Saturday, June 28, 2025
22.4 C
Beni
22.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 1152

गलेश्वर दशर्न गरेर फर्किने क्रममा ट्याक्सी दुर्घटना, चारजना घाईते

बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरबाट दर्शन गरी फर्किदै गरेको ट्याक्सी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

महाशिवरात्रीको अवसरमा गलेश्वर दर्शन गरी फर्किन क्रममा ध १ ज ४७५ नम्बरको ट्याक्सी दुर्घटनामा चालकको असावधानीका कारण सडकबाट खसेको ट्याक्सीमा सवार पर्वतकी लक्ष्मी शर्मा, सुनिता शर्मा हिमलाल शर्मा र पृथिविनारायण शर्मा घाईते भएका छन् ।

घाईतेको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाईतेको अवस्था खतरामुक्त रहेपनि एक जनालाई थउ उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ट्याक्सी चालकले स्टाट गरी बाहिर निस्किएको अवस्थामा ट्याक्सी खसेको थियो ।

कोपिला पुनलाई उच्च शिक्षा पढ्ने खर्च जुट्यो (भिडियो)

म्याग्दीको मंगला गाउँपालिका-१,पूर्णगाउँकी १८ बर्षिया कोपिला पुनलाई उच्च शिक्षाका लागि आवश्यक पर्ने खर्च जुटेको छ। लामो समयसम्म जटिल रोगका कारण अस्पतालमा विताएकी पुनलाई अस्ट्रेलियामा रहेको स्टुडेन्ट भाइब्सले रेखा मेमोरियल ट्रष्टसँग सहकार्य गरी म्याग्दी बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत पुनलाई नगद ५० हजार सहयोग गरिएको हो ।

चरम गरिबीकै कारण उच्च शिक्षालाई निरन्तरता दिन समस्या भएको समाचार बेनीअनलाइनमा प्रकाशित भएपछि अस्ट्रेलियाको प्रतिष्ठित शैक्षिक परामर्श केन्द्रका सञ्चालक एवम् ट्रष्टका अध्यक्ष बद्री बरुवाल र केदार बरुवालले बुधबार एक समारोहक बिच मामा तेजेन्द्रबहादुर थापा र क्याम्पसमा ब्यवस्थापन संकायतर्फ स्नातक दोस्रो बर्षमा अध्ययनरत अपाङ्ग विद्यार्थी सोमप्रसाद सापकोटामार्फत उक्त सहयोग हस्तान्तरण गरिएको थियो ।

म्याग्दी क्याम्पस भुपु विद्यार्थी मञ्चको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले क्याम्पसले छात्रबृत्ती उपलब्ध गराएपनि अन्य खर्च जुटाउन नसक्दा विद्यार्थीले पढाई छोड्ने अवस्थामा प्राप्त सहयोगले सहज भएको बताए ।

‘धेरै समस्या भएका विद्यार्थीहरूलाई धमाधम सहयोग प्राप्त हुन थालेपछि उत्साहित भएका छौ,‘क्याम्पसले पनि विपन्न परिवारका विद्यार्थीलाई दिनसक्ने छुट दिएका छौ’ सुबेदीले भने ।

सोही अवसरमा पुनको उच्च शिक्षाका लागि धवलागिरी गाउँपालिका-६, मराङ घर भई हाल बेल्जियमबाट लालबहादुर पुनले ६ हजार २३२, बेनपा–१ अर्जम घर भई हाल हङकङबाट इन्द्र एलजी थापामगरले ५ हजार नगद सहयोग गरेका थिए।  उक्त सहयोग क्याम्पसमा सहायक प्रध्यापक तारानाथ शर्मा र विद्यार्थी पुनको संयुक्त हस्ताक्षरमा निकाल्न मिल्ने गरी वित्तिय संस्थामा राखिएको छ ।

File Video:

कार्यक्रममा रेखा मेमोरियल ट्रष्टमार्फत जिल्लामा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ती लगायत विभिन्न क्षेत्रमा भइरहेको सहयोगका ट्रष्टका संस्थापक सदस्य एवम् नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवालले अभियानका बारेमा जानकारी गराएका थिए ।

अस्ट्रेलियामा स्टुडेन्ट भाइब्सले पहिलोपल्ट ‘अब म पनि बोल्छु’ नामक वक्तृत्वकला प्रतियोगिताको आयोजना समेत गरेको छ। उक्त प्रतियोगिताको अवसरमा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षामा सहयोग गर्ने प्रतिबद्धता अनुसार म्याग्दीकी विद्यार्थीलाई आर्थिक सहयोग उपलब्ध गराइएको सञ्चालक बद्री बरुवालले बताए ।

‘यो अभियानमा जोडिन पाउँदा धेरै उत्साहित छु,‘पैसाकै अभावले कसैको पढाई रोकिनुहुदैन्,‘गरिबीले रोकिएको पढाईका लागि आवश्यक पर्ने खर्च सुनिश्चितता गर्न प्रतिबद्ध छौं’ बरुवाले भने । उच्च शिक्षाको सपना बोकेर क्याम्पससम्म पुगेकी कोपिलालाई आवश्यक खर्चको अभाव बारे समाचार पढ्दा भाबुक बनेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा निर्वतमान क्याम्पस प्रमुख टिकाराम सापकोटा, प्रध्यापक संघका अध्यक्ष नारायणप्रसाद सुबेदी लगायतको उपस्थिती रहेको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन भुपु विद्यार्थी मञ्चका सचिव अर्जुन पौडेल र अध्यक्षता अध्यक्ष लक्ष्मीनिधि रिजाल ‘बिमल’ले गरेका थिए । यसअगाडी समेत विभिन्न ब्यक्तीमार्फत विपन्न विद्यार्थीलाई गरिएको सहयोग हस्तान्तरणको मञ्चले संयोजन गदैं आइरहेको छ ।

यो पनि पढ्नुहोला : ‘कोपिलाको उच्च शिक्षा पढ्ने चाहना’ (भिडियो)

‘कोपिलाको उच्च शिक्षा पढ्ने चाहना’ (भिडियो)

 

भारतीय सेनामा छनौट हुन नौतुना गएका एक म्याग्देली युवाको मृत्यु

भारतीय सेनामा छनौटका लागि गएका म्याग्दीका एक यूवाको मृत्यु भएको छ। जिल्लाको रघुगंगा गाउँपालिका–२ साझापानी घर भएका २० बर्षिय अविनाश भण्डारी ४ महिना लामो छनोट प्रक्रियाबाट अन्तिममा छनौट भएपनि अचानम बिरामी भएपछि उपचारको क्रममा भरतपुरको अस्पतालमा मृत्यु भएको हो ।

