आगामी बेशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले म्याग्दीले कुनै दलसँग छलफल तथा औपचारिक वार्ता नभएको बताएको छ। निर्वाचनको मिति नजिकदैं जाँदा बजारमा बाम तालमेलको चर्चा हुन थालेपछि नेकपा एमालेका अध्यक्ष देबेन्द्रबहादुर केसीद्धारा जारी विज्ञप्तीमा निर्वाचनमा चुनावी तालमेलका बिषयलाई लिएर बिपक्ष कुनैपनि दल वा नेताहरुसंग आधिकारिक रुपमा भेटघाट,तथा सम्वाद नगरिएकाले भ्रममा नपर्ने अपिल गरिएको छ।

दलहरु बिच सहकार्यका लागि एमालेले गोप्य रुपमा वार्ता गरिरहेको छ भनेर बाहिर कुरा आउन थालेकाले यो सरासर भ्रम भएको अध्यक्ष केसीको भनाई छ। म्याग्दीमा पाँचदलीय गठबन्धनले निर्वाचनमा तालमेल गर्ने सहमति गरेपछि नेकपा एमालेले विज्ञप्ती निकालेको हो । नेकपा एमालेले जनताको लोकप्रिय पार्टी भएकाले आगामी निर्वाचनमा जिल्लाभर एक्लै मैदानमा आउने संकेत गरेको छ ।

स्थानीय तहको निर्वाचनमा अघिल्लो बाम शक्ती बिचको चियागफमा तालमेल सहित निश्चित स्थानीय तहमा सहकार्य गर्न एमाले सकारात्मक रहेको भन्दै हल्ला चलेपछि एमालेले विज्ञप्तीमार्फत भ्रामक भएको बताएको हो । जिल्लामा विभिन्न ५ दलविच गठवन्धनलाई एमालेले एक्लै परास्त गर्ने नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

‘एमाले एक्लै चुनाव लड्न सक्षम छ कसैसंग तालमेलको आवश्यकता छैन,‘जिल्लाका धेरै पालिकामा हामीले एक्लै जित्छौ’ जिसीले भन्नुभयो ।आसन्न स्थानीय तहको निर्वाचनमा आफ्ना उम्मेदवारलाई जित दिलाउन लागि खटिएर लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई एमाले म्याग्दीले आग्रह गरेको छ ।

Leave a Reply