---Advertisement---

‘निर्मल पुर्जा नेपालीको गौरव तथा प्रेरणाका स्रोत थिए हुनुहुन्थ्यो’

On: August 16, 2026 10:32 PM
Follow Us:

ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को सम्झनामा यूकेमा श्रद्धाञ्जली दिँदै दीप प्रज्वलन गरिएको छ। फोल्कस्टन नेपाली कम्युनिटी फोल्क्स्टन युकेको आयोजनामा गरिएको श्रद्धाञ्जली सभामा नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरिएको थियो ।


नेपालीसहित बेलायती नागरिकले पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरी विश्वभर चर्चा कमाएको बताउँदै पुर्व बेलायती सेनाको समेत गौरव र इतिहास रचिएको बताएका थिए । श्रद्धाञ्जली सभामा बोल्दै मेयर ज्याकी मेड टाउनले ‘‘निर्मल ‘निम्सदाइ’ पुर्जा केवल नेपालको मात्र नभई विश्वभरका नागरिकको पनि गौरव तथा प्रेरणाका स्रोत भएको बताउनुभयो ।

नेपालीहरूको साहस, क्षमता र पहिचानलाई विश्वसामु गौरवका साथ स्थापित गर्नुभएको भएको पूर्जाको असामयिक निधनसँग नेपाली समुदायले एक असाधारण अभियन्ता, प्रेरणादायी व्यक्तित्व तथा विश्वमञ्चमा नेपालीको साहस र क्षमताको परिचय गराउने अमूल्य धरोहर गुमाएको बताइएको समाजका नारायण पुनले बताउनुभयो ।


फोल्कस्टन नेपाली कम्युनिटीका महासचिव आवेश राईले सञ्चालन गर्नुभएको सभाको अध्यक्षता रटायर्ड क्या सुमन चन्द्र राईले गर्नुभएको थियो ।

पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित अन्य १० जनाले ज्यान गुमाएका थिए । असम्भवलाई सम्भव बनाउने’ सोच, अदम्य साहस, दृढ संकल्प, समर्पण र राष्ट्रप्रतिको योगदान नेपाल तथा विश्वभर रहेका नेपालीहरूको मनमस्तिष्कमा सदैव अमर रहनेछ ।

Leave a Comment