भण्डारी छनौट प्रक्रियाको दौडमा उत्कृष्ट पाँचभित्र परेका थिए । नेपाल र भारतको सिमाना सुनौली (नौतुना) मा फागुन २३ गते बिरामी भएका भण्डारीको भरतपुरमा उपचारको क्रममा २५ गते अचेत भएका थिए । मृतक भण्डारीको बुधबार अन्त्येष्टी गरिएको छ ।

कुशल भलिबल खेलाडी समेत रहेका भण्डारीले गाउँपालिकास्तरीय राष्ट्रपति कप सहित जिल्लास्तरीय खेलमा समेत उत्कृष्ट खेल खेलेका थिए। भलिबल खेलसँगै गाउँका सहयोगी यूवाको रुपमा समेत चिनिन्थे । भलिबल खेलमा सम्भावना भएको यूवा गुमाएको म्याग्दीका भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले बताए ।

उनले पालिकास्तरीयसँगै भलिबल खेलमा समेत राम्रो गर्न सक्ने सम्भावना रहेको यूवालाई गुमाउनुपरेको बताए । भारती सेनामा भर्नाको लागि आवेदन दिएपछि उनी नियमित अभ्यास सहित भर्ना भएरै घर फर्किने बाचा गरेर गएको आफन्त मन्जु भण्डारीले बताईन् ।

‘भाईले सपना पुरा गरेपनि हामीसँग खुसी साट्ने धोको अधुरै भयो,‘राम्रो मान्छे भगवानको रोजाईमा हुदाँ रहेछन’ उनले भनिन् । शारीरिक रुपमा स्वास्थ्य, उचाई, तौल सहित अन्य प्रतिस्पर्धामा भण्डारीले उत्कृष्ट भएको आफन्तलाई बताउँदै आएका थिए । आर्कषक तलब, गाउँ घरमा सम्मानका कारण म्याग्दीका युवा भारतीय सेनामा आकर्षित हुने गर्छन्।

महाशिवरात्रीमा भक्तजनलाई अपिल,‘बहुमूल्य गरगहना घरमै राख्नुहोस्, अनिवार्य मास्क लगाई आउनुहोस्’

म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीमा दर्शन गर्न आउने भक्तजनहरुलाई शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा बहुमूल्य गरगहना नलगाई आउन अनुरोध गरेको छ।

महाशिवरात्रीमा दर्शन गर्न आउने भक्तजनहरुलाई विगतमा भक्तजनको गरगहाना चोरी भएकाले गरगहाना नलगाई आउन सार्वजनिक अपिल गरिएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बेनीअनलाइनलाई बताए ।

‘गरगहनाले भक्तजन नै असुरक्षित हुनुहुन्छ,‘भिडभाडमा हराएपनि भेटाउन मुस्किल हुन्छ’ बानियाँले भने । यसपटक भक्तजनको चाप समेत बढ्ने अनुमान गरिएकाले गरगहना र पूजाआजामा आवश्यक पर्ने बाहेकका साम्रागी नल्याउन र अनिवार्य मास्क लगाउनु पर्ने कोषले जनाएको छ ।

दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि सुरक्षाकर्मी बाहेक स्वयंमसेवक समेत खटाइने भएकाले भक्तजनलाई समेत पूजाआजामा भिडभाड नगरी सहज लाइनमा बसेर दर्शन गर्ने ब्यवस्था मिलाइएको कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताए। ‘गरगहनाको सट्टा मास्क लगाएर आउनुहोस्,‘मन्दिरमा आउने भक्तजनले सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गरेर सघाउनुहोस्’ अध्यक्ष कार्कीले भने ।

भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्ने तथा सेनिटाइजर लगाउनुपर्ने र भौतिक दूरी सकेसम्म कायम गर्ने गरी लाइनको व्यवस्था गरिएको छ । बेनीबजार आसपासमा क्षेत्रमा नक्कली गरगहनाले सक्कली साट्ने गरेको घटनालाई मध्यनजर गरी भक्तजनलाई सतर्कता अपनाउन अनुरोध गरिएको कोषले जनाएको छ ।

विगतमा मन्दिर भित्रबाट लाइनमै बसेका भक्तजनको गरगहना लुटिएको थियो । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मन्दिरमा पुजाआजा गर्ने गरिन्छ ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ ।

शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ । भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् ।

 

 

 

परमात्मा अवतरणको यादगार पर्व–महाशिवरात्री

आज हामी २१ औ सताब्दीको आधुनीक काल वा विज्ञानको युगमा अनेक भौतिक सुखको आनन्द त लिइनै रहेका छौ तर जुन आन्तरीक सुखको अन्र्तआत्माले अनुभूतिगर्न चाहन्छ त्यो उसले प्राप्त गर्नमा असक्षम भइरहेको छ।

मानवजीवनमाआजव्यक्तिगतखुशी, आनंद–उमंगको जन्म, व्यवसायिक सफलतावाउन्नतीआदि सँग सम्बन्धितधेरै कमअवसरहरु रहनगएका छन् जबकि सार्वजनिक, सामाजिकवा संगठित रुपमाखुशीको आदान–प्रदान, स्नेह, सद्भावनालाई सुदृढ गर्न वाअलौकिक आनंदबाट अभिभूत हुने अवसर त मानौ नगण्य हुदै गइरहेको छ।

यसै कारणले मानव एकांकी परिवार, व्यवसायिक परिवेषमातनाव, चिंतावाकमजोर सोच विचारमाजुझ्दै जीन्दगीबोझिलो तरीकाले काट्नमामजबुर बनेको छ। पर्व वा उत्सव वास्तवमा मानव जीवनमा एक नयाँ स्फूर्ति, जिज्ञासा, ताजगी, उमंग–उत्साहवाअतिन्द्रिय सुखको उजागर गर्नको लागिप्रारम्भ भएको थियो तब नै उनमाश्रद्धा, प्रेम, सद्भावनाथियो।

अबविस्तारै–विस्तारै श्रद्धा वा प्रेम खत्महुदैँ गईरहेको छ। यसको मुलकारण हरेक उत्सवको वास्तविकआध्यात्मिक रहस्य, रशमवा प्राप्तिहरुबाट अनविज्ञ रहनु हो।पर्वतको उच्चहिमालय देखि लिएर सागर सम्मशायद नै कुनै यस्तो स्थानहोलाजहाँ परमात्माशिवको प्रतिमा स्थापनानगरीएको होस्।

