Saturday, June 28, 2025
23.4 C
Beni
23.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 1149

चरम गरिबीले रूमका केशब बिक उच्च शिक्षाबाट बन्चित

म्याग्दीको मालिका गाउँपालिका-२,रूम लुक्सिरका १६ बर्षिय केशब बिक दैनिक ज्यालामजदुरीमा ब्यस्त छन् । छिमेकी गाउँ निस्कोटमा आमा समुहको निर्माणधिन भवनमा बुबा रनबहादुरसँगै काम गरिरहेका बिक हातमा पुस्तक समातेर कक्षा ११ मा पढ्न जानुपर्ने समयमा सिर्कमीको परिचय बोकेर दैनिकजसो घर बनाउने काममा लागेका छन् ।

गतबर्षको एसइईमा विद्यालयबाट सबैभन्दा उत्कृष्ट नतिजा ‘बि प्लस’ ल्याएका विकको उच्च शिक्षा पढ्ने जाने रहर भएपनि चरम गरिबीका कारण वञ्चित भएको बताए ।‘घरबाट पढ्न जाने पैसा छैन्,‘बुबाको कमाईले घरखर्च चल्छ,‘काम नपाउँदा आर्थिक संकट पर्दा भोकभोकै बस्नुपर्छ’ विकले भने ।

उनले गाउँमा रहेको विद्यालयबाट एसइई दिएपनि उच्च शिक्षाका लागि दरबाङ र सदरमुकाम बेनीमा जाने आर्थिक जुटाउन समेत दैनिक मजदुरीमा खटिएको बताए । उच्च शिक्षा त मेरो लागि सपना जस्तै हो,‘घरबाट पढ्न जाने अवस्था नै छैन्, कमाएर पढ्नुपर्ने बाध्यता छ’ विकले भने ।

पोशाकमा चिटिक्क सजिएर पढ्न जाने समयमा हातमा हतौडा लिएर हिड्नुपरेको बताउँदै आफ्नो जस्तै समस्या बहिनीलाई हुन नदिन मजदुरी गरिहरेको बताए ।

विककी बहिनी गाउँमै कक्षा ९ मा अध्ययनरत छिन् । विपन्न रनबहादुरका ३ छोरा र ४ छोरी छन्। रनबहादुरले छोरालाई सहर पठाउने पैसा नहुदाँ ज्यालामजदुरीका लागि सँगै लैजाने गरेको बताए ।उनले छोराको बाँकी पढाई गाउँमै अन्त्य गर्नुपरेकोे भन्दै भक्कानिए ।

आर्थिक अवस्था कमजोर भएकाले गाउँकै विद्यालयमा पढ्ने छोराछोरीलाई समेत आवश्यक शैक्षिक सामग्री खरिद गर्न नसक्ने अवस्थामा रहेको राष्ट्रिय माविका प्रधानाध्यापक प्रेमबहादुर घर्तीले बताए । ‘गरिबीले उच्च शिक्षाको बाटोमाछेकबार लगाएको छ,‘सहयोग जुटाउन सकेमा राम्रो पढ्न सक्छन्’ प्रअ घर्तीले भने ।

उनले विद्यालयमा विक लगनशील, मिहनेती तथा अनुशासित छात्रका रुपमा रहेको बताए । उनले गएको एसइईमा विद्यालयबाट सबैभन्दा राम्रो नतिजा ल्याएर उत्र्तिणा भएको अवस्थामा पोसाक, कापीकमल, खाना र बस्ने खर्च जुटाउन नसक्दा पढाई छोड्न बाध्य भएको बताए ।

उनले विकलाई आर्थिक सहयोग गरेमा उच्च शिक्षामा राम्रो अंक ल्याउन सक्ने बताए । गाउँमा कक्षा १२ सम्म अध्ययन÷अध्यापन नहुँदा आर्थिक अभावका कारण एसइई उत्तीर्णपछि माथिल्लो कक्षा पढ्नबाट बञ्चित विद्यार्थीलाई समेत लक्षित गरी गाउँमै कक्षा ११ सञ्चालनको विकल्प नभएको बताए ।

यता म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले केहीदिनमै भर्ना सहितको प्रक्रियामा सहभागि भए बार्षिक परीक्षामा सहभागि बनाउन सकिने बताए । उनले क्याम्पसको आन्तरिक परीक्षामा सहभागि भएकालाई छात्रबृत्ति कोटामा समेत सहभागी बनाउन सकिने भएपनि हाल आन्तरिक परीक्षा सञ्चालन भएकाले पोशाक, आवासीय सहित मासिक ५ हजारको अनुमानमा खर्च हुने बताए ।

