गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा म्याग्दीका भरत थापा र रामचन्द्र खत्रीको समुहले ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि उचालेको छ। पर्वत ब्याडमिन्टन संघको आयोजनामा भएको ‘सि’ लेबल व्याडमिन्टन प्रतियोगितामा पहिलो र पाँचौ बागलुङ, दोस्रो, तेस्रो र चाथौ कुस्मा र अन्तिम खेलमा कास्कीको डिमुवालाई पराजित गरेको थियो ।

प्रतियोगितामा ६४ समुहको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले २० हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्रका साथै एकपटक बन्जि जम्पको टिकट प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा म्याग्दीबाटै सहभागी टिका पूर्जा र भुपेन्द्र कार्कीको समुहले तृतिय स्थान हात पारेको थियो । तृतीय हुने समुहलाई ६ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । म्याग्दी जिल्लाबाट ब्याडमिन्टन प्रतियोगितामा धौलागिरीका साथै प्रदेशस्तरमा समेत प्रतिस्पर्धा सहित उपाधी समेत जित्ने गरेको छ।

Leave a Reply