शायदकुनै यस्तो धर्मग्रन्थहोलाजसमा परमात्माशिवको गायनवामहिमानगरीएको होस्। तर परमात्माशिवको असल परिचय, अवतरण वाकर्तव्य आदि कुराबाट मनुष्य अनविज्ञ छ।

यदिमानव यि सत्य कुराहरुलाई जान्दछ कि परमात्माको हो?, कहिले, कसरी प्रगट हुनुहुन्छ वाआएर के गर्नुहुन्छ तब सबै मनुष्यात्मा परमात्माशिवमाथिआफ्नो सबै कुरा न्योछावर गरे बिना रहन सक्दैन। यस शिवरात्रीपर्व द्वारा पूरा विश्वलाई एकताको सुत्रमाबाध्न सकिन्छ।

शिवरात्रीत्यो जमानाको यादगार हो जबकीविश्वमाचारैतर्फ अज्ञान अंधकारले ढाकेको थियो, भाई–भाईमाआपसीमतभेद थियो, नारीलाई आफ्नो इज्जतजोगाउन कठिन भइरहेको थियो।

त्योमहाशिवरात्रीको समय मनुष्य तड्पीरहेको हुन्छ, रक्षागर्ने कोहि पनिनजिक देखिदैन त्यस समय ब्रह्मलोकबाट एक अमर ज्योतिको अवतरण भएको थियो, जसको दिव्यप्रकाशले सारा जगजगमगाइरहेको थियो। त्यो ज्येतिको नामहो ‘परमात्माशिव’।

शिवको अर्थ हो कल्याणकारी। सबै मनुष्यहरुको नाम शरीरसँग आधारित हुनाको कारण यो नामविनाशी छ र देह परिवर्तनको साथउसको नामपनिबद्लीन्छ तर परमात्माअशरीरी, जन्म–मरणको चक्रबाट न्यारा हुनुहुन्छ, उहाँको नामअविनाशी र दिव्य छ। उहाँको रुप दिव्यज्योतिविन्दु छ त्यसैले परमात्माशिवको प्रतिमालाई ज्योर्तिलिंगअथवाशिवलिंगभनेर भनिन्छ।

भारतखण्डको १२ मुख्यमन्दिरलाई यसै कारणले ज्योर्तिलिंगमको मन्दिर भनेर मानिन्छ।हिन्दु राष्ट्रको इतिहास, धार्मिक ग्रंथ र सारा देशको कुना–कुनामाशिवको मूर्तिहरु मिल्दछन्।

जसरी भारतको उत्तरमा अमरनाथ, हिमालयमा केदारनाथ, वाराणासीमा विश्वनाथ, चित्रकूटमा लिंगविजेंदर, प्रयागमाब्रह्मेश्वर, उज्जैनमामहाकालेश्वर, मध्यप्रदेशमाअर्को प्रसिद्ध मंदिर ओंकारनाथ, बिहारमा बैद्धनाथ, गंगा–सागरको संगममा संगमेश्वर, आसाममाभीमाशंकर, सौराष्ट्रमा सोमनाथ र दक्षिणमा रामेश्वर आदि। त्यसैगरी नेपालमापनिपशुपतिनाथ, मुक्तिनाथआदि परमात्माशिवको धाम रहेका छन्।

यस प्रकार ठाउँ–ठाउँमा परमात्माशिवको मान्यताको रुपले ज्योतिविन्दु शिवको याददिलाएको हुन्छ।यी सबै मंदिर वाधार्मिक मठपंथले संपूर्ण मानवआत्मामाभावनात्मकएकता ल्याउदछ र सारा विश्वशिवभूमीहो भन्ने सन्देश दिन्छन्।

न केवलभारतखण्डमा वाहिन्दु धर्मवालामात्र परमात्माशिवको सम्मान दिन्छन् बल्किविदेश वाअन्यधर्ममाविश्वास राख्नेवालाले पनि परमात्माशिवलाई मान दिन्छन्।

उदाहरणको लागि रोममाइसाई धर्मकाक्याथोलिकमानिसहरु गोल आकार वालापत्थरलाई आजसम्मपनिपुज्ने गर्दछन्। अरबमामक्काको तीर्थ स्थानमामुस्लिमयात्रीले पनि यसै प्रकारको पत्थर जसलाई संग–ए–असवदवामक्केश्वर मानेर चुम्बनगर्ने गर्दछन्।

जापानमा रहनेवालाजो बुद्ध धर्मकाअनुयायीजब साधनाको लागि बस्दछन् तब उनीहरुले आफ्नो अगाडी शिवलिंग जस्तै पत्थर ३ फुटको दुरीमा ३ फुटको उच्च स्थानमाध्यानलगाउनको लागि राख्दछन्।

यसको अतिरीक्तमिस्रमाओसीरीज, बेबोलानमा सीआन नामबाट परमात्माशिवको पूजाआराधानाहुने गर्दछ जबकी सीरीया, युनान, स्पेन, जर्मनी, अमेरीका, मेक्सिको, सुमात्राएवं जावा द्धिप आदि देश एवं विभिन्न स्थानमापनि परमात्माशिवको यादगार रुप देख्न सकिन्छ। यतिमात्रनभएर स्कट्लैण्डको प्रसिद्ध नगर ग्लासगो, तुर्किस्थान, ताशकद, वेष्ट इंडिज, ग्याना, लंका, स्यामा, मारीशेस आदि स्थानमापनिशिवलिंगको पूजाहुने गर्दछ।गुरु नानकले एकोंकार भनेर गायन गरेका छन्।

यी सबै कुराबाट स्पष्ट छ किपरमपिताशिव परमात्माकुनै एक धर्मकालेपूज्ने मात्रहोइनबल्किविश्व भरका सर्व आत्माहरुका परम पूज्यपिता हुनुहुन्छ।परमात्माशिवअजन्मा, अभोक्ताएवं ब्रह्मलोक निवासी हुनुहुन्छ। अजन्मा यसैले भनिन्छ किउहाँमानववाअन्य प्राणि जसरी जन्मलिनुहुन्न जसबाट कर्मबन्घन बनोस्।

परमात्माधर्म ग्लानीको समयमा जब सारा मानवआत्माहरु पाँचविकारकाकारण दुःखी, अशान्त, पतित, भ्रष्टाचारी बन्न पुग्छन्, तब उनिहरुलाई पुनःपवित्रबनाउनको लागि यस साकारी सृष्टिमा एक साधारण वृद्ध तनमा पराकायाप्रवेश अथवाअवतरीत हुनुहुन्छ,जसलाई नै परमात्माको दिव्यअलौकिकजन्म भनिन्छ।