रुममा कक्षा ११ र १२ सञ्चालन गर्न आर्थिक अभियान

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि आर्थिक अभियान सुरु भएको छ। रुममा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले रुम गाउँमा नै कक्षा ११ र १२ सञ्चालनको लागि आर्थिक अभियान सुरु गरेको जनाएको हो ।

गएको फागुन १४ गते विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन र शिक्षक तथा सरोकारवालासहित बसेको बैठकले गाउँमै कक्षा १२ सम्म अध्ययन तथा अध्यापन गराउनका लागि आर्थिक सङ्कलन गर्न अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कक्षा ११ र १२ सञ्चालन गर्न गाउँमा आर्थिक सहयोग सङ्कलन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर घर्तीमगरले जानकारी दिए ।

प्रअ घर्तीमगरका अनुसार मालिका–२, रुम गाउँभित्र बसोबास गर्ने सम्पूर्ण घरधुरीलाई न्युनतम दुईहजार रुपैयाँ अनिवार्य सहयोग गर्न रकम तोकिएको छ । इच्छुक तथा सहयोगी व्यक्तिले सो रकमभन्दा माथि पनि सहयोग गर्न सकिने विद्यालयले जनाएको छ ।

गाउँमा कक्षा १२ सम्म अध्ययन÷अध्यापन नहुँदा आर्थिक अभावका कारण एसइई उत्तीर्णपछि माथिल्लो कक्षा पढ्नबाट अधिकांश विद्यार्थीहरु बञ्चित भएका छन् । रुम गाउँमै कक्षा ११ र १२ सञ्चालन भएमा दुर्गम क्षेत्रका विद्यार्थीलाई राहत मिल्नेछ । कक्षा १२ सम्मको अध्ययन गर्ने तयारी थालिएपछि स्थानीयवासी खुसी भएका छन् ।

लोकदोहोरीमा जम्दै कुहुँकी हिरा किसान

लोक तथा दोहोरीगीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले बेनीमा आयोजित जिल्ला स्तरीय दोहोरीगीतको प्रतियोगितामा उपाधी जितेकी मंगला गाउँपालिका–१ कुहुँका हिरा किसानले प्रतिष्ठान गण्डकी प्रदेस समितिद्वारा राष्ट्रिय लोकदोहोरी दिवसको अवसरमा आयोजित प्रतियोगितामा उत्कृष्ट महिला गायिकामा छनौट भईन् ।

फागुन २८ र २९ गते पोखरामा आयोजित प्रतियोगितामा दिपशिखा मावि कुहुँमा कक्षा १२ मा अध्ययनरत किसानले गण्डकी प्रदेशमै महिलातर्फ उत्कृष्ट हुदै नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेको प्रतिष्ठानका जिल्ला सचिब पदम विश्वकर्माले बताए ।

उनका अनुसार किसानलाई बेनीमा एक कार्यक्रम गरी उक्त प्रमाणपत्र र नगद प्रदान गरिएको थियो । प्रतिष्ठानका जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेले नव गायिका किसानमा धेरै सम्भावना भएकाले आवश्यकता अनुसार सहयोग गर्ने बताए । अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहनको अभियानमा लाग्ने बताउँदै थप प्रतियोगितात्मक कार्यक्रमहरु गरि नयाँ प्रतिभाको खोजी गरिने बताए ।

म्याग्दी लोक संगितमा धनी जिल्ला भएकाले समेत प्रतिष्ठानले विभिन्न कार्यक्रमको योजना सहित अगाडी बढेको छ । यता किसानले उच्च शिक्षासँगै गायन क्षेत्रमा समेत लाग्ने वातावरण बन्दै गएको भन्दै खुसी ब्यक्त गरिन् । उनले आफ्नो क्षमतालाई स्थान दिने वातावरण बनाएकोमा लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई समेत धन्यावाद ज्ञापन गदैं आफ्नो क्षमताले भ्याएसम्म गायन क्षेत्रमा सक्रिय हुने बताईन् ।

पुनर्जीवित नेकपा (एमाले), किन एकिकृत हुन नसक्ने भो ?

