Thursday, May 1, 2025
15.8 C
Beni
15.8 C
Beni
Thursday, May 1, 2025
Home Blog Page 828

गाउँपालिका टोलटोलमै पुगेर स्वास्थ्य परीक्षण

0

बागलुङ । यहाँको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ ।गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ । अध्यक्ष घर्तीमगरले भन्नुभयो, “उहाँहरुलाई स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन समस्या हुने हुँदा गाउँपालिकाले नै उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ, हरेक महिना टोल–टोलमा पुगेर त्यस्ता नागरिकको स्वास्थ्य परीक्षण गर्ने छ भने आवश्यक औषधिको समेत व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।”

गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि टोल–टोलमै स्वास्थ्यकर्मी खटाउने अध्यक्ष घर्तीमगरको भनाइ छ । उहाँले गाउँपालिकामा रहेका अपाङ्गता र ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत सङ्कलन गरी स्वास्थ्य परीक्षणलाई प्रभावकारी गराउने बताउनुभयो । अध्यक्ष घर्तीमगरले गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्नेसमेत निर्णय गरेको बताउनुभयो । गाउँ कार्यपालिका बैठकले पालिकाको आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकामा कुनै पनि बिरामी परे उनीहरुलाई तुरुन्तै अस्पतालसम्म पु¥याउनका लागि अहिले निसीखोलामा एउटा पनि एम्बुलेन्स छैन । अब गाउँपालिकाले नयाँ आर्थिक वर्षमा एम्बुलेन्स खरिद गर्ने अध्यक्ष घर्तीमगरको भनाइ छ ।

हङकङका लागि पर्यटन दूतमा प्रकाश पुन नियुक्त

0

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका लागि नेपाली पर्यटन दूतमा म्याग्दीका प्रकाश पुनलाई नियुक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट लामो समयदेखि हङकङमा ब्यापार तथा मानवीय सेवामा सक्रिय पुनलाई नेपाल सरकाले पर्यटन प्रतिनिधि बनाएको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) को संस्थापक अध्यक्ष, म्याग्दी विकास मञ्चका अध्यक्ष, हङकङ नेपाल ब्यापार संघको अध्यक्ष लगायत विभिन्न संघसंस्थामा आवद्ध पुन दुईदशकदेखि नेपालको कला र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यमा निरन्तर लाग्दै आउनुभएको छ ।

हङकङ नेपाल ब्यापार संघमार्फत नेपालको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने कार्यमा महत्वपुर्ण योगदान पुर्याउनु भएको अवस्थामा पर्यटन दूतको रुपमा रही आफ्नो देशको पर्यटन प्रवर्द्धनको लागि केही गर्न सकिने पुनको भनाई छ । ‘यो जिम्मेबारीले नेपाल सरकारको जिम्मेबारीबाट उत्साहित छु,‘नेपाली पर्यटनको विकासका लागि सरकारसँग हातेमालो गर्न सहज हुन्छ’ पर्यटन दुत पुनले भन्नुभयो । उहाँले आफ्नो गृहजिल्लाको पर्यटन विकासमा समेत सक्रिय हुने बताउनुभयो ।

यसअगाडी पोखरा नगरपालिकासँग चीनको सीचुवान प्रान्तको इवीन सिटीसँग २०१७ मा भगीनी सम्बन्ध स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका पुनले गृहजिल्ला म्याग्दीको बेनी नगरपालिकासँग समेत भगीनी सम्बन्ध स्थापना गर्नका लागि प्रयास गरेको बताउनुभयो । बेनी नगरपालिका–७, बिरेन्द्रचोक निवासी पुनले सन् २००२ मा गैर आवासीय नेपालीमध्येबाट प्रदान गरिएको विरेन्द्र एैश्वर्य सेवा पदक र २००४ मा सुप्रवल गोरखा दक्षिण बाहु तेस्रो बाट विभूषित हुनुभएको थियो ।

भकिम्लीलाई जातीय छुवाछुत मुक्त वडा घोषणा

0

म्याग्दीको बेनी नगरपालिका-३, भकिम्लीलाई जातीय छुवाछुत मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार वडामा आयोजित कार्यक्रममा जातीय उत्पीडनको अन्त्यसँगै छुवाछुतमुक्त वडा घोषणा गरिएको हो । बि.स २०७४ सालदेखि सुरू भएको अभियानमा जातिय छुवाछुतमुक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि वडा अध्यक्ष पदम पुनले औपचारीक कार्यक्रमका बिच भकिम्लीलाई घोषणा गर्नुभएको थियो ।