परमात्माशिवको यो दिव्यअवतरणको पावन स्मृतिको यादगार नै शिवरात्रीअथवाशिवजयंतीपर्व मनाउने गरीन्छ।यो मात्र १०–१२ घण्टाको रातको कुरा नभएर यो अज्ञानता, पापाचार एवं नराम्रो प्रवृतिले छोपेको कलियुगी समयको प्रतिकहो।

शिवरात्रीफाल्गुनमहिनाको कृष्णपक्षको चतुदर्शीको अध्यारो रातअमावस्यको अघिल्लो दिनमनाउने गरिन्छ।शिवरात्रीकोदिनशिवकाभत्तजनहरुले शिवलिंगमाधतूरो, बयर, बेलपत्रइत्यादी चढाउछन्, रातमाजागरण बस्ने र व्रत बस्ने गर्दछन्।

धतूरो विकार एवं नशालु पदार्थको, बयर घृणाको र बेलपत्रकाम, क्रोध, अहंकार जस्ता मुख्यतिनभूतको प्रतिकहुन्जसलाई परमात्माशिवमा चढाउनु पर्छ तथाआत्माको ज्योतीजगाउने जागरण वापवित्र रहने व्रतलिनु पर्छ। परमात्माशिवको स्मृति नै वास्तवमात्यो शुमन्त्रवातारक मन्त्रहो जसबाट सर्बसिद्धि प्राप्तगर्न सक्छौ।

आजपुनःत्यही घडि, त्यहीदशा, त्यही रात्रीको समय छ जब मानव समाजपतनको चरम सिमा सम्मपुगेको छ। अबकलियुगअन्त र सत्ययुगआदिको संगमयुुगमा नै स्वयंभू परमात्माशिवमनुष्यआत्माहरुको निभ्नलागेको ज्योतीलाई जगाउनको लागिभारतमाप्रजापिताब्रह्माको साकार तनमाअवतरित भएर ईश्वरीय ज्ञान एवं राजयोगको शिक्षा दिनुहुन्छ।

विकार वा नराम्रो कर्मबाट मुक्त गरेर दैवी स्वराज्यको स्थापनागर्दै हुनुहुन्छ। त्यसैले प्रजापिताब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा सम्पूर्ण विश्वका १३० देशमाआफ्नो ४००० भन्दा धेरै राजयोग केन्द्रहरुको माध्यममहाशिवरात्रीको पावनपर्व धेरै धूमधामसँगमनाइरहेको छ।

त आउनुहोस् हामी सबै परमपिता परमात्माशिवको यस दिव्यजन्ममाविकार, व्यसन, आपसीमतभेदलाई त्याग गरेर विश्वशान्ति, सद्भावना, नैतिक, आध्यात्मिकचरित्र उत्थानगर्ने प्रतिज्ञा को रुपमामनाऔ ताकिमानवता सुख–शान्ति सम्पन्नबन्न सकोस्।
ओम् शान्ति !!!
ब्रह्माकुरी ईश्वरीय विश्वविद्यालयएवं राजयोग प्रशिक्षण केन्द्र
बेनी, म्याग्दी

यस्तो छ गलेश्वर मन्दिरमा महाशिवरात्रीको तयारी

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्री पर्वको तयारी पुरा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

महाशिवरात्री पर्वको अवसरमा बिहिबार बिहानैदेखि गलेश्वरमा आउने भक्तजनलाई गलेश्वर क्षेत्रमा आवश्यक ट्राफिक ब्यवस्था सहित मुल मन्दिरसम्म पुग्न आवश्यक पर्ने सबै तयारी पुरा भएको क्षेत्र विकास कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बेनीअनलाइनलाई बताए । ‘भक्तजनलाई स्वागत गर्न आतुर छौ, आवश्यक सबै तयारी पुरा भएको छ’ केसीले भने ।

उनका अनुसार गतबर्ष कोरोनाका कारण लामो समयसम्म मन्दिरमा भक्तजनको सहज आवतजावत हुन नपाएको अवस्थामा यसबर्ष भक्तजनको चाप बढ्ने अनुमान सहित ब्यवस्थापन गरिएको छ ।

उनले प्रहरी, गलेश्वरका आमा समुह विभिन्न संघसंस्थाले स्वयमसेवकको भूमिका सहित मन्दिर प्रवेशमा सहज बनाउन,भक्तजनको सुरक्षा, पुजाआजालाई ब्यवस्थित लगाएत आवश्यक तयारी समेत गरिएको छ ।

ब्यक्तिगत तथा सार्वजनिक सवारीका साधानमा आउने भक्तजनहरुले गलेश्वरको प्रवेशद्धारमै पार्किङ गरी पदैलयात्रा गर्नुपर्ने छ । पार्किङस्थलमा ट्राफिक प्रहरी सहित स्वयमसेवक समेत उपस्थिति हुनेछन् । त्यस्तै मन्दिरको प्रवेशद्धारबाट लाइनमा बसेर पुजाआजा गरेपछि फर्कने ब्यवस्था मिलाइएको छ ।

भक्तजनलाई मन्दिरका महत्वपुर्ण स्थानमा जडान गरिएका सिसी क्यामेरालाई सचिवालयबाट निगरानी समेत गरिने छ । मन्दिरको दोस्रोगेटबाट गणेशको पुजाआजा, शिवलिङ्ग, मुख्य मन्दिर सहित आसपासमा रहेका सहायक मन्दिरहरुमा पुजाआजा गरेलगत्तै बाहिर निस्कन समेत सहज ब्यवस्थापन गरिएको कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए ।

उनले शिवरात्रीमा जिल्लाभित्रका साथै पर्वत, बागलुङ्ग लगाएत देशका विभिन्न जिल्लाबाट समेत भक्तजनहरु आउने भएकाले सहज पुजाआजाको ब्यवस्थापनलाई आवश्यकता अनुसार स्थलगत रुपमै समेत नियमन गर्ने टोली समेत परिचालन गरिने बताए।

उनले मन्दिरको बाहिरी तथा मुख्य मन्दिरमा समेत एउटै भक्तजनले लामो समयसम्म पुजामा ब्यस्त हुनसक्ने भएकाले त्यहाँभित्र समेत स्वयमसेवकमार्फत ब्यवस्थापन गरिने बताए । मन्दिरका सबै क्षेत्रमा घुम्ती टोलीको समेत ब्यवस्था गरिएको छ । भक्तजनलाई कुनै पनि समस्या आइपर्न सक्ने सम्भावनलाई मध्यनगर गरेर स्वयमसेवक परिचालन गरिने समेत कोषले जनाएको छ ।