गत आमनिर्वाचनमा नेकपा (एमाले)को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहितको कम्यूुनिष्ट गठबन्धनले संसदको दुईतिहाई निकटको स्थान हासिल गर्यो । एमालेका अध्यक्ष माननीय खड्ग प्रसाद ओली गठबन्धन सरकारको प्रधानमन्त्री नियूक्त भए । साथै उनको सरकारलाई चुनावी गठबन्धन बाहिरका मधेशवादी भनिने दलहरुको समेत समर्थन प्राप्त भएको थियो, तत्कालिन संघीय समाजवादीका नेता उपेन्द्र यादव सकारमा समेत सामेल भएका थिए ।

केपि ओलि सरकार गठन भएको दुई महिनापछि गठबन्धनका प्रमुख साझेदार घटक नेकपा एमाले र माओवादी केन्द्र बीच पार्टी एकिकरण भयो । संयुक्तको पार्टीको नाम नेपाल कम्यूनिष्ट पार्टी अर्थात नेकपा मात्र कायम गरियो । ओलि सरकार नेकपाको एकल पार्टीको हैसितमा फेरियो । नेपालको राजनीतिक इतिहासमा संसदको प्रचण्डबहुमत ओगट्न पुगेको उक्त नेकपा अहिले विभत्स ढंगले विभाजित हुनपुगेको छ । कम्यूनिष्टहरुको दुईतिहाईको समर्थन प्राप्त त्यही सरकार अहिले अस्तित्व रक्षाको लागि गैरकम्यूनिष्ट झुण्डको सहारा खोजिमा छ ।

२००७ सालपश्चात नेपालमा कुनै पनि प्रधानमन्त्रीले पाँचबर्षे कार्यकाल पुरा गर्न नसकेको रेकर्ड कमसेकम यस पटक तोडिने विश्वासमा रहेको जनमानस फेरी निराशा बनेको छ । धरापमा परेको पद ओलिले प्राविधिक रुपमा टिकाउन पनि सक्लान तर त्यसले पहिलाको गरिमा हासिल गर्ने अवस्था रहेन ।

हुन त अप्रत्यासित रुपमा गरिएको एमाले–माओवादीचुनावी गठबन्धन र पार्टी एकताको घोषणा त्यतिबला पनि अस्वाभाविक, आश्चर्यजनक र रहस्यमयघटनाको रुपमा हेरिएको थियो । तर त्यो सत्य थियो कि एकल बहुमतको दावेदार एमालेले चालिस प्रतिशतभन्दा बढी प्रत्यक्ष स्थानहरु सत्ता साझेदारहरुलाई छाडिदिएको थियो ।

गठबन्धन स्वरुप निर्वाचनमा हैसियतभन्दा अधिक, सम्मानजनक उपलब्धि हासिल गरेको नेकपा माओवादी केन्द्रले औपचारिक रुपमा भएपनि बराबरीको हैसियत पार्टी एकतागर्दा समेत प्राप्त गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डको पदीय हैसियत पार्टीमा एमाले अध्यक्ष केपि ओलि सरह बराबरीको नेतृत्व रहन ेव्यवस्था सहित सरकारको नेतृत्वमा आलोपालो गर्ने लिखित बाचाकबुल समेत भएको थियो ।

पार्टीमा बराबरीको हैसियत, संसद र सरकारमा सम्माजक स्थान र भागबण्डा बाबजुद पनि प्रचण्ड एवं माओवादीपक्ष केपिओलीसँग लामो समय रतीन सकेन । संस्थापनपक्षबाट दविएको महशुस गरिरहेको एमाले भित्रको इतर खेमा र माओवादी खेमा बीच हुनपुगेको मोर्चाबन्दीले प्रम ओलीलाई पार्टी र संसदीय दल दुवैमा अल्पमतमा पारिदियो । एमाले भित्रैका िमत्रहरुलाई पेलेर बाहिरकालाई देखाईएको उदारता ओलीको लागि महंगो पर्न गयो ।

सत्तामा रहेको शक्तिशाली पार्टीभित्र अनेक समिकरण हुने र शक्ति साझेदारीमा रस्साकस्सी हुने कुरा अस्वाभाविक थिएन । संसारमा त्यस्तो पार्टी सायदै होला जहाँ विवाद र प्रतिद्धन्द्धिता नहोस, नेतृत्व लिनेले बहुसंख्यकको विश्वास जित्नै पर्ने हुन्छ । तर ओलिजी पार्टी भित्र उत्पन्न असहजतालाई सम्वाद, समझदारी र सम्झौताबाट समाधानतर्फ लाग्ने भन्दा राज्यशक्ति र प्रभावलाई प्रयोग गरेर आन्तरिक प्रतिद्धन्द्धिहरुलाई तह लगाउने वारकीपारको खेलतर्फ मोडिए ।

