खतरा रैछन सिडियो साहेब, साउथ इन्डियन फिल्मको हिरो जस्तो । वैशाख १ गते सम्म गर्ने भनिएको म्याग्दी पर्यटन महोत्सब चैत्र ३० गते नै समापन हुने भएको छ । कुनै महोत्सब यस्तो पनि हुन्थ्यो, ७ दिन भनिएको महोत्सब ९ दिन सम्म लम्बिन्थ्यो । महोत्सवको अवधिमा अधिकांश साँझ सिडियो साहेब महोत्सब स्थलमै हुन्थे । कहिलेकाहीं त उद्घोषक को माइक समातेर आई लव यू भनेर कुर्लन भ्याउँथे ।

तर जनहितमा अहिलेका सिडियो साहेबको चट्टानी अडानलाई सम्मान गर्दछु । ऋषि धमलाको जनता जान्न चाहन्छन् भन्ने कार्यक्रम हेर्दा मैले सधैं मलाई जनता भएको महशुस गरिन्, तर यो घटना पछि भने जनता रहेछु जस्तो लाग्यो । आयोजकको कमजोरी नभएको होइन । समाजलाई समन्वय गरेर महोत्सव प्रति अपनत्व अनुभव दिलाउन नसक्नु आयोजकको भूल देखियो तर महोत्सब आयोजकको गुनासो भने फरक थियो कि महोत्सब शुरुहुनु भन्दा अघि नै विविध बहानामा गर्भ मै तुहाउन खोजियो ।

सामान्य कुराहरूमा विवाद र चर्चा गरियो । जबर्जस्ती राजनैतिक रंगले रंगाइयो । प्रशासन शुरू देखिनै महोत्सवको प्रतिपक्ष देखियो । म्याग्दी उद्योग वाणिज्य संघको बैठकमा नै विषय उठान गरेर संघ र त्यसका पदाधिकारी हरुले महोत्सवको आलोचना गरेर अपरिपक्वता प्रदर्शन गर्दै उबासंघलाई च्यालेन्ज गर्न खोजेको दम्ब राखे ।जे भयो र हुँदैछ, राम्रो पक्कै होइन । बरु बेनीमा।मात्र होइन, म्याग्दीमा हुने हरेक मेला महोत्सवको गम्भीर समीक्षा गर्ने बेला आएको छ ।

नारामा जस्तै स्थानिय कला संस्कृतिको संरक्षण र प्रवद्र्धन मा यस्ता मेला महोत्सव सहयोगी भएका छन् ? स्थानिय उद्योग व्यवसायलाई टेवा पुगेको छ ? रमाइलो मेला, राष्ट्रिय कलाकार र खानपान सहितको मनोरञ्जनमा कति रकम जिल्लाबाट बाहिरिन्छ ? अनि त्यस्तो खाले मेला महोत्सवको औचित्य के छ ? प्रशासन मात्र होइन मौषम र सामाजिक सञ्जालमा विश्लेषक हरु पनि महोत्सवको प्रतिकूल देखिए ।

पहिलेको महोत्सवमा महोत्सव स्थल भित्रै लडाई झगडा नभएका।होइनन्, मञ्चमा नै पुगेर खुकुरी नतल्काएको पनि होइन । तर नबुझेर हो या नियोजित हो विदेशमा बसेका दाजुभाइ हरुपनि सुनेकै भरमा महोत्सवको विपक्षमा समय खर्चिए । जसरी यो महोत्सवलाई शुरू देखिनै नियन्त्रण गर्दै रोकियो, के भोलिको दिनहरूमा गरिने सबै महोत्सव हरुमा त्यही निर्णयलाई कार्यान्वयन गर्न प्रशासन सक्षम छ ? होइन भने त साउथ इन्डियन

फिल्मको अन्त्यमा अर्कै नाटकीय रूप लिएर हिरो खलनायक भए जस्तै नहोला भन्न सकिँदैन । अर्को महोत्सव हुँदासम्म अहिलेका सिडियो साहेबको सरुवा भई सक्ला तर यो महोत्सव रोक्नको लागि सकारात्मक पहलकदमी गर्ने नेता ज्यु हरु भने म्याग्दी मै रहने छन् । हेरौ उहाँहरुको भूमिका कस्तो हुने हो , नत्र मेला महोत्सव पनि गर्नु नपर्ने, राष्ट्रिय कलाकार पनि ल्याउनु नपर्ने, बेनीको वीरेन्द्र चोकमा पशुपती शर्माको गीत घन्काउँदै सबै जना नाच्दै रमाइलो लिन सकिन्छ…. लुट्न सके लुट कान्छा । धनञ्जयकुमार श्रेष्ठको फेसबुकबाट 

Leave a Reply