प्रमुख अतिथि पुनले सबै जातजाति बिचको एकता र सहकार्यले समृद्ध वडा बनाउन सहज हुने बताउनुभयो । ‘भकिम्लीलाई सबै जातजातिको सहकार्यबाट चलेको वडा बनाउनुपर्छ,‘यहाँको एकताले सबैतिर सकारात्मक सन्देश प्रवाह गर्छ’ अध्यक्ष पुनले भन्नुभयो ।

५ बर्षसम्म छुवाछुत बिरुद्धका अभियानमा गरिएका गतिविधिलाई आगामी दिनमा समेत निरन्तरता दिदैै घोषणालाई ब्यवहारमा उर्तानुपर्ने अध्यक्ष पुनको भनाई थियो । सोही अवसरमा बेनी नगरकार्यपालिका सदस्य मनकुमारी विकले जातिय छुवाछुत कानून बमोजिम डण्डनिय भएतापनि अहिले पनि समुदायमा छुवाछुत भएको देख्नुपरेको बताउनुभयो।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिले घोषणाले जातिय छुवाछुतमुक्त अभियानमा लागेका अगुवाहरुलाई भकिम्लीसम्म आउने वातावरण बनाउने गरी काम गर्नुपर्नेमा जोड दिएका थिए ।

बि.स २०७४ सालदेखि आन्तरिक दलितभित्रको छुवाछुत बिरुद्धको अभियान, घरदैलो अभियान, जिविकापार्जनको लागी विभिन्न आयआर्जन हुने योजना, सहभोज तथा टोलटोलमा प्रतिबद्धता, प्रभावकारी भाषणकला तालिम, वडाभित्रका सबै बस्तीमा पुगेर विभिन्न रचनात्मक कार्यहरू सञ्चालन लगायतका विभिन्न कार्यक्रमहरू गरिएको प्रगतिशिल दलित मञ्चका अध्यक्ष रामबहादुर किसानले बताउनुभयो ।

उहाँले भकिम्लीमा रहेको १ सय ५८ दलित घरधुरीमात्रै नभई सबै जातजाति बिचको सहकार्य हुने कार्यक्रमहरुलाई भविस्यमा पनि निरन्तरता दिने बताउनुभयो ।

घोषणा कार्यक्रममा अन्तरजाति विवाह गर्नेलाई सम्मान, अभियानलाई सफल पार्नका लागि विभिन्न क्षेत्रबाट सहयोग पु¥याउने व्यक्ति तथा निकायहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । घोषणा कार्यक्रममा मञ्चकी सचिव उमा विकको स्वागत र सञ्चारकर्मी वादल शाहीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

बेनीबजारमा अव्यवस्थित तारका कारण जोखिम

0

बेनी नगरपालिकाको ७ र ८ नं वडामा पर्ने जिल्ला सदरमुकाम बेनीबजारमा जडान गरिएको सडकबत्ती नबलेको एक हप्तायता बलेका छैनन् । बत्ती बल्न छाडेपछि बेनी नगरपालिकाले समस्या पहिचान गर्न दुई प्राविधिकलाई दुई दिनसम्म परिचालन गर्यो । समस्या पहिचान हुन नसक्दा सडकबत्ती मर्मतमा ढिलाइ भएको बेनपा–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।

“ विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण त्यही पोलमा राखिएको सडकबत्तीको समस्या पहिचान गर्न सकिएको छैन”, उनले भने, “अव्यवस्थित तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै बजारको सौन्दर्यमा पनि असर परेको छ ।”

बेनी बजारका विद्युत्का पोलमा नेपाल टेलिकमका टेलिफोनका साथै निजी क्षेत्रका केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको पनि तार तानिएको छ । वर्षौँ पुराना र काम नलाग्ने तार पोलबाट हटाइएको छैन । विद्युत्का पोल तारको गुजुल्टाले फेटा गुथाएजस्तो भएका छन् । जसका कारण विद्युत् पोलमा भार बढेको छ ।