शक्ति संघर्षकै सिलसिलामा अध्यादेश ल्याउने, संसद अधिवेशन अन्त्य आदि हुँदै संसद विघटनको अवस्थासम्म पुग्यो र नेकपा व्यवहारिक रुपम ाविभाजित हुन पुग्यो । विघटित संसदको पुनस्थापनापश्चात प्रम ओलि र उनको समुह राजनैतिक र कानुनी अस्तित्वको संकटमा थियो । निर्वाचन आयोगले विशेष निगाह नराखिदिएको भएउनीहरु दल विहिन अवस्थामा पुग्थे र शक्तिच्यूत हुन्थे । नेकपाको आधिकारिता अर्को समुहले पाउने निश्चित थियो । ओलि समुहसँग पार्टीभित्रको संख्या कानुनी रुपमा दल विभाजनको हैसियतमा समेत थिएन । अर्को समुहले आधिकारिकता पाउँदासाथ सत्तारुढ समुह पार्टी त्यागेको हैसियतमा पुग्दथ्यो ।

प्रतिनिधिसभाको विघटनलाई अदालतले बदर गरिदिएपश्चात पार्टी र संसदमा गम्भिर प्रतिरक्षाको अवस्थामा पुगेका ओलिको राजनीतिलाई गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले चमत्कारिक रुपमा उद्धार गरिदिएको छ । एमाले र माओवादीको एकिकरण कानुनी रुपमा खारेज हुनपुगेपछि एकिकृत नेकपाको आधिकारिकता दावि गरिरहेको पुर्वएमाले र पुर्वमाआवादीको समुह जबर्जस्त च्यातिन विवश हुनपुग्यो । यता, एमालेभित्र ओलिपक्षको हैसियत आफुलाई राजनीतिक रुपमा सिध्याउन खोजेको समुहलाई निगाहदान गर्न सक्ने अवस्थामा फेरियो ।

भलै काकतालिवश नै किन नहोस पार्टीको पुरानो हैसियत पुनस्थापना भएकोमा एमाले पंक्तिमा ठूलो खुशियाली र उत्साह छाएको थिया । दिपावली समेत गरियो । यदि त्यो फैसला एकिकृत नेकपामा विवाद चर्कनु भन्दा पहिला आएको भएखासै केही फरक नपर्न सक्थ्यो, ओलि प्रचण्ड दुवैले संयुक्त रुपमा नाम संशाधन गरेर कानुनी प्रक्रिया पुरा गर्न सक्थे । अरु यथावत रहन्थ्यो । एमाले पंक्तिमा आएको उत्साह वास्तवमा ओलि पक्षको विजयको उत्साह मात्रथिएन, पुर्व एमाले एकिकृत भएको हर्षोल्लास थियो । एकिकृत नेकपाको विभाजन खासमापुर्व एमालेको बराबरी विभाजन थियो ।

त्यसले धेरै नेता कार्यकर्ताहरुको राजनीतिक भविश्य जोखिम परेको थियो । पार्टी पुनस्थापित भए पश्चात पुर्व एमालेको जनाधार र शक्ति एकजुट हुने, पार्टीको कानुनी पुनर्जीवन, राजनीतिक पूनर्जीवनमा परिणत हुने, एकवर्ष पछि हुने स्थानीय र त्यसपछिको लगत्तैको संसदीय निर्वाचनम ापुन सफलत ाहासिल हुन सक्ने आशाको संचार भएको थियो ।

तर केपि ओलिको रवैयाले एमाले पंक्तिमा पुनजागृत उत्साह र खुशीमा तुषारापात भएको छ । माओवादीसँगको पुनतालमेल त के, पुर्व एमालेभित्रको एकताको निम्ति ओलि प्रवृत्ति पर्खाल बनेर खडा हुनपुगेको छ । ओलि खेमाले शुक्रबार भएको बालुवाटारको चर्तिकलालाई सामान्य प्रक्रियाको रुपमा प्रस्तुत गर्न खोजेको छ ।

त्यो बिलकुल सामान्य होइन, केन्द्रिय कमिटिमा स्वतकायम भएका सम्पूर्णलाई पुर्वसुचना र जानकारी विना सटाकसुटुक बैठक बस्नु र विधान संशोधन, कमिटि विस्तार, जिम्मेवारी हेरफेर, महाधिवेशनको तिथि घोषणा जस्ता महत्वपूर्ण र गम्भिर निर्णय गर्नु घोर अनैतिक र अराजनैतिक काम हो । यस्तो कार्यले अर्कोपक्षलाई अर्को बैठकमा सहभागी हुनबाट नैतिक संकटखडा गरेको छ र अलग हुन विवश तुल्याएको छ, विभाजनलाई कायम राखेको छ ।

