Saturday, June 28, 2025
22.2 C
Beni
22.2 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 1147

बेरोजगार भएर घरमै बस्नुभएको छ ? म्याग्दीमा १ सय ८२ गणक र ४२ सुपरीवेक्षक पदमा जागिर खुल्यो

बेरोजगार भएर घरमै बस्नुभएको छ ? ढुक्क हुनुहोस् अव तपाईले आफ्नो गाउँघरमा काम गर्ने गरी निश्चित समयका लागि सरकारले रोजगारी दिने भएको छ। राष्ट्रिय जनगणनाका लागि म्याग्दी जिल्लामा गणक तथा सुपरीपेक्षक पदमा दरखास्त आव्हान भएको छ ।

म्याग्दीका ६ वटै स्थानीय तहको ४५ वडामा करारमा गणक तथा सुपरीवेक्षक भर्ना आवेदन आव्हान गरिएको कार्यालय प्रमुख घनश्याम सापकोटाले बताए ।‘आफ्नै गाउँमा बसेर काम गर्ने अवसर छ,‘योग्यता पुगेकाले अवसरको सदुपयोग गर्नुहोला’ प्रमुख सापकोटाले भने ।

उनका अनुसार जिल्ला भित्रका सबै वडाको घरदैलोमै पुगेर तथ्याङ्क संकलन सहितका विवरण लिन गणक १ सय ८२ र सुपरीपेक्षक ४२ जनाका लागि अनलाइनमार्फत् दरखास्त आह्वान गरिएको बताए । गणकले १२ कक्षा र सुपरीपेक्षकले स्नातक तह उत्र्तिणा गरेको हुनुपर्ने कार्यालय प्रमुख सापकोटाको भनाई छ ।

गणकले १५ दिन सेवा गरेबापत २६ हजार २ सय र सुपरीपेक्षले २० दिनको ५६ हजार ४ सय सुविधा पाउने जनाइएको छ । सुपरीपेक्षले २० दिन घरपरिवार सूचिकरण र गणकहरु गरणा गरिरहदाँ साथै रहनुपर्ने छ । दरखास्तका लागि केन्दीय तथ्यांक विभागको वेवसाइट तथा केन्द्रीय तथ्याङ्क विभागको वेवसाइटमा गएर भर्न सकिनेछ ।

गणक र सुपरीवेक्षक स्थानीयलाई प्राथमिकता दिइएकाले स्थानीय तहमा समेत सुचना गरिएको छ । तथ्याङ्क संकलनका लागि गणक एकपटक हरेक घरधुरीमा पुग्नुपर्ने छ भने सुपरीवेक्षक दुईपटक प्रत्येक घरमा पुग्नुपर्ने भएकाले पनि सेवासुविधा धेरै भएको राष्ट्रिय जनगणनाका लागि म्याग्दीले जनाएको छ ।

यसपटक मानिसको जनगणनाको अलावा व्यवसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत गणना गरिनेछ । अघिल्लो जनगणनामा भन्दा यसपटक थप प्रश्नहरु राखिएकाले गणकलाई आवश्यक तालिममै प्रष्ट सहित विवरण ल्याउन सक्ने बनाउने कार्यालयले जनाएको छ। वडा कार्यालयमा गएर सामुदायिक प्रश्नावली भर्नेछन् । सामुदायिक प्रश्नावलीले नागरिकको सरकारी सेवा सम्बन्धि पहुँच र विपत्त सम्बन्धि जानकारी प्राप्त हुन्छ ।

करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने भएकाले सकेसम्म क्याम्पस तहमा अध्ययनरत विद्यार्थीलाई अवसरको सदुपयोग गर्न अनुरोध सहित म्याग्दी बहुमुखी क्याम्पसमा समेत पुगेर अभियानका बारेमा जानकारी गराइएको छ।गणनामा तथ्यगत, विश्वसनीय र भरपर्दो तथ्यांक संकलनका लागि जिल्लादेखि वडासम्म चार तहको समिति समेत बनाइएको छ ।

यो लिंकमा गएर आवश्यक कागजात अपलोड गर्नुहोस्: राष्ट्रिय जनगणना,  २०७८ का लागि गणक तथा सुपरीपेक्षक पदमा दरखास्त 

थप जानकारीका लागि: टोल फ्रि नं ११७८

म्याग्दीमा ६५ वर्षमाथिका ७ हजारभन्दा बढीले लगाए कोरोना खोप

कोभिड १९ विरुद्धको खोप अभियानको दोस्रो चरणमा म्याग्दी जिल्ला भित्र ६५ वर्षमाथिका ७ हजारभन्दा बढीले खोप प्राप्त गरेका छन् । जिल्लाको ६ वटै स्थानीय तहमा रहेका चौकीबाट ज्येष्ठ ७ हजार ४० जनालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

पहिलो चरणको खोप अभियानको तुलनामा दोस्रो चरणमा उत्साहजनक सहभागिता देखिएको थियो । गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको खोपलाई जिल्लाका सबै स्थानीय तहका वडास्तरमै स्वास्थ्यकर्मीको उपस्थितीमा लगाइएको स्वास्थ्य कार्यालय म्याग्दीमा निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

‘अपुग भएका ठाउँमा पठाइएको छ,‘ज्येष्ठ नागरिकको उपस्थितीले निकै उत्साहित छौ,‘खोप प्राप्त गरेको केही व्यक्तिहरुमासामान्य असरहरु देखिएपनि कसैलाई पनि जटिल स्वास्थ्य समस्या देखिएन’ प्रमुख लम्सालले भने । अन्नपूर्ण गाउँपालिका-८, राम्चे र मालिका–६ दरबाङमा थप खोप पठाइएको छ भने खोप नपुगेर छुटेकालाई खवर गर्न समेत अनुरोध गरिएको छ ।