पवित्र कालिगण्डकी नदी किनारमाथिको ९ रोपनी क्षेत्रफलमा विशाल चक्रशिलामा फैलिएको गलेश्वर शिवालयमा पुजापाठ गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । हरेकबर्ष शिवरात्रीमा करिव २० हजार भक्तजनहरुले गलेश्वरको दर्शन गर्ने गर्दछन् ।

कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री गरी चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रुपमा शिवरात्रीको दिनलाई पुराणमा उल्लेख गरिएको छ । शिवरात्रीलाई सबै प्रकारका दुःख र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको वास गराउने शिवको अति प्यारो दिनका रूपमा लिइने प्रचलन समेत रहेको छ ।

भक्तजनले आजको दिन शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दुध, धतुरो, र बेलपत्र चढाउने गर्छन् । यसैबीच शिव उत्पत्ति भएको रातको नामले चिनिने शिवरात्री पर्व सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शिवलाय मन्दिरमा समेत पुजाआजा गरिन्छ ।

 

बेनीबजार संरक्षणको नाममा उत्ताउलो विकास

बेनी-जोमसोम सडकको प्रवेश बिन्दुमा पर्ने बेनी–गलेश्वर सडकखण्ड अन्तरगत जलेश्वरमा कालीगण्डकी नदीले सडक कटान गरेपछि अस्थायी संरचना बनाउन नदीमा एक्साभेटर प्रयोग गरेर किनारका ठूला ढुंगा निकालिएको छ । जमिनमा एकपटक बसिसकेको ढुंगालाई बगिरहेको नदीको बीचबाटै भारी मेसिन (स्काभेटर) को प्रयोग गरी छियाछिया पारिएको छ।

तटबन्ध नजिक कटान तिव्र रुपमा भइरहेको अवस्थामा नदी उत्खनन्मामा सहज हुने गरी एक्साभेटर र टिप्पर पुग्ने गरी सडक समेत बनाइएको छ ।  जलेश्वरको माथिल्लो क्षेत्रमा पर्ने बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहन भइरहेको छ ।

गतबर्ष कालिगण्डकीमा आएको बाढीले नदीको धार परिवर्तन गरेको अवस्थामा तटबन्धनका लागि अन्यत्रबाट ढुंगा ल्याएर काम गर्नुपर्ने अवस्थामा हेभी इक्युभमेन्टको जथाभावी प्रयोग गरी ढुंगा झिक्दा नदीको सतह गहिरिएको छ भने सदरमुकाम बेनीबजारको कालिपुल क्षेत्र थप जोखिममा परेको छ ।

तर, यसप्रति सरोकारवाला निकाय मौन बसेका छन् । उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीको शीरमा नदी नियन्त्रणको बाहनामा नदीको तिब्र बेगलाई रोक्न सक्ने ढुंगा निकाल्दा समेत जनप्रतिनिधि, सरोकारवाला निकायले मौन बसेपछि हरेक बर्ष नदी संरक्षणका बाहनामा म्याग्दी र कालिगण्डकी नदीमा दोहन हुने गरेको छ ।

तटबन्धमा आवश्यक पर्ने ढुंगा अभाव भएको भन्दै नदीभित्र जमेर बसेको ढुंगालाई हेभी इक्युभमेन्टले छियाछिया पार्दा समेत अनुगमन पनि नगर्ने प्रवृत्तिले नदी दोहनमा ठेकेदारलाई बल पुगेको छ ।

वातावरणीय परिक्षण प्रतिवेदन र सम्बन्धित कार्यालयसँग भएको सम्झौता बिपरित नदीको उत्खनन्मा हुने गरेको भन्दै रोक्न पटकपटक अनुरोध गर्दा समेत सुनुवाई नभएको स्थानीयको गुनासो छ। जलेश्वरदेखि कालिपुलसम्म साँधुरो भएकाले नदीबाट ढुंगा निकाल्दा बाहब बस्तीतर्फ ठोकिने जोखिम रहेको बेनपा–८ का वडा सदस्य हिमबहादुर भण्डारीले बताए ।

‘ढुंगा निकाल्न नदिने प्रयास भएकै हो,‘कार्यान्वयन गर्ने निकायले नै वास्ता नगरेपछि सकिएन’ वडा सदस्य भण्डारीले भने । उनले स्काभेटरको प्रयोग गरी नदीको गर्भ खनिरहेको पाइएकाले स्थायी रुपमै रोक्न आवश्यक पहल गर्नुपर्ने बताए ।

कालिगण्डकीमा मानवसिर्जित कमजोरीले जोखिम बढेको भन्दै स्थानीयको दवावले समेत काम नगरेपछि सुरक्षा निकायको सहयोग समेत मागिएको थियो । उक्त स्थानमा बेनी नगरपालिका मार्फत शिव जिसी र पूर्वाधार कार्यालय म्याग्दीमार्फत ठेकेदार बिपिन खड्काले अस्थायी संरचना बनाउने कामको जिम्मा लिएका छन् ।

अस्थायी संरचनाको काम भएपनि हालसम्म बजेट स्वीकृत नभएकाले समस्या भइरहेको कार्यालय प्रमुख नवराज पौडेलले बताए । ‘नदीमा रहेका ढुंगालाई बेग रोक्न सघाउँछ,‘नदीको छेउछाउ र बिच भागमा रहेका ठूला–ठूला ढुङ्गा फुटाउनु बर्खामा जोखिम हुनसक्छ’ पौडेलले भने ।

उनले नदीमा संरक्षणको कामका लागि अन्यत्रबाट ढुंगा लगायतका निर्माण साम्रागी ल्याउन समेत अनुरोध गरेको बताए । नदीमा पानीको भार रोक्ने ढुंगाले नै भएकाले जोखिमलाई हेरेर काम गर्नुपर्ने बताए ।

बजेट अभावकै कारण जहाँ सम्भव छ त्यहीबाटै काम गर्नुपर्ने बाध्यता रहेको निर्माण ब्यवसायीको भनाई छ । बस्ती आसपासका क्षेत्रमा नदीभित्रबाट ढुंगा निकाल्दा धार परिवर्तन गरी थप कटानको जोखिम हुने भएकाले सर्तक हुनुपर्ने प्राविधिक पक्षको भनाई छ ।

‘उत्ताउलो विकासको मोडल प्रयोग भइरहेको छ,‘प्राविधिक पक्षले दिएको सुझाव नै कार्यान्वयन गदैनन्,‘अहिलेसम्म भएको नदीकटान प्राकृतिकसँगै मानवीय कमजोर पनि प्रमुख हो’ एक प्राविधिकले भने ।