एमाले भित्रबाहिरका नयाँ पुराना व्यक्तिपुजक स्तुतिवाजहरुलाई लागेको होला ओली, एमाले ब्राण्ड र सूर्य चिन्ह भएपछि भोट आईहाल्छ, चुनाव जितिहालिन्छ । फोकटमा अरुहरुलाई त्यसको भागिदार किन बनाइरहने ? यस्तै भ्रमको धुरी चढेर रमाउनेहरुलाई के भन्नु छ र ! जगत मित्थ्या, ब्रह्मा सत्य भने जस्तो पार्टीका स्थापित नीति, सिद्धान्त, विचार, विधि, विधान, प्रक्रिया, राजनैतिक मुल्य, मान्यता, संस्कार, नैतिकतालाई तिलाञ्जली दिएर ओलीको हुकुमी डक्ट्रिनमातहत पुर्व एमालेको सम्पूर्ण शक्ति समेटिन संभव छैन ।

ओलिको अतिवादले किंचित राजनैतिक चरित्र बोकेका उनकै खेमा भित्रकालाई पनि उकुसमुकुश र चिन्तित तुल्याएको छ । सायद त्यसैको प्रतिक्रिया स्वरुप होला मिडियामा पहिला महासचिव बाहेक सबै पद खारेज गरिएको जानकारी आएपछि प्रदीपज्ञवालीको विज्ञप्तिमा पदहरु इथावत भएको जिम्मेवारी मात्र हेरफेर भएको स्पष्टिकरण आएको छ । तसर्थ ओलिको नीजि हैकममा चल्ने एमाले नामले मात्रएमाले हुनेछ, व्यवहारमा ओलीमाले अर्थात ओमाले बन्ने निश्चित छ र बाँकीले अर्को बाटो खोज्नु अनिवार्य नियती हुनेछ ।
(पौडेल ओएनएफ डेनमार्कका पुर्व अध्यक्ष हुन ।)

नेकपाका मुस्ताङ इन्चार्ज फिल्टर रिहा

नेपाल कम्युनिस्ट पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टर आइतबार रिहा भएका  छन ।

सरकार र नेकपाबीच वार्ताको प्रसंग चलिरहेको बेला इन्चार्ज फिल्टरलाई गत फागुन १३ गते पार्टी कामको सिलसिलामा सामान्य अवस्थामा रहेको बेलामा म्याग्दीको मालिका गाउँपालिकाको रूम गाउँबाट दिउँसो ४:३० मा प्रहरीले पक्राउ गरेको थियो ।

इन्चार्ज फिल्टर गाउँपालिकाको एक विद्यालयमा शिक्षक कर्मचारीहरुसँग छलफल गरिरहेको बेला पक्राउ परेका थिए ।

फागुन २१ गते सरकार र नेकपाबीच भएको ३ बुँदे सहमति अन्तरगत सरकारले नेकपाका बन्दी नेता तथा कार्यकर्ताहरूलाई रिहाई गर्ने र सम्पूर्ण मुद्धाहरू खारेज गर्ने निर्णयअनुसार नेकपाका नेता तथा कार्यकर्ताहरू रिहाई र्भइरहेका छन । र अन्य सम्पूर्ण बन्दी नेता तथा कार्यकर्ताहरू पनि रिहाई हुने प्रक्रिया भईरहेको नेकपाले बताएको छ ।

नेकपाका नेता माइला लामा, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, ‘विरगन्ज’ लगायत थुप्रै नेता तथा कार्यकर्ताहरूले अझै पनि बन्दी जीवन बिताइरहेका छन ।

ओली सरकारलाई कुनैपनि हालतमा हटाउनुपर्छ: कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको हत्या गर्न खोज्ने केपी शर्मा ओलीको सरकारलाई हटाउन अभियानको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताउनुभएको छ । नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतमा साथ दिनुपर्ने बताउनुभएको हो ।

नेपाली कांग्रेस म्याग्दीले पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौ दिनको पुण्यतिथिको अवसरमा सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हरेक गतिविधि लोकतन्त्र विरोधी र संविधानको रक्षाका लागि बाधक भएकाले बर्हिगमन अपरिहार्य भएको बताउनुभयो ।

नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताए । नेकपा भित्र विवाद भइरहेको अवस्थामा संसदमा अविश्वासको प्रस्ताव ल्याउने तयारीमा सहयोग नगरेर कांग्रेसले ठूलो अवसर गुमाएको समेत पौडेलको भनाई छ ।

सम्बोधनका क्रममा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्ता र नियुक्तीमा प्रधानमन्त्री ओलीको प्रलोभनमा फस्ने खोजेजस्तो देखिएको बताउँदै वर्तमान सरकारलाई टिकाउनु लोकतन्त्रको आयु नै हटाउनु भएको बताउनुभयो ।
माओवादी जनयूद्धमा कांग्रेसका लागि प्रचण्ड र अहिले केपी ओली खतराको पात्र भएको बताउँदै कम्यूनिष्ट स्थायी मित्र नभएपनि अहिलेको अवस्थामा केपी ओली प्रमुख बाधक भएको बताउनुभयो ।

संसद विघटन सम्मको निर्णय गर्ने प्रधानमन्त्री ओलीलाई अझै सत्तामा बस्ने वातावरण बनाए थप संकटमा देश फस्ने बताउँदै कुनैपनि हालतमा सरकालाई हटाउनुपर्ने बताउनुभयो । नेता पौडेलले नेकपाको विवादमा सर्बोच्च अदालतले मागदावीभन्दा माथी गएर नेताको शैलीमा फैसला गरेको भन्दै घुमाउरो पाराले सेटिङको झल्को दिएको बताउनुभयो ।

मागभन्दा एक कदम अघि बढेर गरिएको अदालतको पछिल्लो फैसला पनि अर्को विकृति भएको बताउँदै केपी ओलीमा राजनीतिक आचरन र नैतिकता नभएको समेत बताउनुभयो । अधिकांस समय प्रधानमन्त्री ओली बिरुद्ध खनिएका नेता पौडेलले विकृत राजनीतिकै श्रृंखलालाई निरन्तरता दिनबाट रोक्न नयाँ सरकार बनाउन एमाले बाहेकलाई साथ दिनुपर्ने बताउनुभयो।

पार्टी सभापति देउवाले ओली बिरुद्ध बोल्न नसक्नुमा केही स्वार्थ लुकेको हुनसक्ने समेत आशंक ब्यक्त गर्नुभएको छ। जसपा र माओवादी केन्द्रको साथ पाए कांग्रेसले सरकारको नेतृत्वमा एकमत भएर निर्णय गर्ने समेत सभापति देउवालाई अनुरोध गर्नुभयो । श्रद्धाञ्जली सभामा म्याग्दी, बागलुङ र पर्वतका कांग्रेस नेताहरूको समेत सहभागिता रहेको थियो ।

बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको गष्त मंगलाबार ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल जिल्ला कार्यसमितिको सभापति बनेका थिए। कांग्रेस म्याग्दीले स्वर्गीय खड्कोका सम्झनामा केही योजना बनाएर काम गर्ने सभापति खमबहादुर गर्बुजाले बताउनुभयो ।

म्याग्दीमा माओवादी केन्द्रले पनि राख्यो आफ्नै बोर्ड

नेकपा माओवादी केन्द्र म्याग्दीले आइतबार आफ्नै साइन बोर्ड राखेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि बेनी नगरपालिका–८,न्यूरोडमा (माओवादी केन्द्र) कार्यालयको स्थापना गरी आफ्नै साइन बोर्ड राखेको हो ।

केन्द्रको सर्कुलर अनुसार पार्टीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, गण्डकी प्रदेश कमिटी सदस्य सुवाश विश्वकर्मा लगायत जिल्लास्तरका नेता तथा विद्यार्थी र यूवा संगठनमा प्रमुखहरुको उपस्थितीमा पार्टी कार्यालयको साइन बोर्ड राखेको हो ।

सोही अवसरमा जिल्ला अध्यक्ष पौडेलले कम्यूनिष्ट पार्टीको एकतामा नेकपा एमाल केपी शर्मा ओली समुहले धोका दिएको बताउँदै संगठन विस्तार सहितका अभियानबाटै चुनौती दिने बताए ।

उनले ओली प्रवृतिका विरुद्धमा संघर्र्ष गर्दै पार्टीको संगठन विस्तार सहितका अभियानमा जुट्ने समेत बताएका छन् । राजनीतिक र व्यवहारिक रुपमा पार्टीमा विभाजन आएपछि दुवै समूहले आ–आफ्नै हिसाबले अगाडी बढ्न थालेका छन् । यसअगाडी नेकपा एमालले समेत पुरानै पार्टी कार्यालयबाट आफ्नो गतिविधि सुरु गरेको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ म्याग्दीको अध्यक्षमा पौडेल