दोस्रो चरणमा मालिका गाउँपालिका-६, दिच्यामका १०७ बर्षिया ओमलाल निउरे, मंगला गाउँपालिका–३, सातबिसेकी १०५ बर्षिया आसिमा रोका लगायत सतक नाघेका ३ जना र लक्षित उमेर समुहकाले खोप लगाएका छन् । खोप लगाउन आउनेलाई स्थानीय तहले निशुल्क सुविधा उपलब्ध गराएको थियो । यसअगाडी पहिलो चरणमा स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, स्वयंसेविका, एम्बुलेन्स चालक र सरसफाइकर्मी, दोस्रो चरणमा कर्मचारी, पत्रकार र जनप्रतिनिधिलाई खोप लगाइएको हो ।

करोडौं खर्च गर्दापनि बेनी-बागलुङ कुश्मा सडक साँघुरै

dWokxf8L nf]sdfu{ cGt{ut kf]v/f afun'ª v08df kvf{n lgdf{0f ul/+b} . oxf“ ;8s km/flsnf] agfpg] eg]klg k'/fg} hudf gfnL agfpg] sfd e}/x]sf] 5 . sltko :yfgdf dfkb08 ldr]/ 3/ agfpg] sfd e}/x]klg cfof]hgfn] /f]s]sf] 5}g . tl:a/ M k|sfz a/fn÷sflGtk'/

चार वर्षदेखि निर्माणाधिन पोखरा बागलुङ राजमार्गको कुश्मा बागलुङ खण्ड अझै निर्माण सकिएको छैन । मध्यपहाडी लोकमार्गमा पनि यो सडक खण्ड सूचिकृत छ । करोडौं खर्चेर पनि यो सडक फराकिलो भएन । चौडा पार्ने भनेपनि सडक पुरानै मापदण्डमा कालोपत्रे तयारी गरिएको छ । कालोपत्रे पनि सामान्य प्रकारको छ ।

चारवर्ष लगाएर बनाएको सडक पनि उत्तिकै कमजोर र साँघुरो भएको स्थानीयले टिप्पणी गरे । ‘राज्यको करोडौं रकम निकै खर्च गरियो, अहिले पनि बाटोको अवस्था उस्तै छ’ बागलुङ नगरपालिका वडा नं. ८ का अध्यक्ष गणेशबहादुर थापाले भने, ‘काम गर्दा गर्दै भत्कने गरी कालोपत्रे गर्ने र चौडाको नाउँमा साँघुरै बनाएर के गर्न खोजिएको हो ?’ राजमार्ग भएकोले सडकको मध्यभागबाट २५ मीटर दायाँबायाँ छाड्नुपर्ने प्रावधान छ ।

स्थानीय नगरपालिकाहरुले पनि उक्त मापदण्डभित्र घरटहरा बनाउन दिएका छैनन् । तर सडक भने साँघुरै भएको हो ।पर्वतको कुश्मा बजारमा मात्रै डेढ किमी सडक चार लेनको बनाउने तयारी छ । अन्यत्र भने दुई लेनको सडक बनाउने योजना रहेको लोकमार्ग आयोजना कार्यालय पर्वतका इन्जिनियर उज्वल शर्माले बताए ।

पोखरादेखि बागलुङको निसीसम्मको झण्डै २ सय किमी सडक चक्लाउने, कालोपत्रे गर्ने र मर्मतको काम पर्वतको आयोजना कार्यालयले गरिरहेको छ । ‘तत्कालका लागि पुरानो ७ मीटरको बाटोलाई १० मीटर चौडा बनाएर कालोपत्रे गर्ने गरी काम भएको हो’ शर्माले भने, ‘कालोपत्रे भने ८ मीटरको मात्रै हुन्छ ।’

आयोजनाले गरेको डिजाईनकै आधारमा काम भएकोले मापदण्ड घटाउने काम भएको छैन । भीर परेको स्थानमा भने दायाँबायाँ चक्ल्याउन नमिलेको उनले बताए । चालु वर्षभित्रै कुश्मा बागलुङ खण्ड कालोपत्रे भैसक्ने उनले बताए । बागलुङ बजारदेखि घोडाबाँधे तर्फको २५ किमी सडक भने चालु वर्ष सकिने भनेपनि संभावना कम देखिन थालेको सरोकारवालाले बताए ।

‘काम गरेको त देखिन्छ, तर पुरा गर्ने उद्देश्य राखेजस्तो देखिएन’ काठेखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष युक्तप्रसाद कंडेलले भने, ‘अझै सामुहिक दबाव आवस्यक छ ।’ यसअघिका प्रजिअ सुरेश न्यौपानेले उक्त खण्डका ठेकेदार बोलाएर जेठ मसान्तभित्र काम सक्न निर्देशन दिएका थिए । ठेकेदारले पनि काम सक्ने आश्वासन दिएपनि चुस्त नगरेको भेटिएको हो ।

पर्वततर्फ घुम्ती, अर्मादी, नयाँपुल र सहश्रधारामा पुरानै नालीको जगमा निर्माण गरिएकोले सडक साँघुरो भएको टिप्पणी भएको हो । ‘पश्चिमतर्फ सडक खुलेकोले अहिलेको तुलनामा चाप अझै बढ्छ, तर सडक उस्तै भयो’ कुश्मा नगरपालिका–२ का शिवप्रसाद सुवेदीले भने, ‘काम गरेपनि अपुरो गरेको देखियो ।’ साँघुरो सडक भएकोले निर्माण सम्पन्न नहुँदै दैनिक घण्टौ सवारी जाम हुने गरेको उनले बताए ।

मध्यपहाडी लोकमार्गको अधिकांस ट्रयाक खुलेकोले सुर्खेतदेखि पोखरासम्मका सवारीले यो बाटो प्रयोग गर्दा सडक झन अस्तव्यस्त हुने यातायात व्यवसायीले पनि बताए । ‘विकल्प नदिई काम भएकोले जाममा परिरहेका छौं’ व्यवसायी खेमबहादुर जिसीले भने, ‘सोचेजस्तो सहज सडक बनेन् ।’

