म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले प्रथम मोना कप गर्ने भएको छ । विगत दुईबर्षदेखि कोरोना भाइरसको कारण खेलकुद गतिविधि प्रभावित भएको अवस्थामा खेलकुद सहित नियमित गतिविधिलाई सञ्चालन गर्ने निर्णय गरेको मोना फ्रान्सले जनाएको छ । आउदो आइतबार ३१ जुलाई २०२२ मा“प्रथम मोना कप“ पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको मोना फ्रान्सका अध्यक्ष पदम शेरचनले बताउनुभयो ।

‘प्रतियोगिताको तयारी अन्तिम चरणमा छ,‘खेलमार्फत म्याग्देलीलाई जोड्ने प्रयासमा छौ’ अध्यक्ष शेरचनले भन्नुभयो । भलिबल प्रतियोगितामार्फत नेपाली समुदायबिचको एकता र सहकार्य समेत थप बलियो हुने अध्यक्ष शेरचनको भनाई छ । फ्रान्समा रहेका म्याग्देलीलाई मोनामा आवद्ध गर्ने गरी सक्रिय रहेको संस्थामार्फत खेलकुद सहित अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गर्ने समेत जनाइएको छ ।

भलिबलका लागि पत्रचार सहित विभिन्न माध्यमबाट समेत जानकारी गराइएको छ । कोरोना भाइरसका कारण मोना फ्रान्सका सबैजसो कार्यक्रमहरु स्थगित गरिएको थियो । हालै राजधानी पेरिसमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट अध्यक्षमा देबेन्द्र केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको चयन भएपनि पदस्थापना सहित हस्तान्तरण कार्यक्रम मोना कप पछि गरिने छ ।

Leave a Reply