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा नवराज पौडेल चयन भएका छन् । शनिबार बेनीमा सम्पन्न १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको हो ।

समितिको उपाध्यक्षमा भिमबहादुर श्रेष्ठ, सचिबमा नारायण शर्मा, कोषाध्यक्षमा धु्रबराज सुबेदी र सचिवमा रामु रिजाल निर्वाचित रहेका छन् । सदस्यहरुमा लक्ष्मी सुबेदी, शान्ति आचार्य पौडेल, जमुना सुबेदी पौडेल, गौरी थापामगर, दिप्ति श्रेष्ठ र मुक्ति सुवेदी रहेको सचिव रामु रिजालले बताए ।

‘गुणस्तरीय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच साङ्गठनिक आधार’ भन्ने मूल नारासहित आयोजित अधिवेशनको म्याग्दी उद्योग वाणिज्य संघ अध्यक्ष बेल बहादुर कटुवालले उद्घाटन गरेका थिए ।कार्यक्रममा पुस्तक व्यवसायी महासंघका जिल्ला सचिव नारायण शर्माले प्रगति र कोषाध्यक्ष ध्रुवराज सुवेदीले आर्थिक प्रतिवेदन गरेका थिए ।

अधिवेशनमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य रमेश पौडेल, महासंघको गण्डकी प्रदेश सचिव ध्रुवप्रसाद शर्मा, म्याग्दी शाखाका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद शर्मा, महासंघका पूर्व केन्द्रीय सदस्य लिलाराम गौतम, म्याग्दी होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) लगायतले मन्तब्य राखेका थिए ।

यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-७)-शिक्षा (क्याम्पसको स्थापना)

क्याम्पस तहको अध्यापन गाउँपालिकाले सुरु गर्नु भनेको एक नयाँ सामाजिकरण सुरु गर्नु र स्थापित सामाजिकरंणलाई नयाँ उचाई दिनु हो । नेपालका प्रत्येक शहरको शहरीकरण र प्रभूत्वको सुरुवात शैक्षिक क्षेत्रको विकास सगै भएको छ । अझ भन्नुपर्दा क्याम्पस तहको अध्यापन सुरु भएपछी त्यहाँको साधन र श्रोतको उचित उपयोग सुरु हुदा सबै क्षेत्रको विकास समान तरिकाले अघी बढ्न सुरु गर्छ ।

रघुगंगा गाउँपालिकामा क्याम्पस स्थापना र संचालन सम्भव छ कि छैन भनेर निष्कर्ष निकाल्नु भन्दा पहिले गाउँपालिकाको गन्तव्य के ? भन्ने प्रश्न महत्वपुर्ण हुन्छ । गाउँपालिकाबाट प्रतेक बर्ष ३५०-४०० जना नयाँ रोजगार बजार तथा उच्च शिक्षामा प्रबेश गर्छन, उनीहरु गाउँपालिकाको प्रथामिकतामा छन् कि छैनन् ? एक पटक छातिमा हात राखेर आम रघुगंगा बासिले आफैलाई र पालिकाको नेतृत्व माथी निर्मम भएर प्रश्न सोध्ने हिम्मत गरौं ।

हाम्रो सोचाईको दायरा फराकिरो बनाउदै जिल्लाका अन्य पालिकाको साथै अन्य जिल्लाबाट अध्ययनका लागी आउने बातावरण बनाउन सक्नुनै अबको नेतृत्वको परिक्षा हो । आन्तरिक पर्यटन र समयानुकुल विकासको मार्ग कोर्न प्राविधिक क्याम्पस उचित विकल्प हुन सक्छ । गण्डकी प्रदेशमै प्राविधिक शिक्षालयको सङ्ख्या कम भएको र हालसालै स्थापना भनेको गण्डकी विश्वविद्यालयको प्राथमिकताका प्राविधिक विषयमा रहेको छ । यसैले गण्डकी विश्वविद्यालय मार्फत प्राविधिक शिक्षालय भित्राउनु उपयुक्त हुन सक्छ ।

