको मानिस सम्हालिएर ढल्छन् भने छारे रोग हुनेहरू एक्कासी ढल्छन् । यस्तै हिस्टेरिया भएकाले जिब्रो टोक्दैनन् भने छारे हुनेहरूले जिब्रो टोक्छन् । दुवैको रोगको आपसमा कुनै पनि सम्बन्ध नरहेको आचार्यले बताए । Source: ratopati.com

न्यू होराईजनको ‘अभाव’ नाटक गण्डकी प्रदेशमै तेस्रो (भिडियो )

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा न्यू होराइजन आवसीय माध्यामिक विद्यालय, पर्वतबेनीले तयार पारेको ‘अभाव’ नाटकले तेस्रो स्थान प्राप्त गरेको छ । पोखरा थिएटरले आयोजनामा विद्यालयमा रंगमञ्च अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा कुल ४० नाटकमध्ये होराईजनको उत्कृष्ट ३ भित्र परेको हो।

मनोहर पौडेलको लेखन र मीना रेग्मीको निर्देशनमा तयार गरिएको थियो । करिब १५ मिनेटको नाटकमा एक गरिवी र निमुखा परिवारले जीवन ब्यथित गरिरहेको, विपन्नताका कारण झेल्नु परेको अभावै अभाव, गरिबको कोखमा जन्म लिएपछि बालबालिकाले भोग्नुपरेको समस्या सहित गरिबको प्राथमिकतालाई नाटकमा प्रस्तुत गरिएको छ।

करिब ९ महिना कोखमा राखेर जन्म दिएकी आमाले छोराछोरीको स्वास्थ्य समस्यालाई भन्दा पनि घरको साम्रागीहरूलाई प्राथमिकता दिनुपर्ने अवस्थाले नै गरिब परिवारको बास्तविकतालाई झल्काउने प्रयास गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले बताए । ‘गरिबी अभावको अवस्था हो,गरिबको त भगवान पनि हुँदो रहेनछ भन्ने सन्देश प्रवाह गरेको छ’ प्रअ पौडेलले भने।

नाटकका रचनाकार मनोहर पौडेलले जीवन निर्वाहका लागि आधारभूत आवश्यकता प्राप्त गर्नबाट वञ्चितिमा रहनु नै गरिबी भएकाले गरिबले स्तरीय शिक्षा लिनबाट बन्चित हुनुपर्ने अवस्थामा उचित शिक्षाको अभावका कारण कमजोर चेतनाले क्षमतका कारण पुस्तौसम्म आवश्यकता नै साँघुरिने अवस्थालाई प्रस्तुत गर्ने प्रयास गरिएको बताए ।

नाटकमा मुख्य भूकिा कक्षा ९ मा अध्ययनरत सञ्जिविनी शाहीको रहेको छ भने कक्षा ९ मा अध्ययरत दिपेश रोका, कक्षा ५ की सोफिया गर्बुजा,रुपेश अधिकारी, कक्षा ४ की आरोही मल्ल, बिबेचना गुरुङ र कक्षा १० की शुष्मा आर्चायले अभिनय गरेकी थिईन् । प्रतियोगितामा भानुभक्त आवसीय माध्यामिक विद्यालय, कास्कीको प्रथम र जनप्रिय माध्यामिक विद्यालय, कास्कीले तयार पारेको ‘लगानी’ नाटक द्वितीय भएको थियो ।

प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने ५ वटै नाटकलाई आगामी चैत्र १४ गते विश्व रंगमञ्च दिवसको अवसरमा गन्धर्व नाटकघरमा प्रत्यक्ष मञ्चनसँगै पुरस्कार वितरण गरिने आयोजक पोखरा थिएटरले जनाएको छ । प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवका लागि गण्डकी प्रदेशका म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, गोरखा, तनहुँ, स्याङजा, नवलपुर, लमजुङ गरी १० जिल्लाको सहभागिता रहेको थियो ।

८२ बर्षीय कार्लोसको धौलागिरी आरोहण गर्ने सपना

स्पेनका पर्वतारोही कार्लोस सोरिया अहिले ८२ बर्षका भए । म्याड्रिड नजिकै पेनेलारामा उनी हिजोआज पनि हिमाल आरोहणका लागि अभ्यास गरिरहेका हुन्छन् । उनी आफ्नो बाल्यकाल सम्झिँदै भन्छन्, ‘जिन्दगीका हरेक कुराहरु मैले कठिनताका साथ पाएँ । एकदमै चकचके बच्चा थिएँ । जे चाहना राख्थेँ त्यही पाउन खोज्थेँ ।

मैले चाहेको कुरा पर्वत नै थियो सायद, त्यही प्राप्त गरेँ । त्यसैले विश्वका उच्च शिखरहरु चढ्न सफल भएँ’ उनले भने । गरिव परिवारमा जन्मिएका उनले १४ बर्षको उमेरमा नै पर्वतलाई चिने । अहिले पनि कार्लोसको जोश, आँट र अठोट भने उस्तै छ । हिमालयमा टेकेपछि उनलाई आफू कहिल्यै बूढो जस्तो लाग्दैन । उनी अनुभवी आरोही हुन् जो अझै सक्रिय छन् ।

त्यसैले अहिलेसम्म पनि हिमाललाई चिन्न छोडेका छैनन् । उनले आउँदो अप्रिल ५ मा नेपालको धौलागिरी हिमाल आरोहण गर्ने अठोट लिएका छन् । गत वर्षनै धौलागिरी पुग्ने उनको योजनामा कोरोना भाइरस महामारी बाधक बन्यो ।