राजमार्गकै छेउमा निर्माणाधिन घरटहरा भने नीतिगत अस्पष्टताले बनाउन रोकिएका छैनन् । ‘राजमार्गको मापदण्ड २५ मीटर भन्ने त छ, तर नयाँ घोषित राजमार्गको लागि कानून बनेको छैन’ एक इन्जिनियरले भने, ‘स्थानीय तहले समन्वय गरेर नजिकमा संरचना बनाउन नदिंदा राम्रो हुन्थ्यो ।’ यसरी निर्माण भएका घरटहराले नक्सापास भने गरेका छैनन् । कतिपय घरको नक्सा पास नभएपछि मापदण्ड मिचेर बनेको टिप्पणी शुरु भएको छ । Source: dhorpatannews.com

नरिवल पानी : उच्च रक्तचापदेखि छालाको रोग हटाउनसम्म सहयाेगी

नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ  स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ । आयुर्वेदले नरिवललाई शरीर र बलबर्द्धक, पित्तनाशक बताएको छ। नरिवलको पानीको गुणको बेग्लै बखान छ ।

सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त पाइने भएकाले काँचो नरिवलको पानीलाई ‘मिनरल वाटर’ पनि भन्ने गरिन्छ । तरल पदार्थको कुरा गर्दा नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ । गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । यहाँ हामी नरिवल पानी पिउँदा हुने फाइदाका बारेमा चर्चा गर्दैछौं ।

उच्च रक्तचाप – गर्मीमा धेरै मानिसमा उच्च रक्तचापको समस्या हुन्छ । त्यस्तो समस्या नरिवल पानी पिउदा ठीक हुन्छ । त्यसमा भिटामिन सी, पोटेसियम र म्याग्नेसियम हुन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ ।

टाउको दुखेमा – गर्मीमा शरीरबाट ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । यस्तो स्थितिमा नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ ।

तौल घटाउन – माेटाेपन भएका मानिसहरूका लागि पनि नरिवल पानी लाभदायक हुन्छ । यसमा लो फ्याट हुन्छ जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्त्व दिन्छ ।

पानीको कमी – गर्मीमा शरीरबाट पानी कम हुन्छ । तर नरिवल पानी पिउँदा शरीरले प्राकृतिक रूपमा पानी प्राप्त गर्छ ।

स्टामिना – गर्मीमा प्रायः दिमागले काम गर्न सक्दैन र सहनशक्ति घट्छ । दिनदिनै नरिवल पानी पिउनुभयो भने स्टामिना बढ्छ ।

छालाको समस्या – गर्मीमा छालासम्बन्धी समस्या हुन्छ जसलाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ । यो पिउँदा शरीरमा भएका विषाक्त तत्त्वहरू हट्छन् अनि छालासम्बन्धी समस्या समाधान हुन्छन् ।

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ।

जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मङ्गलबारको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई रु २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताउनुभयो ।

पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत २०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्दा दर्ता गरेको थियो ।

सुनौलो हजार दिने आमालाई ‘कोसेली’

म्याग्दीको मंगला गाउँपालिकामा सुनौलो हजार दिनका आमाले पोषण पाएका छन् । सुनौलो हजार दिनको अवस्थामा पोषणको अतिआवश्यक पर्ने पोषण, लत्ताकपडाको अभावमा आमा र बच्चाको स्वास्थ्यमा आउन सक्ने समस्यालाई मध्यनजर गरी सञ्चालन गरिएको ‘उपाध्यक्षसँग हजार दिनका सुत्केरी आमा’ अभियानमार्फत वितरण गरिएको हो ।

बुधबार गाउँपालिकाको वडा नं ३ मा गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले हजार दिनका आमा र बच्चालाई विशेष ख्याल गर्ने गरी अभियान सञ्चालन भइरहेको बताईन् । ‘पोषणयुक्त खानासँगै सचेतनामुलक कार्यक्रमलाई समेत अगाडी बढाएका छौ,‘आमा र बच्चाको सुरक्षामा आवश्यक पर्ने सहयोगका लागि प्रतिबद्धत छौ’ उपाध्यक्ष केसीले भनिन् ।

हजार दिनको अवधिमा बच्चाको बृद्धिविकास धेरै हुने भएकाले स्याहारसुहार, सरसफाई, खानामा ध्यान दिन अनुरोध समेत गरिएको उपाध्यक्ष केसीको भनाई छ । सोही अवसरमा वडा अध्यक्ष कविन्द्र रोकाले पोषण सुधारका लागि उत्प्रेरणा जगाई पोषिलो खानेकुराको उपभोगमा वृद्धि ल्याउने बताए ।

यता ‘उपाध्यक्षसँग हजार दिनका सुत्केरी आमा’ कार्यक्रमले महिलालाई जनप्रतिनिधिसँग जोड्न सजिलो भएकाले यसलाई सबै वडामा नियमित तथा उक्त अभियानमा महिलाको गुनासो र आवश्यकतालाई समेत समेटेर आगामी बर्ष थप योजना सहित अगाडी बढ्ने गाउँपालिकाले जनाएको छ । महिलालाई आजआर्जनसँग जोड्ने गरी स्वास्थ्य र पोषण अवस्था सुधारका लागि गुरुयोजना निर्माण गरिने छ । पा

सडक आयोजना र विद्यालय भवनको अनुगमन

छिमेकी मुलुक उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक र निर्माणाधीन विद्यालय भवनको अनुगमन भएको छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीको नेतृत्वमा बुधबार सडक आयोजनासहित विद्यालय भवनको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो ।

