ताप्लेजुङको ओलाङचुङगोला र तिब्बत सीमा क्षेत्रनजिक ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार मंगलबार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। यसको धक्का काठमाडौंसहित नेपालका विभिन्न भागका साथै भारत, बंगलादेश, भुटान र चीनमा पनि महसुस गरिएको थियो।
केन्द्रले भूकम्पको स्थानीय म्याग्निच्युड ५.६ मापन गरेको जनाएको छ। भूकम्पबाट भएको क्षति तथा अन्य विवरणबारे भने थप जानकारी आइसकेको छैन।