सडकबत्ती मर्मतसँगै विद्युतका पोलमा राखिएका अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता देखिएकाले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । प्राधिकरण र तार प्रयोग गरेर केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग छलफल गरेर आगामी असोज महिनाभित्र व्यवस्थापन गरिसक्ने योजना बनाएको उनले बताए ।

बेनी नगरपालिकाले बजारको सडक छेउमा रातको समयमा उज्यालो बनाउन सडकबत्ती जडान गरेको छ । बजारलाई सुरक्षित बनाउन, रातको समयमा हुने अपराध न्यूनीकरण र अनुसन्धानमा सघाउने उद्देश्यले सडकबत्ती जडान गरिएको हो । सडकबत्ती बल्न छाडेपछि सुरक्षा चुनौती बढेको बजारवासीले बताएका छन् ।

गत असोजमा नेपाल विद्युत् प्राधिकरणले सम्झौताबिनै विद्युत्का पोलको प्रयोग गरेर भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने अभियान थालेको थियो । तर केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको आन्दोलन र दबाबपछि प्राधिकरण पछि हटेको छ ।जिल्लामा दुई केबल टिभी र पाँचवटा इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेका छन् । पोल प्रयोग गरेवापत ती कम्पनीले प्राधिकरणलाई प्रतिकिलोमिटरका दरले भाडा तिर्नुपर्ने नियम छ ।

विश्व कीर्तिमानी आरोही पूर्जालाई बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित ‘एमबीई’

0

विश्व कीर्तिमानी युवा नेपाली पर्वतारोही निर्मल पूर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’ बाट सम्मानित भएका छन् ।बेलायती महारानीको जन्मदिनको अवसरमा सन् २०१८ जुनमा सम्मान सूचीमा परेका पूर्जालाई बुधबार वीन्जर क्यासलस्थित दरवारबाट अवार्ड प्रदान गरिएको हो ।

पूर्जाले सन् २०१६ मा हिमाल आरोहणमा रहेका गोर्खाहरुलाई उद्वार गर्नुका सन् २०१७ मा ८ हजार भन्दा माथिका हिमाल आरोहण गरेर उनलाई सम्मान गरिएको हो ।

श्रीमती सूची, घरपरिवार, दाजु तथा साथीभाइको साथ सहयोगले आफू सफल भएको उनले बताएका छन् । ‘मलाई सहयोग गर्ने सम्पूर्ण व्यक्तिलगायत मेरो पुस्तक र वृत्तचित्र हेरेर साथ दिने सबैलाई धन्यवाद दिन चाहन्छु’- पूर्जाले सामाजिक सन्जाल फेसबुकमार्फत भनेका छन् ।

उनी संसारकै दोस्रो अग्लो हिमाल ‘के-टु’ जाडो याम (विन्टर सिजन) मा चढ्ने पहिलो व्यक्तिको रुपमा नयाँ रेकर्ड बनाउन सफल भएका थिए । उक्त हिमाल आरोहण गर्ने क्रममा हालसम्म ७ दर्जन बढीले ज्यान समेत गुमाइसकेका छन् ।पूर्व गोर्खा सैनिक समेत रहेका म्याग्दीका निर्मलले सन् २०१९ मा ६ महिनाभित्रै विश्वका ८ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । Source: nepalilink.com

म्याग्दीमा दुई तिहाइभन्दा बढी पुँजीगत बजेट खर्च हुन बाँकी

0

चालु आर्थिक वर्ष २०७८/७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको पुँजीगततर्फ ३२.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक रामभक्त रानाभाटले बिहीबारसम्म सङ्घीयको चालुतर्फ ८२.७८ प्रतिशत र प्रदेशको चालुतर्फ ४८.४१ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । “तलबभत्ता, प्रशासनिक काम र स्थानीय तहलाई दिइने अनुदानसँग सम्बन्धित चालु बजेटको खर्च सन्तोषजनक छ”, उहाँले भन्नुभयो, “तर पुँजीगत खर्चलाई असारको अन्तमा मात्र नभएर अन्य समयमा पनि कसरी बढाउन सकिन्छ भन्ने बहस हुनुपर्ने देखिन्छ ।”