समन्वय प्रमुख केसी नेतृत्वको उक्त टोलीले हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडकखण्डको म्याग्दी खण्डमा अनुगमन गरेको जनाएको छ । टोलीबाट म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरदेखि रघुगंगाको चमेरे, तिप्ल्याङ, अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै भूरुङ–तातोपानी र दाना भएर काभ्रेभीर क्षेत्रमा अनुगमन गरिएको थियो ।

उक्त खण्डमा निर्माणाधीन कालीगण्डकी करिडोर सडक, कालीगण्डकी नदीमा तटबन्ध निर्माण, रघुगंगा–१, बेखखोलास्थित तिप्ल्याङको कालीगण्डकी नदी र अन्नपूर्ण–२ भूरुङ–तातोपानी जोड्ने पक्की मोटरेबल पुलको समेत अनुगमन भएको छ ।

भूरुङ–तातोपानी क्षेत्रमा कालीगण्डकी नदी किनारमा निर्माणाधीन नदी तटबन्धको काममा न्युन सङ्ख्यामा मजदुरको परिचालन र ढिलाई भैरहेको देखिएको हुँदा सम्बन्धित निर्माण व्यवसायी र आयोजनाको ध्यानाकर्षण गराइने जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसीले बताए ।

यसैगरी कालीगण्डकी करिडोरअन्तर्गत सडकको स्तरोन्नतिको काम सन्तोषजनक देखिएको बताउँदै प्रमुख केसीले यसलाई समयमै निर्माणसम्पन्न गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले विकास निर्माणका काममा सबै क्षेत्रबाट रचनात्मक सहयोगसहित स्थानीयको तर्फदेखि खबरदारी गर्न आवश्यक रहेको भन्दै वर्षात्को समय अगावै निर्माणको काम सक्नका लागि आयोजना र ठेकेदारले कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।

त्यस्तै दानाको ज्ञानप्रकाश र नारच्याङको प्रभा माविमा निर्माणाधीन चारकोठे विद्यालय भवनको कामले गति लिएको प्रमुख केसीले बताए । जिल्लामा भैरहेका विकास निर्माणका योजनासहितका कामलाई गति दिनका लागि निरन्तर अनुगमन गरिने जनाइएको छ ।

बहुआयामिक व्यक्तित्व स्वर्गीय भूपेन्द्रबहादुर खड्का (जीवनी)