यसअगाडी बेनीबजार संरक्षणको क्रममा समेत नदीभित्रबाट ढुंगा निकालिएको स्थान अहिलेसम्म जोखिममा परेको छ । बजार संरक्षणका लागि पर्खाल लगाउने नाममा जथाभावी नदी किनाराका ढुंगा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको सम्भावना बढेको भन्दै स्थानीयवासीले बेनी नगरपालिकामा गुनासो गरेका थिए ।

विगतमा लापरवाही गर्दा…
कालिगण्डकी नदी संरक्षणका लागि बनाइएको स्थायी संरचनामा क्षती पुगेपछि रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले उपभोक्ता समिति मार्फत चारवटा प्याकेजमा काम गर्दा बेनपा–७ र ८ वडामा समेत नदीबाटै ढुंगा निकालेर काम गरिएको थियो ।

नदीलाई डाइभर्सनको बाहनामा दोहन गरिदाँ स्थायी संरचनामै क्षती पुगेपछि अहिले नदीबाटै ढुंगा निकालेर जोखिम भएको स्थानमा राख्ने गरी थुपारिएको छ ।

संरक्षणका लागि उपभोक्ता समितिले गरेको कमजोरीले म्याग्दी जेसीजको भवनदेखि उद्योग वाणिज्य संघको मुनीको क्षेत्र उच्च जोखिममा परेको छ। नदीबाट ढुंगा निकालिएपछि धार जोखिमपुर्ण स्थानमा सोझिएपछि नदीको बाहव रोक्न दोभिल्लाबाट ढुंगाले पुरानै अवस्थामा फर्काउने प्रयास गरिएपनि जोखिम कायमै छ ।

प्रभावित क्षेत्रको बासिन्दाले विगतमा गरिएको कमजोरीले थप जोखिम बढेको बताए । ‘संरक्षणको नाममा कमाउने प्रयास हुन्छ,‘चरम लापरवाहीले थप जोखिममा परेको छ’ गणेशटोलका एक स्थानीयले भने ।

विगतमा उपभोक्ता समितिमार्फत गरिएको काम र प्राविधिक पक्षको हेल्चेक्राईले गर्दा समस्या भएको भन्दै नदीबाट ढुंगा निकाल्न रोक्नुपर्ने स्थानीयको माग छ। विगतमा संरक्षणको कामका लागि बनाइएको उपभोक्ता समितिको अदृष्य गतिविधिले समेत नदीको छेउछाउ र बीच भागमा रहेका ठूल्ठूला ढुङ्गा फुटालेर नदीको सौन्दर्य नष्ट गर्ने काममा सघाएका थिए ।

ग्याविनजाली लगाउने ठाउँदेख ४० मिटर वरपरका खेलुवा ढुङ्गाहरु प्रयोग गर्न पाइने सहमतिले नै नदी कटानलाई सघाइरहेको छ। नदीका ठूल्ठूला ढुङ्गा निकालेर टुक्राटुक्रा बनाई ग्याबियन लगाएर संरक्षण होइन झन् विनाश निम्तिएको छ।

बेनी नगरपालिका, पूर्वाधार कार्यालय र रुपाताल एकीकृत संरक्षण विकास परियोजनाले बेनीबजार आसपासमा गरेको काम आवश्यकता भन्दा फरक र मापदण्ड विपरित भएपनि संघीय र प्रदेश सरकारका प्रतिनिधिले समेत हस्तक्षेप गर्न सकेका छैनन् ।

बजार संरक्षणभन्दा पनि काम देखाउने र टालटुल पारेर प्रगतिको चर्चा गर्ने गरिएको छ।बेनीबजारको पूर्ण संरक्षणका लागि पक्की पर्खाल सहितको संरचनामा झण्डै ५० करोडभन्दा बढी लाग्ने बताइएको छ ।

 

लागुऔषध र गाँजा बेचेर कमाउन पल्किएकाले अरू पेशामा रम्दैनन्

लागुपदार्थ दुर्ब्यसनीले जीवनमा गर्ने हानी नोक्सानी हुने भन्दै म्याग्दी प्रहरीले अभियान सञ्चालन गर्ने भएको छ । जानेर वा नजानेर युवा कुलतमा फसिरहेको अवस्थामा कुलतबाट जोगाउनको लागि दौडधुप चलिरहेको राईको भनाई छ । म्याग्दीमा चरेस र गाँजा बाहेक ब्राउन सुगर, अफिमजस्ता घातक लागुपदार्थ प्रयोग बढ्दै गएकोमा चिन्ता ब्यक्त गरे ।

कुलतमा लाग्न नदिनको लागि प्रहरी, प्रशासन बाहेक समाजका सबै सरोकारवाला निकाय सक्रिय भएर लाग्नुको विकल्प नरहेको समेत उनले बताए । पारिवारिक, सामाजिक आर्थिक हिसाबले कुलतमा पसेका युवालाई कसैले पनि अमानवीय व्यवहार नगरी उचित परामर्श दिनुपर्ने प्रनाउ राईको भनाई छ । प्रनाउ राईसँग बेनीअनलाइनले गरेको छोटो कुराकानी

म्याग्दीमा लागुपदार्थको प्रयोग र अवैध ओसारपसार बढ्दै छ, प्रहरीको भुमिका कस्तो छ ?
यस म्याग्दी जिल्लामा लागु पदार्थको प्रयोग र ओसार पसार बढ्दै छ भन्ने सन्दर्भमा लागु पदार्थको प्रयोग बढेको भन्ने कुरा कतिपय पछिल्लो घटनाक्रमहरुले पनि पुष्टी भएको देखिन्छ । गत माघ १ गते देखि यस जिल्ला प्रहरी कार्यालयको प्रमुखको रुपमा भूमिका निर्वाह गर्ने क्रममा बिशेष गरि कोभिड १९ को सेरोफेरोमा लक डाउनको अवधीमा त्यस्ता गतिबिधीमा बढोत्तरी भएको भन्ने समेत मुल्यांकनका आधारमा लागु औषधको संचय, सेवन र बेचबिखन आदि बिरुद्धको कार्यमा प्रहरीले आफ्नो सूचना संयन्त्रलाई अझ बढि प्रभावकारी बनाउंदै सरोकारवाला निकायहरुसंग थप समन्वय र सहकार्य गरी कार्य योजना बनाई शसक्त भुमिकाकासाथ अघि बढ्ने योजना रहेको छ ।

एकैपटक पश्चिम म्याग्दीबाट दुईजनालाई गाँजा सहित पक्राउ गर्नुभयो, अनुसन्धान कसरी अगाडी बढेको छ त ?
प्रहरीले हालै मात्र म्याग्दी जिल्लाको मालिका गाउं पालिकाबाट लागु औषध गांजाको अबैध कारोवारमा संलग्न २ वटा घटनामा २ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