पुँजीगततर्फ सङ्घीयको रु ५४ करोड २० लाख ८३ हजार विनियोजन भएकोमा हालसम्म रु १० करोड ७६ लाख ९५ हजार ४८६ र प्रदेशको रु ७८ करोड ५३ लाख विनियोजन भएकोमा रु २५ करोड ४० लाख ४५ हजार ५६८ खर्च भएको छ । चालुतर्फ सङ्घीय सरकारले स्थानीय तहलाई दिने अनुदानसहित रु तीन अरब ३४ करोड तीन लाख ७७ हजार ४१४ विनियोजन भएकोमा रु दुई अर्ब ७६ करोड ४८ लाख ६२ हजार ३१४ खर्च भएको छ । चालुतर्फ प्रदेशको रु ४७ करोड ४० लाख ९८ हजार विनियोजन भएकोमा रु २२ करोड ९४ लाख ९७ हजार ४३६ खर्च भएको कोलेनिकाले जनाएको छ ।

समयमा खर्च गर्ने अख्तियारी नआउने, ठेक्का र खरिद प्रक्रिया पूरा गर्न दोस्रो चौमासिकसम्म समय लाग्ने तथा कतिपय भएका कामको भुक्तानी पनि अन्तिम समयमा माग्ने चलनका कारण पुँजीगत बजेट खर्च कम देखिएको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । सङ्घीय कार्यालयमार्फत रु १२ करोड ३४ लाख ११ हजार ६२१ र प्रदेश कार्यालयमार्फत रु दुई करोड ६३ लाख ९२ हजार ७०५ राजस्व सङ्कलन भएको छ । कोलेनिकाले अन्तशुल्क दर्ता र नवीकरणबापत रु तीन लाख २७ हजार ९०० राजस्व सङ्कलन गरेको छ ।

नारच्याङमा युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४, नारच्याङमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा जागरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा हिँजो (बुधवार) युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियानको कार्यक्रम गरिएको हो ।

युवासँग महालक्ष्मी लाइफ बिमा जागरण राष्ट्रिय अभियान अन्तर्गत म्याग्दीको उत्तरी भेगको नारच्याङमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सहजीकरण गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले मानवीय क्षति सँगसँगै आउने आर्थिक क्षतिबाट बचाउने सबैभन्दा उत्तम उपाय बिमा भएको बताउनुभयो ।

धौलागिरि क्षेत्रीय प्रमुख आचार्यले बीमाले बचत गर्ने बानीको विकास गर्ने तथा बालबालिकाको उच्च शिक्षाको अध्ययनमा सहयोग पु¥याउने हुँदा बीमा अनिवार्य भएकोमा जोड दिनुभएको थियो । कार्यक्रममा बीमाको परिचय, बीमाको आवश्यकता, महत्व, बीमा गर्नुका फाइदा र महालक्ष्मी लाइफ इन्स्योरेन्सको राष्ट्रिय अभियानको उद्देश्यमाथि प्रमुख आचार्यले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता एवं सिर्जनशील आमा समूह नारच्याङका अध्यक्ष नरिमाया पुन गुरुङले बीमा जागरण कार्यक्रमले आम मानिसमा बीमाप्रतिको जानकारी र आकर्षण बढ्ने बताउनुभयो । कार्यक्रम अभिकर्ता एवं आमा समूहका अध्यक्ष नरिमाया पुन गुरुङको अध्यक्षता र महालक्ष्मी लाइफ बेनी शाखाका कर्मचारी लक्ष्मण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

महालक्ष्मी लाइफले युवा वर्गमा बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले ’युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान’ कार्यक्रम गत वर्षको २०७८ असोज महिनाबाट सञ्चालनमा ल्याएको थियो । बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम गएको चैत्रसम्म ८० भन्दाबढी स्कुल, कलेज र स्थानीयस्तरमा सञ्चालन भैसकेको छ । पहिलो चरणको बीमा जागरण अभिायन प्रभावकारी भएकाले यससम्बन्धी नयाँ कार्यक्रम आउने महालक्ष्मीले जनाएको छ ।

फेरिदै रुम गाउँको मुहार

0

पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन । गाडी भेट्न पैदल हिडेर दरबाङ बजार झर्नुपथ्र्यो । दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपथ्र्यो । विरामीलाई अस्पताल लग्न स्ट्रेचरमा राखेर घण्टौंसम्म पैदल हिड्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि म्याग्दीको मालिका गाउँपालिका २ रुम गाउँका स्थानीयवासीका दुःख, पीडा भएपनि संघीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि दुर्गम रुम गाउँको मुहार फेरिएको छ ।