* जन्म/जन्मस्थान/ पिता-माता : भूपेन्द्रबहादुर खड्काको जन्म वि.सं.१९९८ साउन २० गते भएको हो। खड्का साविक कालिका गाउँ विकास समिति, वडा नं.७, बागलुङ (हालको बागलुङ नगरपालिका, वडा नं. ४) निवासी हिराबहादुर र डम्बरकुमारी खड्काका छोरा थिए। * बाल्यकाल/ शिक्षार्जन: खड्काको बाल्यकाल जन्मथलो बागलुङमै बितेको हो। आर्थिक रुपमा सबल र सक्षम परिवारमा जन्मेका उनको पालनपोषण र शिक्षादीक्षामा कुनै पनि कुराको अभाव हुन पाएन। प्रारम्भिक अध्ययन बागलुङको विद्यामन्दिर हाइ स्कुलमा भएको उनले कलकत्ता विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए। उनले डिएमएस, बि ए, बिएल उत्तीर्ण गरेका थिए।
* विवाह/सन्तान : खड्काको विवाह साविक माझफाँट गाविस वडा नं ३, मल्लाज (हाल जलजला गाउँपालिका, वडा नं.३) मलाज,पर्वत निवासी स्व. बौद्धबहादुर र स्व. टीकाकुमारी मल्लका छोरी मनोरमा मल्ल खड्का (जन्म वि.सं.२००२ असोज २२) सँग २०२२ माघ २६ गते भएको थियो। उनका सन्तानहरू एक छोरा र एक छोरी क्रमशः हिमांशु (२०२३ असोज २२) र चित्रा (२०२५ साउन २९) जन्मिए।
* पारिवारिक विवरण/ सन्तति: खड्काका बुबा- मुमा स्व. हिराबहादुर – स्व.डम्बरकुमारी खड्का हुन्। उनका सासु-ससुरा स्व.बौद्धबहादुर – स्व. टिकाकुमारी मल्ल हुन्। उनका पत्नी स्व.मनोरमा खड्का (स्वर्गारोहण:२०६१ जेठ ३२) हाल यी सबै दिवंगत भैसकेका छन्। उनका छोरा – बुहारी हिमांशु – लक्ष्मी खड्का (ललितपुर महानगरपालिका-१४, मिलनचोक, ललितपुर) र छोरी-ज्वाइँ चित्रा – क्या. अरुण मल्ल (पुल्चोक, ललितपुर, हाल: बुढानिलकण्ठ, काठमाडौं) रहेका छन्।
उनका छोरा हिमांशु खड्का नेपाली सेनाको सहायक रथी (जर्नेल) पदमा कार्यरत छन्। उनका ज्वाइँ अरुण मल्ल डाइनाष्टी एअरका मुख्य पाइलट छन्। खड्काका नाति – नातिनीतर्फ नातिनी चार मध्ये छोरा हिमांशुतर्फका दुई छोरी तरुलता र तेजस्वी खड्का रहेका छन्। यसैगरी छोरी चित्रातर्फका दुई छोरी अंगाना र आँचल मल्ल रहेका छन्। उनका नातनी- ज्वाँइतर्फ एकमात्र कृशान्तजङ्ग राणा, पुल्चोक – ललितपुर (अाँचल) रहेका छन्।
* बेनीबजारमा बसाइसराइ : खड्का २०२२सालमा पुर्ख्यौली घर, बागलुङबाट बसाइसराइ गरी बेनीबजार बसोबास गरेका थिए। वैवाहिक जीवनमा प्रवेश गरे लगत्तै शुरुका केही दिन मंगलाघाट क्षेत्रबहादुर श्रेष्ठका छोरा रुद्रप्रसाद श्रेष्ठका घरमा बसेका उनी त्यसपछि शान्ति टोलस्थित टंकराज श्रेष्ठका घरमा सरेका थिए।
उनले वि.सं. २०२५ मा संगम चोकमा आफ्नै घर बनाएर सोही घरमा बसोबास गर्दै आए। आरम्भिक व्यवशायका रूपमा खड्काले मेडिकल सञ्चालन गरेका थिए। उक्त व्यवशायका साथै कानुनी व्यवशाय समेतलाई निरन्तरता दिदै उनले आजीवन बेनीबजारलाई नै कर्मक्षेत्र बनाए।
अजयमिलन श्रेष्ठ
* ‘डाक्टर साहेब’का रुपमा परिचित : खड्काको औषधोपचारको सेवाको सकारात्मक प्रभाव उनको जीवनको उपलब्धि मध्येको एउटा उल्लेखनीय पाटो बनेको छ। स्वास्थ्य सेवाको सुविधा सहज नरहेको तत्कालिन परिस्थितिमा उनको सेवामुखी कार्य बिरामी र बिरामीका आफन्तलाई सदैव स्मरणीय र गुणग्राही बन्यो।
यही गुणको खातिर उनलाई सबैले ‘डाक्टर साहेब’ का रूपमा सम्बोधन गर्थे। उनलाई आदर भावले बोलाउने गरिएको यही “डाक्टर साहेब” को उपाधि नै उनीप्रति हार्दिकतापूर्वक दर्शाइएको उच्च सम्मान थियो र उनको जीवनमा आर्जित मुख्य निधि पनि। यसरी जनमानसमा ‘डाक्टर साहेब’को पहिचान बनाएका उनको नाम डा. भूपेन्द्रबहादुर खड्काकै रुपमा प्रचलित र प्रख्यात रह्यो।
* साहित्यप्रेमी व्यक्तित्व : खड्का साहित्यप्रेमी पनि थिए। बेनीबजारस्थित हालको प्रकाश माध्यमिक विद्यालय, प्रकाश मिडिल स्कूल प्रकाशक रहेको धवलागिरि अञ्चलकै पहिलो साहित्यिक पत्रिका “नवप्रकाश” बर्ष १ अङ्क १ वि.सं.२०२० मा प्रकाशित भयो।
उक्त पत्रिकाको दोस्रो अङ्क २०२५ मा उनकै सम्पादकत्वमा प्रकाशित भएको थियो, त्यस अङ्कमा उनको ‘एक चिहान: तीन लाश’ शीर्षकको कथा प्रकाशित भएको थियो। यसैगरी २०३०मा प्रकाशित सोही पत्रिकाको तेस्रो अङ्कमा उनको “नमस्ते” शीर्षकको कथा प्रकाशित भएको थियो। तत्पश्चात पनि उनले साहित्यिक क्षेत्रमा निरन्तर कलम चलाएका थिए।
उनलाई पत्रिकाको प्रकाशन गर्ने ठूलो रहर थियो। उनको प्रधान सम्पादकत्वमा प्रकाशित “हालचाल” र “समर्पण” यी दुवै साप्ताहिकले निरन्तरता पाउन भने सकेनन् , तथापि उनले यी र अन्य पत्रिकामा पनि निरन्तर लेख रचना प्रकाशित गरिरहन्थे। खड्का प्रकाश पुस्तकालय ( हालको म्याग्दी सामुदायिक पुस्तकालय)को संस्थापक सदस्य समेत हुन् । उनी उक्त पुस्तकालयको अध्यक्ष समेत बनेका थिए।

* जनप्रतिनिधिको भूमिका : म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारलाई कर्मक्षेत्र बनाएका डा.खड्का सदरमुकाम स्थित अर्थुङ्गे गाउँ पञ्चायतको प्रधानपञ्च पदमा विजयी भएका थिए। उनी दुई कार्यकाल प्रधानपञ्च रहेर जनप्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्दै जनसेवामा लागिपरेका थिए। तत्पश्चात् पञ्चायतको चरमोत्कर्ष कालमा उनी र उनले समर्थन गरेका उम्मेदवारहरूले चुनावी सफलता हासिल गर्न सकेनन्। तत्कालिन जिल्ला पञ्चायत सदस्यमा समेत बनेका उनी २०४३को राष्ट्रिय पञ्चायत सदस्यमा प्रत्यासी बने, त्यतिबेला ४,३६७ मतका साथ तेस्रो स्थानमा रहे।

बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना पश्चात् २०४८ मा भएको प्रतिनिधि सभा सदस्यमा कांग्रेसको तर्फबाट तत्कालिन म्याग्दी क्षेत्र नं १ बाट प्रत्यासी बनेका उनले ७,१९० मत हासिल गरेर निकटतम प्रतिद्वन्द्वी बनेका थिए। यद्यपि चुनावी प्रतिस्पर्धामा असफल भएतापनि उनी जिल्लाको राजनैतिक क्षेत्रको केन्द्रविन्दुमा रहिरहे। * ०३६ सालको जनमत
संग्रहमा बहुदलवादीको नेतृत्व : खड्काले २०३६ सालको जनमत संग्रहमा बहुदलवादी पक्षधरका नेतृत्व गरेका भए। त्यतिबेला उनी लगायतका बहुदल पक्षधरले भोग्नु परेको यातना र कष्टकर क्षण अविष्मरणीय छन्। २०३६ सालको फागुनमा बहुदलको प्रचारप्रसारमा लौहपुरुष गणेशमान सिंहको बेनी आगमनले अत्तालिएका पञ्चायतका पृष्ठपोषकहरूले वितण्डा मच्चाउँदै बहुदलवादीहरूलाई दु:ख दिन थाले। २०३७ बैशाख २० गते चुनावका दिनभन्दा केहि दिन अगावै पञ्चायत पक्षधरहरू तोडफोड र कुटपीटमा उत्रिए‌‌।
बेनीबजारस्थित उनको घरका साथै चन्द्रशेखर श्रेष्ठको घरमा ढुङ्गामुढा प्रहार गरी आतङ्कित पारियो। सो घटनापछि बहुदलवादी कार्यकर्ताहरूले उक्त क्रियाकलापको प्रतिवाद गर्ने क्रममा झडप हुन गएको थियो। सो घटनापछि सत्ताधारीहरूले प्रशासनको आडमा १९ जना बहुदलवादी कार्यकर्ताहरूलाई पूर्वाग्रही रुपमा सार्वजनिक अपराधको मुद्दा लगाए। सो मुद्दा लगाइएका भूपेन्द्रबहादुर र मनोरमा खड्का दम्पतिलाई नै पक्रेर थुनामा राखिएको थियो।
उक्त घटनामा मुद्दा खेपेर थुनामा पर्नेहरूमा खड्का दम्पतिका अतिरिक्त चन्द्रशेखर र तेजकुमारी श्रेष्ठ दम्पति, ओमबहादुर र गङ्गा बोगटी दम्पति, इमकुमार र भीमकुमारी श्रेष्ठ दम्पति, राजकुमार र मोहनकुमारी श्रेष्ठ दम्पति, भैरबहादुर र बालकुमारी श्रेष्ठ दम्पति, अबिरकुमार श्रेष्ठ, ओमप्रसाद श्रेष्ठ, मु. गणेशलाल श्रेष्ठ, मेजरमान श्रेष्ठ, मानबहादुर केसी, वीरेन्द्रकुमार श्रेष्ठ र नन्द सेवक थिए। स्मरण रहोस् , घर तोडफोड र जेल यातनाको यस अमानुषिक घटनाले दु:खित रहको जनाउँदै सर्वोच्च नेता गणेशमान सिंहले २०३७ जेठ १३ गते खड्कालाई सम्बोधन गर्दै स्वहस्तलिखित पत्र सम्प्रेषण गरेका थिए।
* म्याग्दी क्याम्पस स्थापनामा अगुवाइ : २०४६ को राजनैतिक परिवर्तनपछि म्याग्दी जिल्लामा उच्च शिक्षा हासिल गराउने शैक्षिक संस्थाका रूपमा क्याम्पस स्थापनाको आवश्यकता महसुस गरियो।
सो कार्यको अगुवाइ गर्दै २०४८ भाद्र ३१ गते प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदत्त सुवेदीको अध्यक्षतामा शिक्षक स्टाफको बसेको बैठकले क्याम्पस तत्कालै सञ्चालनार्थ शैक्षिक जनशक्ति उपयोगका लागि तत्पर रहने, साथै क्याम्पस भवन स्थापना नहुँदासम्मका लागि विद्यालय कै भवन र भौतिक सामग्री प्रयोग गर्ने निर्णय गरेको थियो।
उक्त एेतिहासिक निर्णयको भोलिपल्टै (२०४८ असोज १ गते) म्याग्दी जिल्लामा क्याम्पस सञ्चालन गर्ने उद्देश्यले सो विद्यालयले बृहत भेलाको आयोजना गरेको थियो। उक्त भेलाले क्याम्पस सञ्चालन र सोका लागि अर्थ सङ्कलन र आवश्यक सम्पूर्ण कार्य गर्न “प्रस्तावित म्याग्दी क्याम्पस तयारी समिति” गठन गरेको थियो।
प्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदत्त सुवेदीको संयोजकत्वमा गठित ४१ सदस्यीय उक्त समितिमा डा. भूपेन्द्रबहादुर खड्का पनि सदस्य थिए। यसरी उनी जिल्लाकै पहिलो क्याम्पसको स्थापना र सञ्चालनमा अगुवाइ गर्ने शैक्षिक अभियन्ता मध्येका एक हुन पुगे।
उक्त क्याम्पसको संस्थापक सदस्य समेत रहेका उनी सो क्याम्पसको २०४८ असोज १८ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा पौडेलको अध्यक्षतामा गठित पहिलो सञ्चालक समितिको उपाध्यक्ष हुन्। सो क्याम्पसको ०५३ असोज २५ सम्पन्न पहिलो साधारण सभाबाट ललितबहादुर खड्काको अध्यक्षतामा गठित दोस्रो सञ्चालक समितिमा खड्का पुन: सदस्य भएका थिए। देखि २०५६ माघ १३ गते सम्पन्न दोस्रो साधारण सभाबाट उक्त क्याम्पसको सञ्चालक समितिको अध्यक्ष रहेका उनले विभिन्न उपसमितिमा रहेर क्याम्पसको विकासमा योगदान पु-याएका थिए।
शैक्षिक व्यक्तित्व खड्का धवलागिरि माध्यमिक विद्यालय, बागलुङको संस्थापक सचिव हुन्। उनले बेनी बसाइको प्रारम्भिक कालमा प्रकाश माध्यमिक विद्यालयमा शिक्षण गरेका थिए। पछि विविध समयमा उक्त विद्यालयको सञ्चालक/ व्यवस्थापन समितिको सदस्य रहेका उनी पछिल्लो समयमा सो विद्यालय व्यवस्थापन समितिका सल्लाहकार रहेका थिए।
* नेपाली कांग्रेसको जिल्ला नेतृत्वमा : २०४६को जनआन्दोलनको सफलतापछि बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापश्चात कांग्रेस नेता रामचन्द्र पौडेलको उपस्थितिमा २०४७ बैशाख २ गते म्याग्दी कांग्रेसको जिल्ला तदर्थ समिति गठन भएको थियो, उक्त समितिको वि. सं.२०४७ जेष्ठ १९ गतेको बैठकको निर्णयअनुसार विस्तारित समितिमा सदस्यमा मनोनित भएका खका ३०४८ भदौ २५ गते पुनर्गठित समितिमा पुन: सदस्य भएका थिए।
नेपाली कांग्रेसको पहिलो जिल्ला अधिवेशनको क्रममा उनी २०४८ माघ ४ गते भुरुङ ताताेपानीमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट तत्कालिन क्षेत्र नं १ को महाधिवेशन प्रतिनिधिमा निर्वाचित भै महासमिति सदस्य बनेका थिए। यसरी २०४८ माघ १९ गते सम्पन्न पहिलो जिल्ला अधिवेशनमार्फत सदस्य बनेका उनी २०५३ वैशाख १६ गते भएको कांग्रेसको दोस्रो अधिवेशनबाट पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुदै महासमिति सदस्य पदमा निर्विरोध निर्वाचित भएका थिए नेपाली कांग्रेस, जिल्ला कार्य समित

