निरन्तरको बर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका दर्जनौ ठाउँमा पहिरो गएको छ । पर्वतको मोदी गाउँपालिकाको पातीचौर देखि कुस्माबजार सम्म दर्जनौ ठाउँमा ठुलाठुला पहिरो गएका कारण यातयात अबरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका ८ दोबिल्ला र चुवामा गएका पहिरो हटाउन हप्ता दिन लाग्न सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक शिबराज बुढाथोकीले बताउनुभयो ।

‘दर्जनौ ठाउँमा गएका पहिरो हटाउन दुईतर्फी रुपमा डोजर प्रयोग गर्दा पनि हप्ता दिन लाग्न सक्छ,’ उहाँले भन्नुभयो ‘ यातयात सुचारु गर्ने प्रयास शनिबार बिहानै देखि शुरु गछौ, बर्षा रोकियो भने केही छिटो पनि हुन सक्छ ।’मध्यपहाडी लोकमार्गको पर्वतको कुश्मा देखि पातीचौर सम्म सडक अबरुद्ध भएपछि पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा बाहिरी जिल्ला संगको सम्पर्क टुट्छ ।

 

 

 

 

 

Leave a Reply