रुम वासीका दुःख र पीडाहरुमा मलम लागेको छ । गाउँमा सडक पुगेको छ । यो पाँच वर्षको अवधिमा रुमका सवै वस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारबाट बजेट भित्रिन थालेपछि गाउँको विकासको ढोका खुलेको छ ।

घर आङ्गनबाटै रुम वासीहरु मोटर चढेर पालिका केन्द्र दरबाङ र बेनीसम्म पुग्ने सुविधा पाएका छन् । घर घरमा खानेपानीको सुविधा पुग्यो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यो पाँच वर्षको अवधिमा रुमका सबै वस्तीमा सडक पुगेको पूर्व वडा अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । पहिला गाउँमा विकास बजेट नै न्यून आउँथ्यो उहाँले भन्नुभयो ‘स्थानीय सरकार बनेपछि गाउँको विकासका लागि करोडौं रकम भित्रिन थाल्यो । गाउँपालिकाका साथै संघ र प्रदेशबाट सडक, शिक्षा र स्वास्थ्य लगायतका पूर्वाधारका क्षेत्रमा राम्रो बजेट आएपछि गाउँमा परिवर्तन आयो ।’

पाँच वर्षे अवधिमा अधिभरादेखि रुम गाउँ आउने मुख्य सडकका साथै आठ वटा अन्य सडकहरु निर्माण भएको उहाँले बताउनुभयो । गाउँका सवै वस्तीमा सडक पहुँच विस्तार भएको छ । पूर्व वडाध्यक्ष पुनले भन्नुभयो ‘पहाड कमजोर भूगोल भएकाले बाह्रै महिना सडक सञ्चालन गर्न चुनौति छ ।’ सडक स्तरोन्नती र सडक पुलको व्यवस्था मिलाउन सके रुम गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।

विद्यालयको भौतिक पूर्वाधारका क्षेत्रमा पनि पाँच वर्षको अवधिमा राम्रो विकास भएको उहाँले बताउनुभयो । विद्यालयमा भवन निर्माण, फर्निचरको व्यवस्थापन, खेल मैदान निर्माण, घेराबार तथा शौचालय निर्माण भएका छन् ।

पाँच वर्षको अवधिमा विभिन्न स्थानमा गरेर पाँचवटा झोलुङ्गे पुलहरु निर्माण भएका छन् । जसले  स्थानीयवासीलाई आवत जावतमा सहजता मिलेको छ । संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि रुम गाउँमा विकास भित्रिन थालेको स्थानीय युवा तारा रोकाले बताउनुभयो । गाउँमा सडक पुगेपछि दैनिक उपभोग्यवस्तु ढुवानी मूल्य आधाले घटेकाले सुलभ दरमा गाउँमै दैनिक उपभोग्यवस्तु पाउन थालेको बताउनुभयो ।

गोरु काटेको आरोपमा पक्राउ परेकालाई रिहाई गर्न माग

0

दुई साता अगाडी गोरु काट्दै गरेको अवस्थामा पक्राउ परेकालाई विना शर्त हिरासतमुक्त गर्न मंगोल नेशनल अर्गनाइजेशनले माग गरेको छ । मालिका गाउँपालिका–६ दुखु बेसीमा गोरू काट्दै गरेको अवस्थामा सोही गाउँपालिका–६,दुखुबेसीका नौजनालाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया सुरू गरेपछि बिहिबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै अहिन्दुको हित विपरित काम नगर्न माग गरिएको छ ।

जिल्ला अध्यक्ष डेकबहादुर पुन (डिके पुन)ले मंगोल मौलिक, धर्म, संस्कार र संस्कृतिमा गोरूले कुल पुज्ने परम्परा रहेकाले मौलिकतामा प्रहार गदै पुर्खा देखि चलि आएको संस्कारमा हस्तक्षेप नगर्न माग गर्नुभयो ।‘मंगोलको संस्कार माथि प्रहार भइरहेको छ,‘गोरु काटेकै आरोपमा पक्राउ गरी धर्म निरपेक्षताको खिल्ली उडाइएको छ’ पुनले भन्नुभयो ।