कुन कुन बिषय अध्यापन गराउने भन्दा अघि अबको १०-१५ बर्ष पछीको नेपाल र विश्व बजारको आवश्यकता के ? भन्ने गहन अध्ययन गरि निष्कर्ष निकाल्न जरुरी छ । पछिल्लो समय हाम्रो अधिकांस काम प्रविधि र एआई(आर्टीफिसियल ईन्टिलिजेन्स)ले नियन्त्रण गर्न सुरु गरेको छ । अबको केही बर्षमा यसको फैलावट र विस्तार सयौं गुणा बढी हुनेवाला छ । अहिलेका अधिकांस काममा रोबर्ट प्रेविधी प्रयोग हुनेछन् । र बिस्तारै कामका प्रकृति फेरीदै जानेछन् । त्यसैले एक विषय हाम्रो भुगोल र भुगोलको माग पूरा गर्न सक्ने सुचना तथा प्रविधि बिषय अध्यापन गराउनु उपयुक्त हुन्छ ।

(म यो कार्यक्रमलाई व्यक्तिगत रुपमा ” Dream to develop as Silicon Village of Nepal” नामकरण गरि पुर्ण समर्पित भएर पूरा गर्नको लागि पुर्ण प्रयासको प्रतिबद्धता गर्दछु ।)

अबको केही बर्षमा करोडौं मानिस पुरानो प्रकृतीको कामबाट बिस्तापित हुनेछन् । जस्तो: ड्राईभर, कुक एण्ड वेटर, बैंकिङ स्टाप भारी मात्रामा कटौती, ईन्ड्रस्टीयल वर्कर आदि । यसले गर्दा ठूलो जनसंख्या जसले नयाँ परिवर्तनलाई आत्मसात गर्दैन, उनीहरु डिप्रेशन र एन्जाईटीको सिकार हुदैछन । यसको लागि विश्व बजारमा योग र ध्यानको प्रशिक्षकको माग हुनेवाला छ । सप्तऋषिको तपोभुमी क्षेत्र(ऋखार)लाई योग, ध्यानको अध्यापन केन्द्रका रुपमा बिकास गर्ने हो भने पर्यटन तथा आध्यात्मिक गन्तव्यको रुपमा रघुगंगाको विकास गर्न सकिन्छ ।

समग्रमा रघुगंगाको विकासको खुड्किलो शिक्षा क्षेत्रको विकासमा रहेको छ । अबको आवश्यकतालाई मध्यनजर गर्दै रघुगंगामा सूचना प्रविधी र आध्यात्मिक विज्ञानको क्याम्पस स्थापना र दिगोपना दिन सक्ने हो भने रघुगंगाको मुहारमा नयाँ चमक आउने छ ।धन्यवाद ।।

यो पनि पढ्नुहोस्:

1. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने . (पहिलो काम)- ईन्टरनेट बिस्तार

2. यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… दोस्रो काम) तथ्याङ्क संकलन, बर्गिकरण तथा व्यवस्थापन

3.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (तेस्रो काम)- सामाजिक अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना

4.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने… (चौथो काम)- सुचना व्यवस्थापन तथा सम्प्रेषण

5.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (पाचौं काम)- सामाजिक आन्दोलनको बिजारोपण

6.यदी म रघुगंगा गाउँपालिका प्रमुख भए भने … (भाग-६)-शिक्षा (विद्यालय तह)

गण्डकी प्रदेश स्तरीय लेखन प्रतियोगितामा म्याग्दीकी केसी तृतिय

सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा सम्पन्न प्रदेशस्तरीय लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसकी प्रतिक्षा केसी तृतिय भएकी छन् ।

प्रतियोगितामा जिल्लाको रघुगंगा गाउँपालिका-२ भगवतीकी केसीले तृतिय स्थान सहित नगद ६ हजार र प्रमाणपत्र प्राप्त गरेको म्याग्दी बहुमुखी क्याम्पसका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख नारायण पौडेलले जानकारी दिए ।

क्याम्पसमा बिएड तृतिय बर्षमा अध्ययनरत केसीले मंगला गाउँपालिकाले आयोजना गरेको प्रतियोगिता प्रथम स्थान हात पारेकी थिईन् । प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव बिनोद बहादुर कुँवरले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा तृतिय स्थान प्राप्त गरेकी केसीको राष्ट्रिय स्तरिय प्रतियोगिताका लागि समेत छनौट भएकी छन्। पुरस्कार वितरण कार्यक्रममा  महाशाखा प्रमुख तेजप्रसाद काफ्ले, कार्यक्रम सहजिकरण संयोजक चन्द्रा कुमारी थापा लगायतको उपस्थिती रहेको थियो ।