तिको २०५७ मंसिर १३ मा सम्पन्न तेस्रो अधिवेशन र २०६१ माघ २७ मा सम्पन्न चौथो अधिवेशनमार्फत सभापतिमा निर्विरोध निर्वाचित भएका थिए। दुई कार्यकाल सभापति बनेका खड्का २०६७ साउन १६ गते भएको पाचौं जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भै पदेन सदस्य बनेका थिए।

२०७२ फागुन १० गते सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट निर्मित हालको कार्य समितिले उनलाई वरिष्ठ नेताका रूपमा सम्मान गरेको थियो।तिको २०५७ मंसिर १३ मा सम्पन्न तेस्रो अधिवेशन र २०६१ माघ २७ मा सम्पन्न चौथो अधिवेशनमार्फत सभापतिमा निर्विरोध निर्वाचित भएका थिए।
दुई कार्यकाल सभापति बनेका खड्का २०६७ साउन १६ गते भएको पाचौं जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भै पदेन सदस्य बनेका थिए। २०७२ फागुन १० गते सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट निर्मित हालको कार्य समितिले उनलाई वरिष्ठ नेताका रूपमा सम्मान गरेको थियो।

* देहावसान : भूपेन्द्र बहादुर खड्काको स्वर्गारोहण २०७७ फागुन २५ गते भएको हो। फागुन २३ गते बिहान स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई म्याग्दी अस्पतालबाट थप उपचारका लागि काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो। मंगलबार बिहान उनको अकस्मात निधन भयो। उनको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा भएको थियो।

उनको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओढाउदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशाङ्क कोइराला, जिल्ला सभापति खमबहादुर गर्बुजा लगायतले सम्मान प्रकट गरेका थिए। म्याग्दी कांग्रेसले सोही दिन शोकसभा गर्दै स्वर्गीय खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
उनको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने र तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरिएको छ। २०७७ फागुन २८ गते नेपाली कांग्रेस, म्याग्दीका सभापति खमबहादुर गर्बुजा, पूर्व सभापति संविधान सभा सदस्य रेशमबहादुर बानियाँ लगायत म्याग्दी कांग्रेसका जिल्ला नेतृत्वमा रहेका व्यक्तित्वहरूको सहभागितामा स्वर्गीय खड्काको अस्तु काली – म्याग्दी दोभानमा बिसर्जन गरिएको थियो। यसैगरी २०७७ चैत १ गते वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सदरमुकाम बेनी बजारमा शोक सभाको आयोजना गरिएको थियो।

* बहुआयामिक व्यक्तित्व अनि आस्थाका धरोहरको स्मरण : बहुआयामिक व्यक्तित्व खड्का एक सामाजिक अभियन्ता हुन्‌। नेपाल बाल संगठनमा आजिवन सदस्य रहेका उनी २०२५ र २०४४ मा उक्त संस्थाको सदस्य रहेका थिए। नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य रहेका उनी सो संस्थाको म्याग्दी शाखाको पूर्व सभापति पनि हुन्। नेपाल बार एसोसिएसन, म्याग्दी जिल्ला अदालत इकाइ र धवलागिरि अञ्चल इकाइका अध्यक्ष बनेका उनी पश्चिमाञ्चल क्षेत्रीय अदालत इकाइका पूर्व उपाध्यक्ष पनि हुन्।

तत्कालिक निलगिरि विकास बैंकका संस्थापक उनी उक्त बैंक एकीकृत भइ गरिमा विकास बैंकमा परिणत भए पछि सञ्चालक बोर्डका सदस्य बनेका थिए। यसरी राजनीतिक र शैक्षिक क्षेत्रबाहेक सामाजिक, कानुनी र वित्तीय संस्था समेतमा उनको संलग्नता र सक्रिय भूमिका रहेको थियो।
उनको देहावसानले बिरामी आत्माहरूलाई शितलता प्रदान गर्दै आर्जित ‘डाक्टर साहेब’ को पहिचान एउटा जीवन्त इतिहासको बिषय बनेको छ र संघर्षशील जीवनका कठोरतम क्षणहरूका ती चट्टानी अडान र स्वाभिमान केबल सम्मानको बिषय मात्र बनेको छ, अनि
म्याग्दी जिल्लाका बहुआयामिक व्यक्तित्व – आस्थाको धरोहरकाे अवसान अब मात्र स्मृतिको बिषय बनेको छ, करिब छ दशकको एउटा जीवन्त कालखण्डको अन्त्यको दु:खदायी घडीमा स्वर्गीय खड्का झैं विपतमा पनि नआत्तिने अनि प्रतिकूलताको सामना गर्ने क्षमता र प्रवृत्तिको अनुशरणले नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली ठहरिने छ। अन्तमा, पुन: स्वर्गीय भूपेन्द्रबहादुर खड्काप्रति हार्दिक श्रद्धा सुमन !