मंगोलले आफ्ना कार्यकर्तालाई तत्काल रिहाई गरी सहज वातावरण बनाउन समेत माग गरेको छ। ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीले उनीहरूलाई दुईवटा गोरु काट्दै गरेको अवस्थामा ५ महिलासहित ९ जनालाई पशुपंक्षी सम्वन्धी कसुर मुद्दा दर्ता गरिएको थियो ।

बर्खालागेपछि बल्ल बगरफाँट बस्ती जोगाउन म्याग्दी नदीमा तटबन्ध सुरु

0

म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका-२ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना अन्तर्गत म्याग्दी नदी किनारामा ग्याबिन जाली लगाउने काम बर्खा सुरु भएपछि बल्ल सुरु भएको छ ।

हिउँदमा सुरु भएर अहिलेसम्म सम्पन्न भइसक्नुपर्ने नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि तटबन्धको काम बर्खालागेपछि बल्ल सुरु भएको हो । बर्खा सुरु हुनै लाग्दा थालिएको योजनाले पूर्णता नपाउने, बाढीले क्षति गर्ने, लगानी खेर जाने र जोखिम बढ्ने चुनौती देखिएको छ ।

खानेपानी, जलस्राेत तथा सिञ्चाइ डिभिजन कार्यालय म्याग्दीले यसवर्ष बगरफाँट संरक्षणका लागि म्याग्दी नदीकटान रोक्न ग्याबिन जाली लगाउन रु १५ लाख विनियोजन गरेको थियो । सोही बजेटबाट अहिले १२५ थान ग्याबिन जाली लगाउने काम मङ्गलबारदेखि सुरु भएको बगरफाँट–म्याग्दीखोला नदी नियन्त्रण योजना उपभोक्ता समितिका पूर्व अध्यक्ष नारायण कार्कीले बताए । उनका अनुसार यसवर्ष बगरफाँट–डम्मरा जोड्ने झोलुङ्गे पुल तलको म्याग्दी नदी किनारको ५५ मिटर क्षेत्रमा १२५ थान ग्याबिन जाली लगाउने काम सुरु भएको हो । समयमा नै बजेट उपलव्ध नभएको र नयाँ बनेको समितिले काम गर्न अग्रसरता नदेखाएको कारण तटबन्धको काम ढिलो गरी सुरु भएको उनले बताए ।

यस अघि आर्थिक वर्ष २०७७ ÷७८ मा रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको रु ५० लाखको लागतमा सोही क्षेत्रमा ग्याबिन जाली भरेर तटबन्ध गरिएको थियो । तर म्याग्दी नदीमा आएको बाढीले सो तटबन्ध बगाइदिएपछि समस्या बस्ती नै जोखिममा परेको थियो । दुई वर्षअघि सङ्घीय सांसद भूपेन्द्रबहादुर थापाको पहलमा रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले बगरफाँटको बस्ती संरक्षणका लागि डिपीआर ९विस्तृत आयोजना प्रतिवेदन० तयार गरी एक वर्षभित्र काम सम्पन्न गर्ने गरी संरक्षण आयोजनाको काम सुरु गरेको थियो ।

विसं २०५७ मा म्याग्दी नदीमा आएको बाढी र त्यसपछि निरन्तर रूपमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेपछि विगतका वर्षमा सामान्य ग्याबिन जालीको प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको भए पनि त्यो प्रभावकारी भएको थिएन । करिब दुई सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहेपनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयवासीले बताएका छन् । २०७६ सालमा स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रु १० लाखबाट नदीजन्य वस्तुको स्थानान्तरण गराई उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम गरिएको पूर्व अध्यक्ष कार्कीले बताए ।

उहाँका अनुसार म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी–६ डम्मराका बासिन्दाको आपसी सहमतिमा म्याग्दी नदीको करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्य वस्तु ९ढुङ्गा, गेगर, बालुवा० आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो । नदीले बगरफाँटको करिब १५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिव मन्दिर क्षेत्र, पलाँसे र जरुवा उच्च जोखिममा परेका छन् । बगरफाँट सदरमुकाम बेनी बजारसँगै जोडिएको कृषिका लागि उर्वर फाँट भएको गाउँ हो ।

error: Content is protected !!