दीपावलीका अवसरमा क्यान्डल बाल्ने क्रममा आगलागी हुँदा बागलुङको ताराखोला गाउँपालिका–३ हिल गाउँमा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।
आज साँझ स्थानीय थमबहादुर पुनको घरमा बालिएको क्यान्डलबाट आगो सल्किएको थियो ।
आगलागी भएपछि घरभित्र रहेको ग्यास सिलिन्डरसमेत विस्फोट हुँदा ढुङ्गा माटोले बनेको तीन तले कच्ची घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।
आगलागीबाट घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । मानवीय क्षति हुनबाट भने जोगिएको छ ।