प्राप्त सूचनाको आधारमा लागु औषध गांजाको संचय, भण्डारन तथा बिक्री बितरण आदि जस्ता अबेैध कार्य जिल्ला सदरमुकाम बाहिर समेत भैरहेको भन्ने सुचनाकै आधारमा पछिल्लो प्रहरी कारवाहीको क्रममा म्याग्दीको मालिका गाउं पालिका २ रुम भिमखर्कबाट फागुन १३ गते १२ केजि ८५० गा्रम र वडा नं.३ डांडाखर्क पात्लेबाट फागुन १७ गते बिभिन्न साईजका पोकाहरुमा २० केजी ९०० ग्राम प्रशोधित गांजा सहित पक्राउ पर्नुभएका २ जना व्यक्तिलाई कानुन बमोजिम म्याद थप गरि अनुसन्धान गर्ने क्रममा अन्य सहयोगी व्यक्ति, समूह तथा स्थान र सम्पर्क संजाल पत्ता लगाई त्यसलाई नियन्त्रणमा लिने तर्फ नै अनुसन्धान केन्द्रित छ ।

गाँजा बनाउने प्रशोधन केन्द्र नै गाउँमा भेटिएको छ, यसले त थप निगरानी बढाउनुपर्ने देखियो नी त ?
हो ठिक भन्नु भो, तपाईहरुले पत्रकार सम्मेलनमै देख्नु भयो, त्यहां देखिएका प्रशोधित गांजाका पोकाहरु, तराजु तथा बिभिन्न साईजका ढकहरु, प्याकेजिड०का सामाग्रीहरु, उक्त कार्यमा प्रयोग अन्य बिभिन्न सामाग्रीहरुबाट प्रष्ट हुन्छ की उक्त स्थान गांजालाई प्रशोधन गरी संचय, भण्डारण र ओसार पसार र बिक्रि बितरण गर्ने प्रमुख थलो हो ।

त्यसैले अन्य स्थानहरु समेतमा थप निगरानी बढाउन जरुरी छ । त्यसकालागि प्रहरीले आफ्नो सुचना संयन्त्रलाई थप प्रभावकारी रुपमा संचालन गर्न जरुरी देखिन्छ । लागु औषध बिरुद्धको यस महान अभियानमा प्रहरी एक्लैको मात्र प्रयास पर्याप्त नहुन सक्छ । त्यसैले यस कार्यमा सबैको सहयोग अपरिहार्य देखिन्छ ।

लागुऔषध प्रयोगकर्ता किशोरकिशोरीको संख्या सदरमुकाममा बढि छ, यसलाई नियन्त्रण गर्न कस्ता योजना बनाउनुभएको छ ?
हो ठिक हो, लागुऔषधको प्रयोगकर्ता किशोररकिशोरीहरुको संख्या सदरमुकामका बढि छ भन्ने सूचना बिभिन्न माध्यमबाट आएको छ । बढि जनसंख्याको चाप, बढ्दो चहलपहल, सदरमुकाम केन्द्रित आम गतिबिधी आदिका कारण त्यस्तो देखिन्छ। यसलाई नियन्त्रण गर्न प्रहरीले सर्वप्रथम बुत्तिमता संग्रहको कार्यलाई शसक्त र प्रभावकारी रुपमा अघि बढाएको छ।

यसै क्रममा प्रत्येक दिन समाजका कुनै एउटा बिधाका मानिसहरुसंग संवाद र अन्र्तरक्रिया गरि समस्याको पहिचान गर्दे लागुऔषधको नियन्त्रणकालागि जनचेतनामुलक कार्यक्रम, स्कूल सम्पर्क कार्यक्रम आदिलाई पहिलो चरणमा मावि संचालन गर्ने, प्रत्यक्ष सरोकार राख्ने बिद्यार्थी, आमा समूह, बिभिन्न क्लवहरु, संघसंस्था, सरकारी अन्य निकाय र आम नागरिक तहको साझा प्रयासलाई त्यस दिशामा केन्द्रित गरिने छ । किशोरकिशोरीको संख्या लागुऔषध प्रयोगकर्ताका रुपमा दिनानुदिन बढ्दो देखिएकोले त्यस कार्यमा जानीनजानी होटल रेष्टुरेष्टमा प्रयोग गर्ने हुक्काको बढि प्रभाव रहेको हुनसक्ने तर्फ समेत प्रहरी सचेत छ ।

अर्को तर्फ पछिल्लो दिनमा त्यस्ता किशोरकिशोरीहरुलाई प्रहरीले कार्यालयमा ल्याई काउन्सिलिड गर्ने, निजहरुको अबिभावक बोलाई जानकारी दिने, कुलतमा फंसेको अवस्था भए सुधार गृहका मानिसहरु समेत लाई बोलाई के कसरी असल नागरिकको रुपमा रुपान्तरण गर्न सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान र प्रयास केन्द्रित छ ।

म्याग्दीको ग्रामिण क्षेत्रमा पाइने गाँजाबाट बन्ने चरेसको डिमान्ड जिल्ला बाहिर पनि छ भन्ने सुनिन्छ, प्रहरीले यसलाई कसरी लिएको छ ?
प्रहरीले गरेको पहिल्लो २ वटा कारवाहीबाट जिल्ला बाहिर पनि यसको नेटवर्क हुनसक्ने संकेत देखिन्छ । त्यस घटनामा प्रयोग गरिएको परिमाण, तरिका, शैली र कार्यबिधी हेर्दा त्यस्ता पदार्थ अन्य जिल्लाहरुमा पनि निकाशी पैठारी हुनसक्ने देखिन्छ । यस दिशामा अनुसन्धान केन्द्रित गर्दे अन्तर जिल्लामा समेत सुचना संयन्त्रको बिस्तार र बिकासगरी थप सहकार्यसंगै कार्ययोजनाको आधारमा अघि बढ्नु पर्ने देखिन्छ ।

प्रयोग भइसकेको सिरिन्ज सहित ब्राउनसुगर,नुर्फिन, डाइजापाम र फेनरागनको प्रयोगकर्ता समेत भेटिन्छन्, यस्तो डरलाग्दो समस्यालाई न्यूनिकरणमा क–कसलाई प्रमुख जिम्मेबारी सम्झिनुहुन्छ ?
यस्तो डरलाग्दो समस्याको न्यूनिकरणकालागि सर्वप्रथम सरोकारवाला राज्यका निकायहरु ध्यान सामुहिक रुपमा केन्द्रित हुनुपर्ने देखिन्छ । प्रहरीको एकल प्रयासले मात्र पुग्दैन । यसमा सरकारका ३ वटै निकाय, सरकारी तथा गैह्र सरकारी संघसंस्था, निजि क्षेत्र र आम नागरिक तह समेतको सामूहिक चासो र ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ ।

