नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रेल आउन समय लाग्ने बताउनुभएको छ । पर्वत सदरमुकाम कुस्मामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रेलको सपना पुरा हुन समय लाग्ने भएकाले प्रतिक्षा गर्नुपर्ने बताउनुभयो ।

आमसभामा सम्बोधन गदैं ओलीले आफुँले पर्वतमा आएर भनेको कुरा धेरैले सम्झिरहेको बताउँदै आजको भोली रेल आउँछ भनेर उडाउने गरिएको बताउनुभयो । आज भनेको भोलि नै आइपुग्छ रेल ? धागो तान्या होर ?’

ओली यसअघिको निर्वाचनमा आफ्नो पार्टीको सरकार बनेको खण्डमा मध्य पहाडी रेल मार्गको स्थापना हुने र पर्वतको कुस्मामा ट्रेन स्टेसन बन्ने घोषणा गर्नुभएको थियो । गएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा केही बर्षमा पर्वतमा रेल आउने, त्यो बेनीसम्म पुग्ने भन्दै अध्यक्ष ओलीले गरेको भाषण अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ ।

ओलीले आफ्नो नेतृत्वमा चीनको नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी नलाग्ने अवस्था सिर्जना हुने दाबी पनि गर्नुभएको थियो । पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै काफी भएको धारणा पनि राख्नुभएको छ ।  ‘गठबन्धनले एमालेको गुँड चलाउने प्रयास नगरे हुन्छ। हिजो हामीलाई अरिङ्गाल भन्थे । अरिङ्गाल कस्तो हुन्छ आगामी स्थानीय चुनावमा देखाइदिन्छौ ।’

Leave a Reply