सबैभन्दा बढी उमेरमा विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखर आरोहण गरेर कीर्तिमान राख्ने कार्लोसको सपना छ । उक्त कीर्तिमान राख्न अब उनले धौलागिरी र तिब्बतको सीसापाङ्माको चुचुरो चुम्न मात्र बाँकी छ ।

त्यसो त उनलाई धौलागिरी हिमाल नौलो होइन । सन् १९९८ मा उनको पहिलो प्रयास थियो । दुई दशकयता १० औं पटक आरोहण गर्दा पनि कार्लोस् धौलागिरीको शिखरमा पुग्न सकेका छैनन् । उनी ८ हजार ५० मिटर उचाइसम्म पुगे तर ११७ मिटर माथि पुग्न नसक्दा चुचुरो टेक्ने सपना अधुरै छ । यसपटक भने सफल हुनेमा उनी विश्वस्त छन् ।

उनले ७५ वर्षको उमेरमा कंचनजंघा र ७७ वर्षको उमेरमा अन्नपूर्ण हिमालको आरोहण गरेका थिए । ६२ वर्षको उमेरमा सगरमाथा शिखरमा पाइला टेके । विश्वको सर्वोच्च शिखरमा पुग्ने सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड केही समय उनको नाममा पनि रह्यो र पछि तोडियो ।

दुई वर्षअघि उनको घुँडाको शल्यक्रिया भयो । तर त्यसपछि पनि उनी हिमाल चढ्न छाडेनन् । शारीरिक र मानसिक रुपमा आफू हिमाल चढ्न सक्षम रहेको कार्लोस बताउँछन् । ‘मलाई अहिलेसम्म उद्धार गर्नुपरेको छैन । आफ्नै भरमा उचाइमा पुगेँ र आफैं फर्किएँ । दुनियाँको सबै बल प्रयोग गरेर फेरि एकपटक प्रयास गर्न चाहन्छु’ उनी भन्छन् ।

युरोप नेपाल चेम्बर्स अफ कमर्स फर टुरिजमले ( ईएनसीसीटी) आयोजनामा शनिबार कार्लोससँग भर्चुअल संवाद आयोजना गरेको थियो । ‘म अहिले ८२ बर्षको भएँ ।

कोभिड महामारीमा यो जोखिमपूर्ण उमेर समूह हो । महामारीमा यो उमेर समूहका धेरैले ज्यान गुमाए । बाँकी दुई शिखरमा पुग्दा महामारीबाट मृत्यु भएका संसारभरका मानिसहरूलाई सम्मान प्रकट गर्न चाहन्छु’ कार्यक्रममा कार्लोसले भने ।

महामारीको यो बेलामा वृद्ध उमेरका मानिसलाई खतरा हुने भन्दै कतिपयले उनलाई कार्यक्रम स्थगित गर्न सुझाव दिएका छन् । तर ६८ बर्ष आरोहणमा नै बिताएकोले आफू नरोकिने उनी बताउँछन् । ‘दुनियाँले थाहा पाओस् कि यो उमेर समूहमा पनि धेरै साहसी काम गर्न सकिन्छ । जोश, आँट र अठोट भएमा सपना पूरा गर्न सकिन्छ’ उनले भने ।

हिमाल चढ्नजस्तै उनलाई खर्च जुटाउन पनि उत्तिकै चुनौती छ । अहिले उनि प्रायोजकलाई सहयोगको अपिल गरिरहेका छन् । तर कार्लोस भन्छन्, ‘प्रायोजक मिलोस् वा नमिलोस् तर धौलागिरी हिमाल चढ्नेछु । प्रायोजक बिना जानु पर्‍यो भने मैले दुख पाउनेछु । तर पनि ती मानिसहरुका लागि सम्मान प्रकट गरेर नै छाड्ने छु । अप्रिल ५ मा म एक्लै जान चाहन्न । मेरा दुई साथीहरु सितो र लुईससँगै जान चाहन्छु । आशा गर्छु कि हामी तिनैजना जान पाउनेछौं ।’

धौलागिरीको आहारोणपछि तिब्बतको सीसापाङ्मा हिमाल चढ्ने उनको योजनामा रहेको छ । यी दुवै हिमाल आरोहण गरेमा उनको सपना पूरा हुनेछ । उनी विश्वमा ८,००० मिटरभन्दा अग्ला सबै १४ शिखरमा पुग्ने उनी सबैभन्दा बढी उमेरका व्यक्ति बन्नेछन्।

नेपाल मेरो दोस्रो घर

नेपाल आफ्नो दोस्रो घर भएको उनले बताए । ‘नेपाल स्वर्गको टुक्रा नै हो । काठमाडौं मात्र पुगेर हुँदैन । त्यो भन्दा बाहिर पनि पुगियो भनेमात्र नेपाल चिन्न सकिन्छ’ उनले भने । हिमाल आरोहणको आफ्नो अनुभव सुनाउँदै कार्लोसले हिमाल सफा राख्न नेपाल सरकारलाई सुझाव समेत दिए ।

उनले नेपाल र नेपालीहरुको सहयोगी भावनाको खुलेर प्रंशसा समेत गरे । नेपालमा हिमाल चढ्नका लागि अहिले सजिलो हुँदै गएको पनि कार्लोसले सुनाए । ‘शेर्पाहरु धेरै अनुभवी र सहयोगी छन् । हिउँद याममा केटुजस्तो कठिन पर्वतारोहण सम्पन्न गर्ने नेपाली शेर्पाको साहस र बहादुरीको म प्रशंसा गर्छु । नेपाली आरोही टिमलाई बधाइ दिन चाहान्छु´ उनले भने । Source:onlinekhbar.com