नेक्स्ट माेडेल नेपालीको आयोजनामा हुने Model Hunt Nepal साताै संस्करणमा म्याग्दीका रुविन श्रेष्ठ फाइनल राउण्डका लागि स्थान सुरक्षित गर्न सफल भएका छन् । बुबा कुविर कुमार श्रेष्ठ र आमा जुनु उदास श्रेष्ठकाे काेखबाट २६ वर्ष अगाडि बेनी बजार म्याग्दीमा जन्मेका रुविन २५ जुनदेखि ९ जुलाईसम्म काठमाडौंमा सम्पन्न अडिसन राउन्ड पार गरेका हुन् ।
१८ वर्षदेखि २८ वर्षसम्मका उमेर समुहका महिला र पुरुषले भाग लिन पाउने उक्त प्रतियोगितामा आयाेजकले पुरुष तर्फ २५ जना र महिला तर्फ २७ जनालाई फाईनल राउन्डमा स्थान दिएकाे छ । श्रावण २८ गते हुने Grand Finale मा दाेस्राे चरणमा टप १२ र अन्तिम चरणमा टप ३ छनाैट गर्दै नयाँ विजेता घाेषणा गर्नेछ । प्रतियोगिताको विजेताले थाङल्याण्डमा सेप्टेम्बरमा हुने अन्तर्राष्ट्रिय माेडलिङ प्रतियोगिता “सुपर माेडल ईन्टरनेशनल”मा नेपालको प्रतिनिधित्व गर्नेछन् । मिस नेपाल २०२० श्रृंखला खतिवडाले निर्णायककाे भुमिका निभाउने भएपछि प्रतियोगिता थप चर्चामा छ ।
“माेडलिङकाे उत्कृष्ट प्लेटफर्म त हाे नै, अन्तरास्ट्रिय स्तरकाे माेडेल उत्पादन गर्ने प्रतियोगिताले ३० दिनसम्म चल्ने तालिम अवधिमा व्यक्तित्व विकास गराउने, भाषणकला र सञ्चार कला विकास गर्न सकिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा माेडलिङ गर्न फेसन शाेमा प्रस्तुत हुन पाईने, विज्ञापन तथा म्युजिक भिडियोहरुमा अवसर दिलाउने, ड्रेस र मेकअप सेन्स, क्याटवाक, स्टेज पर्फमेन्स लगायतका विषयमा पाेख्त गराउने, आत्म विश्वास बढाउने भएकाले भाग लिन उत्साहित भएकाे हुँ” उत्साहित हुँदै रुविन थप्छन्-“आफ्नो र जिल्लाको नाम राख्न चाहन्छु ।”
“सानैदेखि माेडलिङमा रुचि थियो”-एकै स्वरमा बुबाआमा श्रेष्ठ दम्पतीले थपे-“यसका लागि जिल्लाबासी सहित देश र विदेशमा रहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुकाे साथ र समर्थनकाे खाँचो छ । आशा छ अवश्य साथ दिनुहुनेछ ।” म्याग्देली ठिटो रुविनलाई विजेता बनाउन भाेट गर्नु पर्ने हुन्छ, जस्काे लगि “खाेल्टी” एप्प प्रयोग गरि भाेटिङ गर्न रुविनले अपिल गरिसकेका छन् ।
रुविनलाई भाेट गर्न चाहने स्वदेशमा रहनु हुने शुभचिन्तकहरुले Khalti Apps डाउनलाेड गरि आफ्नो Account खाेली “Recharge and bill payment” sections मा Voting मा गएर Model Hunt Nepal काे व्यानरमा गई Vote Now लाई Click गर्ने, त्यसपछि Male Category लाई Click गरेर M10 मा रहेकाे Ruwin Shrestha काे फाेटाे खाेजेर रुविन श्रेष्ठलाई भाेट गर्न सक्नु हुनेछ ।
त्यस्तै विदेशमा रहनु हुने शुभचिन्तकहरुले भने Khalti.Com लाई Sign up गर्ने अनि माथिकै प्राेसेसबाट भाेट गर्न सक्नुहुनेछ । बेनी बजारमा नेवार समुदायबाट नचाइने परम्परागत नाँचहरुमा सक्रिय भै लाखे, घाेडा र नागा नाचमा र बाजागाजामा आफ्नो प्रतिभा प्रष्फुटन गरेका र भर्खर नेपाल भाषा मंका: खल: अन्तर्गत ल्याम्ह पुच: म्याग्दीको सहसचिव चयन भएका रुविन म्याग्देलीले विरलै राेज्ने गरेकाे माेडलिङ क्षेत्रबाट पहिचान बनाउने काेशिसमा छन्, जिल्लाकाे नाम राख्न चाहन्छन् । यसकाे लागि सबैको साथ र समर्थनकाे आवश्यकता छ । रुविनलाई सफलताको अग्रिम शुभकामना !

Leave a Reply