एउटा अभिभावकले आफ्नो छोराछोरी कुलतमा फसेको थाहा कसरी पाउने ?
हो यो महत्वपूर्ण प्रश्न राख्नु भो, प्रत्येक अबिभावकको चाहना आफ्नो सन्तती असल नागरिक बनुन भन्ने हुन्छ । त्यसकालागि अबिभावकले पनि आफ्नो चाहना अनुसार आफ्नो सन्ततीहरुको गतिबिधी, व्यवहार, आनिबानी, स्वभाव, दिनचर्या, दैनिकी, साथीसंगती, शारिरीक र मानसिक अवस्था बारे जानकार हुन आवश्यक रहन्छ ।

एउटा असल सामान्य नागरिकमा हुनुपर्ने भन्दा यी कुराहरुमा असामान्य रुपमा तात्विक भिन्नता र परिवर्तन हुदै गयो भन्ने ठान्नुस कि तपाईको छोराछोरीमा केहि समस्या छ । यी कुराहरु माथि ध्यान दिनु भयो भने तपाईले आफ्नो छोराछोरी कुलतमा फंसेको सहजै अनुमान लगाई के कस्तो कुलतमा फंसेको हो भन्ने कुरा पत्ता समेत लगाउन सक्नु हुनेछ ।

कोरोनाको जोखिम घटेपछि गलेश्वर मन्दिरमा भक्तजनको चहलपहल (फोटो\भिडियो)

म्याग्दीको बेनी नगरपालिका-९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा दैनिक भक्तजनहरूको भिड लाग्न थालेको छ । लामो समयसम्म कोरोनाको जोखिमले सुनसान बनेको मन्दिरमा टाढाटाढाबाट दर्शनका लागि भक्तजनहरू आउन थालेपछि गलेश्वरमा समेत चहलपहल बढ्न थालेको छ । गलेश्वर दर्शनका लागि समुह बनाएर आउँदा आर्थिक कारोबारमा समेत बढेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय प्रमुख रामबहादुर बानियाँले बताए ।

धार्मिक, आर्थिक र पर्यटकीय महत्वको रुपमा स्वदेश तथा विदेशमा रहेका हिन्दु धर्मालम्बीहरुमा समेत तीर्थस्थल आकर्षक गन्तव्य स्थलको रुपमा परिचित हुन थालेको अवस्थामा कोरोनाले करिब एकबर्ष मन्दिर बन्द भएपनि पछिल्लो समय एक रात बेनीबजार र गलेश्वरमा बसेर विहानै मन्दिरमा दर्जन गर्न आउनेको संख्या समेत बढेको उनले बताए ।

पछिल्लो एक सातायता भारतीय सिमा क्षेत्रबाट समेत भक्तजन मन्दिरमा दर्शन गर्न आएका छन् । पहिलोपटक दर्शन गर्न आएका भक्तजनले गलेश्वर मन्दिरलाई दोस्रो पशुपतिनाथको रुपमा चिन्न सकिने बताएका थिए ।

बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएकाले समेत भारतीय धार्मिक पर्यटक समेत आउने गरेका छन् ।

दक्षिण भारतबाट आउने भक्तजनले पौलस्त्य पुहलआश्रमका बारेमा समेत चासो देखाउने गरेका छन् । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मन्दिरमा पुजाआजा गर्ने गरिन्छ ।

गलेश्वर मन्दिरको महत्व

बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्नीमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामाकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।१९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको छ ।

त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिकस्थल भएको इतिहासकारले बताएका छन् । १९ औँ शताब्दीको अन्त्यताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको समेत सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित विभिन्न लेखमा चर्चा गरिएको छ । यो क्रम बेनी जोमसोम सडक विस्तार नहोञ्जेलसम्म जारी रहेको थियो ।

जस्तै लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति घन्टा यहाँका मुख्य आकर्षण हुन्।

पूर्वपट्टी कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि सरकारले खासै ध्यान दिन नसकेको गुनासो स्थानीय बासिन्दाको रहेको छ । यहाँ रहेको ढुङ्गाबाट पानीको मूल निस्कने पोखरी विदेशी पर्यटकका लागि आश्चर्यको विषय बनेको छ । जस्तै खडेरीमा पनि पानी नसुक्ने र जस्तै वर्षामा पनि पानीको सतह नबढ्ने यो पोखरीको विषयमा खोज अनुसन्धान गरिनुपर्ने स्थानीयको माग रहेको छ ।

नेकपा एमाले भित्रै रहेर गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्ने सुबेदीको घोषणा

????????????????????????????????????

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा कायम गरिदिएपछि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको जिल्ला सचिव हुनुभएका बालकृष्ण सुवेदीले एमालेमै फर्किएको घोषणा गर्नुभएको छ ।

एमाले ब्यूँतिएपछि मंगलबार एक विज्ञप्ती निकालेर सुबेदीले एमाले भित्रै रहेर गलत प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको नेता सुबेदीको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जिल्लाभर अभियान नै सञ्चालन गर्नुभएका सुबेदी ओली लाइनको कट्टर विरोधी मानिनुहुन्छ ।

‘कहिल्यै गलतको समर्थन गर्न सकिएन्,‘एमाले पार्टी भित्रै बसेर पुरानै हैसियतामा काम गर्छु, गलतको प्रतिवाद गर्न छोड्दैन’ नेकपा एमालेका सचिव समेत रहनुभएका सुबेदीले भन्नुभयो । उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक र प्रतिगामी कदमका विरोध ब्यक्तिसँग नभई प्रबृत्ति र संविधान विपरितको कार्य भएको समेत बताउनुभयो ।

सुबेदीसँगै माधव नेपाल निकटले समेत विस्तारै एमालेमा फर्किएर काम गर्ने बताउँदै सामाजिक सञ्जालमा घुमाउरो तरिकाले प्रधानमन्त्री ओलीको बिरोध गरेका छन् । सर्वोच्चको आदेशसँगै प्रचण्ड–माधव नेपाल समुह म्याग्दीका नेताहरुको औपचारिक भेटघाट र छलफल समेत भएको बताइएको छ ।

पार्टी एकता अघि तत्कालिन नेकपा एमालेको सचिब समेत भैसक्नुभएका नेता सुवेदी पार्टीको प्रचार विभाग प्रमुख समेत हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित अबस्थामा पुगेको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।