बन्ने भयो कालिपुलमा स्मार्ट बसपार्क

लामो प्रयाससँगै सदरमुकाम बेनीबजारको प्रवेशद्धार कालीपुल बसपार्कलाई वहुवर्षीय योजनामा समावेश गरिएको छ। २१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएपनि हरेक बर्ष न्यून बजेटका कारण गति लिन नसकेको अवस्थामा सहरी विकास मन्त्रालयले ५ करोडको बजेट प्राप्त भएसँगै स्मार्ट बसपार्क बनाउने अभियानलाई ठूलो सफलता मिलेको बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए ।

‘आजभन्दा ४ बर्ष अगाडीको प्रयासले सफलता प्राप्त गरेको छ,‘अब बेनीबजारमा सुविधासम्पन्न बसपार्क बन्छ ’ वडा अध्यक्ष बराईलीले भने । उनका अनुसार चालु् आ.ब. ७७÷७८ मा संघिय सरकारबाट ५० लाख, प्रदेश सरकारबाट ५० लाख र बेनी नगरपालिकाबाट ३४ लाखबाट निर्माणको काम भइरहेको छ ।

बेनी–जोमसोम तथा कोरला सडकको मुख्य प्रवेशद्वार कालीपुल बसपार्कमा ५० लाख विनियोजन भएकाले आयोजनालाई अगाडि बढाउन जटिलता भएकाले बहुवर्षीय योजनामा समावेशका लागि प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सहरी विकास मन्त्रालयलाई अनुरोध गरेका थिए ।

सांसद थापाले बहुबर्षिय योजनामा बसपार्कलाई समेट्न नसके अपूरै रहने जोखिम भएकाले बहुबर्षिय ठेक्का लगाउने ब्यवस्थाका लागि निवेदन नै दर्ता गराएका थिए । सांसद थापाको प्रयासले यो कार्यमा गति लिएको बेनी नगरपालिका स्रोतले जनाएको छ ।

म्याग्दी र मुस्ताङ आवतजावत गर्नेले बेनीको प्रवेशद्धारमै ठेक्का अनुसार समयमै काम सम्पन्न हुने सकेको छैन् । पक्की नाली सहित पक्कीपुलदेखि पेट्रोलपम्पसम्मको सडक कालोपत्रका लागि ढिलासुस्ती र पर्याप्त बजेटको अभावका कारण सास्ती हुने गरेको अवस्थामा पछिल्लो समय अलपत्र काममा समेत प्रगति भइरहेको छ ।डीपीआर\File

बसपार्कको गुरूयोजनामा टिकट काउन्टरलाई एउटै भवन, पार्किङस्थल, बसपार्क नजिक रहेका टहरा, पेट्रोल पम्प विस्थापन, पर्यटन सुचना केन्द्र साना र ठुला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवन लगायत नमूना बसपार्क बनाउन आवश्यक पर्ने पूर्वाधारसहितको संरचना बनाउन प्रस्ताव गरिएको छ ।

कालिपुल क्षेत्रको अव्यवस्थित बसपार्क, धुलाम्मे सडक र जथाभावि फालिने फोहोरले बाहिरी जिल्लाबाट ओहोरदोहोर गर्ने यात्रुले म्याग्दीको नकारात्मक सन्देश प्रवाह गर्ने गरेको भन्दै जिल्लामा आउने प्रदेश र संघीय सांसदलाई समेत बजेटको माग गरिएपनि सुनुवाई हुन नसकेको स्थानीयबासीको गुनासो छ। बसपार्क क्षेत्र साँघुरो र अव्यवस्थित तवरले सवारीसाधन पार्किङ गरिदाँ कुरूप देखिएको छ । करिव २७ रोपनी क्षेत्रफलमा बसपार्क फैलिएको छ ।

गायक निशान पुनको म्याग्दीमा पहिलो सांगितिक प्रस्तुती हुने

नेपाल आइडल सिजन-३ का उत्कृष्ट ५ भित्र परेका गायक निशान पुन पहिलोपटक सांगितिक कार्यक्रमका लागि गृहजिल्ला म्याग्दी आउने भएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, चित्रे घरभएका पुन फागुपूर्णिमा पर्वको अवसरमा आगामी चैत्र १५ गते बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका–३, मा रहेको कालिगण्डकी रिर्सोटमा हुने कार्यक्रममा आउन लागेका हुन् ।

नेपाल आइडलमा म्याग्दीबाट प्राप्त सहयोग र अभियानमा आउने तयारी गरिरहेको अवस्थामा कोरोना भाइरसका कारण सांगितिक कार्यक्रमहरु सञ्चालनमा रोक लगाएसँगै पूर्वनिर्धारित कार्यक्रम समेत स्थगित भएको थियो ।

नेपाल आइडलको प्रतियोगिता स्थगित भएपछि म्याग्देली यूवाहरुसँगको सहकार्यमा समेत पुनले पोखरामा लकडाउनको अवधिमा खाद्यान्नको अभाव भएकालाई घरघरमा खाद्यान्न पुर्याउनुका साथै विरामीको उपचार लगायत सामाजिक र मानवीय सेवाम करिब दुई महिना विताएका थिए ।

म्याग्दीमा आउन लागेका पुनले नेपाल आइडलमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद सहितको कार्यक्रम समेत गरिने रिर्पोटका सञ्चालक हरिबहादुर चन्दले बताए ।उनले उक्त दिन अन्य विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएपनि मुख्य गरी म्याग्देली गायक पुन नै प्रमुख आर्कषण भएको बताए ।

नेपाली टेलिभिजन इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरनेशनल फ्रान्चाइज सिङ्गिङ रियालिटी शो नेपाल आइडलको तेस्रो संस्करणमा पुन उत्कृष्ट प्रस्तुती र सर्वाधिक भोट प्राप्त समेत गरेका थिए ।