---Advertisement---

दिवंगत छोराको स्मृतिमा राहत कोषमा १ लाख १४ हजार सहयोग

On: September 4, 2026 9:53 PM
Follow Us:

म्याग्दीको एक परिवारले दिवंगत छोराको स्मृतिमा रसुवाको भोटेकोसी बाढी पीडितको लागि १ लाख बढी सहयोग गरेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगले घर भई हाल पोखरा महानगरपालिका–१९ लामाचौर बस्दै आउनुभएका एलिजा छन्त्यालको परिवारले आफ्नो दिवंगत छोरा डेनिस छन्त्यालको वार्षिक पुण्यतिथिको अवसरमा १ लाख १४ हजार १४ रकम रसुवाको भोटेकोशी बाढी पिडितको लागि सहयोग गर्नुभएको हो।


स्वर्गीय डेनिस छन्त्यालका बुबाआमा हिराप्रसाद र एलिजा छन्त्याल र बहिनी सोनी छन्त्यालले शुक्रबार उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नुभएको हो । दिवंगत डेनिस राइडर र भलगर समेत हुनुहुन्थ्यो । स्वर्गीय छोराको स्मृतिमा म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला भलिबल संघ म्याग्दीको सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागि जग्गा खरिदका लागि स्वर्गीय डेनिस छन्त्यालका बुबाआमा हिराप्रसाद एलिजा छन्त्याल र बहिनी सोनी छन्त्यालले ३ लाख सहयोग गर्नुभएको थियो ।

Leave a Comment